कङ्क्रिट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
व्यावसायिक भवनको लागि कंक्रिट बिछ्याइदै।

कंक्रिट एउटा निर्माण सामग्री हो जुन सिमन्टी तथा अन्य केही पदार्थहरूको मिश्रण हुन्छ । कंक्रिटको विशेषता भनेको यसलाई पानी मिलाएर छाडिदिएमा बिस्तारै-बिस्तारै ठोस एवं कडा हुँदै जान्छ । यस प्रक्रिया लाई जलीकरण (Hydration) भनिन्छ। यस रासायनिक क्रियामा पानी सिमन्टीसँग  प्रतिक्रिया गरेर ढुङ्गा जस्तो कडा बस्तु बन्दछ  जसमा अन्य चीजहरू पनि बाधिन्छन । घर, सडक, पाइपलाई, भवन तथा पुल आदि बनाउन कंक्रिटको प्रयोग हुन्छ ।

कंक्रिटको उपयोग २००० ई.पू. देखि हुँदै आइरहेको छ । कंक्रिटको गुण ती पदार्थहरूमा निर्भर गर्छ जुन पदार्थबाट यो बनाइन्छ तर मुख्यत: यो ती पदार्थहरूमा निर्भर गर्दछ जुन ढुङ्गा, गिट्टी आदिलाई आपसमा टास्नका लागि उपयुक्त हुन्छन् । १९औँ शताब्दीमा पोर्टल्याण्ड सिमेण्टी को आविष्कार हुनु अगाडि यो कामको लागि चून मात्र उपलब्ध थियो । तर अहिले चूनको प्रयोग बढी कडापन आवश्यक नहुने ठाउँहरूमा मात्र गरिन्छ । बढी कडापनको लागि कंक्रिटको प्रयोग गरिन्छ । बिभिन्न ठाउँहरू जहाँ लच्किने तथा मोडिने सम्भावना रहन्छ जस्तै खम्बा, त्यस्तो ठाउँहरूमा सिमण्टी कंक्रिटलाई इस्पात सँग प्रयोग गर्न सकिन्छ ।

संरचना[सम्पादन गर्ने]

कंक्रिट निम्नलिखित पदार्थहरूको मिश्रण हो:

(1) फुटाइएको ढुङ्गा अथवा ईँट (गिट्टी);

(2) बालवा वा ढुङ्गाको धुलो वा कुटेको ईंटा;

(3) माथिको वस्तुहरू जोड्नको लागि कुनै पदार्थ, जस्तै सिमण्टी अथवा चून र

(4) आवश्यकतानुसार पानी।

यो मिश्रणलाई बगेर साँचो अथवा खाल्डोको कुना-कुनासम्म पुग्नसक्ने हुनेगरी राम्रोसँग मिलाइसकेपछि जुनसुकै आकृतिको खाल्डो अथवा ठाउँ भर्न प्रयोग गर्न सकिन्छ ।

सिमण्टी कंक्रिट[सम्पादन गर्ने]

कंक्रिटमाट निर्माण गरिएको पुल


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]