गगनधर्म चित्तनिधि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गगनधर्म चित्तनिधिको संक्षिप्त इतिहास[सम्पादन गर्नुहोस्]

गगनधर्म चित्तनिधि (तिब्बती: གནམ་ཆོས་ཐུགས་ཀྱི་གཏེར་ཁ།, वयली: gnam chos thugs kyi gter kha) भनेको आठौँ शताब्दी भित्र खान्लोब-छोस्सुम (महोपाध्याय शान्तरक्षित, आचार्य गुरु पद्मसम्भव तथा तिब्बती धर्मराज ठ्रीस्रोङ देउचन)को युगमा रहेको गुरु पद्मसम्भवको शिष्य छिम्फुको पच्चिस-महासिद्धहरू मध्ये शुद्पु पाल्ग्यी सेङ्गेको सत्यलीलाको रूपमा गुरु पद्माकरको भविष्यवाणीद्वारा  प्रामाणित निधिअन्वेषक निर्माणकाय मिग्युर दोर्जे (सन् १६४५-१६६७) तेह्र सालको उमेर हुँदा तिब्बती पञ्चाङ्ग अनुसार फाल्गुन महिनाको कृष्णपक्ष देखि चैत्रमासको शुक्लपक्ष सप्तमीको दिन सम्ममा महाकारुणिका जगद्विनायक एवम् अवलोकितेश्वरले प्रत्यक्षदर्शन गराई प्रत्येक दिन गगनधर्म वज्रपदको एक-एक मूलपद र त्यसका टीका समेत दिनुभएको एक विशेष उपदेशका गम्भीरनिधि अथवा अवलोकितेश्वरको मुखागम हो।
यो उपदेशग्रन्थ प्राचीन साम्प्रदायिक गुह्यमन्त्रको नौ-यान मध्ये तीन-अभ्यन्तरतन्त्र समूहका महासन्ति तथा अतियोगको अन्तर्गत र वंशानुसर दिर्घागम परम्परा र आसन्न निधि परम्परा मध्ये दोस्रो परम्परामा पर्छन्। यति मात्र नभई यसमा दिर्घागम, आसन्ननिधि र कर्णवंश परम्परा तीनैवटा समेटिएको बारे यस गम्भिरोपदेशको शिक्षण ग्रन्थमा उल्लेखित रहेको छ।
सामान्यतया निधिधर्ममा भूनिधि र मनोनिधि इत्यादि धेरै प्रकारका रहे पनि यो महाकारुणिका अवलोकितेश्वरले निधिअन्वेषक स्वयम्लाई अगाडि आकाशबाट प्रत्यक्षदर्शन गराई साक्षातरूपमा दिनुभएको गम्भीर कर्णवंश हो। अतः निधिपात्र र स्थानमा आधारित नभएको कारणले गगनधर्मको नामले प्रसिद्ध भएको हो। हाल निर्माणकाय मिग्युर दोर्जेको निधिकोष गगनधर्म चित्तनिधि ग्रन्थको आधारमा जम्मा तेह्रवाट पुस्तक रहेको छन्।
यस निधिधर्मको अभ्यास विशेष गरी पुर्वनुदित बौद्ध अध्यनकेन्द्रकोरूपमा प्रचलित रहेको प्राचीन बौद्ध सम्प्रदायको छ मूलमठ मध्ये पल्युल साम्प्रदायिक मठमा चलेको अभ्यास हो। पल्युलमा यसको सुरुवात निधिअन्वेषक स्वयम्को शिष्य तथा गगनधर्म निधिग्रन्थको संकलक महासिद्ध कर्म छाग्मेद (१६१३-१६७८) र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरब (१६३६-१६९८) देखि चलेअनुसार पल्युल साम्प्रदायिक मठको क्रमिक सिंहासन-धारकहरूको जीवनकालमा पनि गगनधर्म चित्तनिधिको अभ्यासलाई विशेषरूपमा पालना गर्दैअएकोले आजकलसम्म यो अभ्यास प्रगतिशील र निरन्तरता रहेको छ। कुलपति सिद्धेश्वर पद्म नोर्बु रिन्पोछे र उहाँको जेष्ठशिष्यहरूको कृपाले हाल यस निधिधर्मको अभ्यास भारत, नेपाल, भुटान, चीन आदि एसियाली मुलुक र अमेरिका लगायतका पश्चिमी देशमा पनि विनेयजनहरूको समाजमा विकासित भैरहेको छन्।           
यो एउटा संक्षिप्त जानकारी मात्र हो। यस निधि सम्प्रदायको विस्तृत इतिहासको बारे गगनधर्मको व्याख्यान र महानिधिअन्वेषक निर्माणकाय मिग्युर दोर्जेको जीवनी, महासिद्ध कर्म छाग्मेद र विद्याधर कुन्जाङ शेसरब आदि गगनधर्मको अभ्यासी वा महान् साधक विद्वान्सिद्धहरूको जीवन-वृत्तांतबाट जान्नु होला।

