कङ्क्रिट
कंक्रिट एउटा निर्माण सामग्री हो जुन सिमन्टी तथा अन्य केही पदार्थहरूको मिश्रण हुन्छ । कंक्रिटको विशेषता भनेको यसलाई पानी मिलाएर छाडिदिएमा बिस्तारै-बिस्तारै ठोस एवं कडा हुँदै जान्छ । यस प्रक्रिया लाई जलीकरण (Hydration) भनिन्छ। यस रासायनिक क्रियामा पानी सिमन्टीसँग प्रतिक्रिया गरेर ढुङ्गा जस्तो कडा बस्तु बन्दछ जसमा अन्य चीजहरू पनि बाधिन्छन । घर, सडक, पाइपलाई, भवन तथा पुल आदि बनाउन कंक्रिटको प्रयोग हुन्छ ।
कंक्रिटको उपयोग २००० ई.पू. देखि हुँदै आइरहेको छ । कंक्रिटको गुण ती पदार्थहरूमा निर्भर गर्छ जुन पदार्थबाट यो बनाइन्छ तर मुख्यत: यो ती पदार्थहरूमा निर्भर गर्दछ जुन ढुङ्गा, गिट्टी आदिलाई आपसमा टास्नका लागि उपयुक्त हुन्छन् । १९औँ शताब्दीमा पोर्टल्याण्ड सिमेण्टी को आविष्कार हुनु अगाडि यो कामको लागि चून मात्र उपलब्ध थियो । तर अहिले चूनको प्रयोग बढी कडापन आवश्यक नहुने ठाउँहरूमा मात्र गरिन्छ । बढी कडापनको लागि कंक्रिटको प्रयोग गरिन्छ । विभिन्न ठाउँहरू जहाँ लच्किने तथा मोडिने सम्भावना रहन्छ जस्तै खम्बा, त्यस्तो ठाउँहरूमा सिमण्टी कंक्रिटलाई इस्पात सँग प्रयोग गर्न सकिन्छ ।
संरचना
[सम्पादन गर्नुहोस्]कंक्रिट निम्नलिखित पदार्थहरूको मिश्रण हो:
(1) फुटाइएको ढुङ्गा अथवा ईँट (गिट्टी);
(2) बालवा वा ढुङ्गाको धुलो वा कुटेको ईंटा;
(3) माथिको वस्तुहरू जोड्नको लागि कुनै पदार्थ, जस्तै सिमण्टी अथवा चून र
(4) आवश्यकतानुसार पानी।
यो मिश्रणलाई बगेर साँचो अथवा खाल्डोको कुना-कुनासम्म पुग्नसक्ने हुनेगरी राम्रोसँग मिलाइसकेपछि जुनसुकै आकृतिको खाल्डो अथवा ठाउँ भर्न प्रयोग गर्न सकिन्छ ।