विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१७-०२-२४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाशिवरात्री[सम्पादन गर्नुहोस्]

Bangalore Shiva

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । (पूरा  पढ्नुहोस्...)

आवेदनकाे कारणहरू: शिवरात्रि बिशेष

२०१७ फेब्रुअरी २७, ०२:१९:०५ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने

   मतदान गर्न प्रयाप्त समय नभएकोले अस्विकृत- Saroj Uprety (कुरा गर्ने) ०३:५५, २४ मार्च २०१७ (युटिसी(UTC))