श्रेणी:पल्युल सम्प्रदाय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पल्युल सम्प्रदाय तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको शाखा हो। यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन्। त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।[१] यस सम्प्रदायको प्रमुख परम गुरु तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ। तिब्बत (चिन), नेपाल, भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एसियाली, पश्च्चिमी र युरोपेली मुलुकहरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्ष तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Ven. Tsering Lama Jampal Zangpo, A Garland of Immortal Wish-fulfilling Trees: The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988
  2. http://www.palyul.org/eng_centers-list.htm

"पल्युल सम्प्रदाय" श्रेणीमा रहेका पृष्ठहरू

कुल २ मध्ये यस श्रेणीमा २ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।