नेपाली विकिपिडियाको मुख्य पृष्ठको आजको लेखमा कुनै पनि लेखलाई राख्नको लागी आवेदन दिनु पर्दछ, आजको लेख समन्वय समितिको सिफारिसमा सम्पादकहरूको समर्थन अनुसार छनौट गरिने व्यवस्था गरिएको छ ।
मितिसँग सम्बन्धित कुनै पनि लेखलाई आजको सुचीकृत गर्नको लागि आवेदन दिनु होस् । आजको लेखको आवेदन निम्नानुसारको सांराश तालिकामा अनुरोध गरिएको मिति अनुसार क्रमवध्द रूपमा राखिएको छ । आजको लेख दैनिक रूपमा परिवर्तन हुने गरि तयार गरिएको हुँदा मितिसँग सम्बन्धित लेखलाई सो मितिमा मुख्य पृष्ठमा राख्नको लागी सूचीकृतको लागी आवेदन दिनु होला र कुनै पनि मितिको लागी एक भन्दा बढी आवेदन हुन सक्नेछन् ।
आजको लेखको लागि कसरी आवेदन दिने:
१.
आवेदनको उपपृष्ठ तयार गर्नुहोस्.
तलको बाकसमा आजको लेखको लागी आवेदन दिन लागिएको लेख राख्न खोजिएको मिति लेख्नुहोस्(लेख सम्बन्धि मिति लाई हटाइ कुनै ब्राकेट प्रयोग नगरि) तथा आवेदनको उपपृष्ठ तयार गर्नको लागी तलको वटन दवाउनु होस ।
२.
आवेदन लेख्नुहोस्
आवेदन पृष्ठमा सकेसम्म सम्पूर्ण कुराहरू भर्नुहोस् र संग्रह गर्नुहोस् ।
आवेदनको लागि पृष्ठसँग सम्बन्धित सानो विवरण राख्नुहोस् र एउटा सुहाउँदो चित्र पनि राख्नु होस् । यदि तपाईंलाई पृष्ठसँग सम्बन्धित सानो विवरण लेख्न समस्या भएमा वार्ता पृष्ठमा सहायताको लागी लेख्नुहोस् ।
३.
ढाँचा:आजको लेख/आवेदनहरू मा राख्नुहोस्.
आवेदन पृष्ठ तयार गरि सके पछि आवश्यकता अनुसारको मितीको लागी देहाय बमोजिमको २ तह (प्रस्तावित मिति तथा आवेदनको ढाँचा) को शिर्षक भर्नुहोस् । यसको लागि थप्नुहोस् ("लेखको शिर्षक" लाई आवेदन दिइएको लेखको नाम राख्नुहोस्): ==२०१६-१२-०२== {{विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लेख सम्बन्धि मिति}}
लाई आवेदनकलाई आवेदन सुचिमा राख्नुको साथै तपाइँले आफ्नो आवेदनलाई सारांश तालिकामा राखि सहयोग गर्नुहोला ।|}
योमरी पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत ज्यापु समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी )बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ ।
नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसीभैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ ।(पूरा पढ्नुहोस्...)
१२:३९, ८ डिसेम्बर २०१६ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने । सम्पादकहरूको मतको आधारमा आजको लेखमा निर्वाचित भएको छ । - कुरा गर्ने १२:५३, १० डिसेम्बर २०१६ (युटिसी(UTC))
भ्रष्टाचार नियन्त्रणको लागी नेपालको संवैधानिक निकायको रूपमा स्थापित संस्था हो । यस संस्थाको शुरूवात नेपालको संविधान २०१९ को दोश्रो संशोधन २०३२ को अनुरूप अख्तियार दुरुपयोग निवारण आयोगको रूपमा भएको हो । यस आयोगमा एक प्रमुख आयुक्त, पाँच आयुक्त तथा संस्थाको सचिवको रूपमा नियुक्ति हुने व्यवस्था रहेको छ । यस आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ तथा विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था रहेको छ । (पूरा पढ्नुहोस्...)
आवेदनकाे कारणहरू: मिति २०१६-१२-२४ मा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरूद्ध दिवस भएकोले
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ। जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन्, जुन मिति पुर्व भरी पनि अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ । रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ । क्रिसमसमा बिश्व भरीका देशहरुमा पनि सार्वजनिक बिदा दिइने गरिन्छ । जहाँ ख्रिष्टहरुको बाहुल्यता छैन, त्यहाँ पनि बदि दिइएको पाइएको छ । (पूरा पढ्नुहोस्...)
आवेदनकाे कारणहरू: मिति २०१६-१२-२५ मा क्रिसमस भएकोले
तमु ल्होसारगुरुङ जातिहरुको महान् चाड हो। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ् । (पूरा पढ्नुहोस्...)
स्वामी विवेकानन्द (जन्म १२ जनवरी १८६३, जन्मनाम: नरेन्द्रनाथ दत्त ) उनी हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए । वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरू उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको विश्व धर्म सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप रामकृष्ण परमहंसका सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो । यि संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन वाक्यले नै सबैको मन जितेका थिए । (पूरा पढ्नुहोस्...)
माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो। (पूरा पढ्नुहोस्...)
आवेदनकाे कारणहरू: मिति २०१७-०१-१४ मा माघे सङ्क्रान्ति भएकोले
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । (पूरा पढ्नुहोस्...)
होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । (पूरा पढ्नुहोस्...)
राम नवमी र्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ। प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । (पूरा पढ्नुहोस्...)
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य संगठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन् । यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल१९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ ।
नेपाल पनि विश्व स्वास्थ्य संगठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ । (पूरा पढ्नुहोस्...)