गगनधर्म चित्तनिधिको अभ्यासखण्ड[सम्पादन गर्नुहोस्]

  • सामान्य पूर्वयोगको अभ्यास
  • विशिष्ट पूर्वयोगको अभ्यास
  • चण्डालीयोग अभ्यास
  • महासन्तिको ठ्रेग्छोद् र थोद्गाल अभ्यास

गगंधर्मा महासन्ति पारम्परिक वंशावली [१][सम्पादन गर्नुहोस्]

  • धर्मकाया समन्तभद्र
  • महा वज्रधार
  • वज्रसत्त्व
  • अवलोकितेश्वर
  • आचार्य प्रहेवज्र
  • आचार्य श्री सिंह
  • आचार्य पद्म सम्भव
  • दोर्जे ड्रग्पोचल
  • विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद
  • विद्याधर कुन्जाङ शेसरब
  • पद्म ल्हुन्ड्रुब ग्यम्छो
  • सिद्धेश्वर पद्म नोर्बु
  • कर्म ट्राशी
  • कर्म दोन्दम
  • कर्म ग्युर्मेद
  • ग्युर्मेद ङेस्दोन तन्जीन
  • पद्म दोङ्गस तन्जीन
  • दोङ्गस छोस्क्यी ञिमा
  • रिग्जीन पल्छेन दुस्प
  • पद्म गरवाङ तन्जीन
  • थुब्तन छोस्क्यी दावा
  • पद्म नोर्बु रिन्पोछे
  • कर्म कुछेन रिन्पोछे
  • मिग्युर देछेन गरवाङ सिल्नोन दोर्जे

नेपालमा गगनधर्म चित्तनिधि अभ्यासको प्रारम्भ[सम्पादन गर्नुहोस्]

हिमालयन शेर्पा बौद्ध संस्कृति संरक्षण समिति द्वारा सन् २०१७ देखि काठमाडौँ टुसाल शेर्पा सेवा केन्द्र ओग्यान पलरी पद्म क्षोलीङमा आयोजित एकमहिने अभ्यासमा सामान्य पूर्वयोगको चार निर्वृत चित्त र विशिष्ट पूर्वयोगको अन्तर्गत शरणगमन, बोधिचित्तोपद, वज्रसत्त्वभावना एवम् मन्त्रजाप, मण्डल अर्पण, गुरुयोग र द्रुतमार्ग उत्क्रान्तियोगका शिक्षण अभ्यासहरू बार्षिकरूपमा भइरहेको छ।    

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. གནམ་ཆོས་ཐུགས་ཀྱི་གཏེར་ཁ་སྙན་བརྒྱུད་ཟབ་མོའི་སྐོར་ལས། གཏེར་མ་བརྒྱུད་པའི་གསོལ་འདེབས། དཔལ་ཡུལ་ཆོས་སྤྱོད།