इतिहासमा आज खण्डमा इतिहासमा भएको महत्वपूर्ण व्यक्तित्वहरूको जन्म दिन वा कुनै महत्वपूर्ण घटनालाई मिती अनुसार मिलाएर राखिएको छ । यस खण्डमा इतिहासका महत्वपूर्ण घटनाहरू राख्दा इस्वि सम्वतको साथ साथै विक्रम सम्वत पनि राख्नु पर्ने हुन्छ । यस खण्डमा कुनै पनि मितिको बढीमा ८ वटा घटनाहरू समावेश गर्न सकिन्छ भने थप जानकारीहरू उक्त मितिको पृष्ठमा समावेश गर्नु पर्ने हुन्छ ।
यदि कुनै मितीमा रहेको व्यक्तित्व भन्दाबढी महत्व रहेको अन्य कुनै व्यक्तित्व रहेको तपाईलाई लाग्दछ भने उक्त मितीको वार्तालाप पृष्ठमा सुझाव राख्नु होला ।
वि.सं. २००४ (सन् १९४७) - ब्रिटेनका प्रधानमन्त्री क्लिमेन्ट एट्लीद्वारा मोहम्मद अली जिन्नालाई पाकिस्तानको पहिलो गभर्नर जेनरल पदको लागी सिफारिस गरिएको थियो ।
१९८७ - मोन्ट्रियलमा दुई र आधा घण्टाको अवधिमा १०० मिमी (३.९ इन्च) भन्दा बढी वर्षा परेको थियो, जसले गम्भीर बाढी ल्याएको थियो र क्यानेडाली डलर २ करोड २० लाख भन्दा बढी क्षति भएको थियो।
२०१६- फ्रान्सको नीसमा एउटा मान्छेले जानाजानी ट्रकलाई भीडमा लगेको थियो, जसको परिणामस्वरूप ८६ व्यक्तिको मृत्यु भएको थियो।
२०१० - विकिलिक्सले अफगानिस्तान युद्धसँग सम्बन्धित ७५,००० गोप्य कागजात प्रकाशित गरेका थियो, जुन अमेरिकी सैन्य इतिहासको सबैभन्दा ठूलो जानकारी बाहिर आएको घटना हो ।
वि.सं. २००४ (सन् १९४७) - ब्रिटेनका प्रधानमन्त्री क्लिमेन्ट एट्लीद्वारा मोहम्मद अली जिन्नालाई पाकिस्तानको पहिलो गभर्नर जेनरल पदको लागी सिफारिस गरिएको थियो ।
१९८७ - मोन्ट्रियलमा दुई र आधा घण्टाको अवधिमा १०० मिमी (३.९ इन्च) भन्दा बढी वर्षा परेको थियो, जसले गम्भीर बाढी ल्याएको थियो र क्यानेडाली डलर २ करोड २० लाख भन्दा बढी क्षति भएको थियो।
२०१६- फ्रान्सको नीसमा एउटा मान्छेले जानाजानी ट्रकलाई भीडमा लगेको थियो, जसको परिणामस्वरूप ८६ व्यक्तिको मृत्यु भएको थियो।
२०१० - विकिलिक्सले अफगानिस्तान युद्धसँग सम्बन्धित ७५,००० गोप्य कागजात प्रकाशित गरेका थियो, जुन अमेरिकी सैन्य इतिहासको सबैभन्दा ठूलो जानकारी बाहिर आएको घटना हो ।
वि.सं. २०२५ (सन् १९६८) - एयर फ्रान्स फ्लाइट १६११ फ्रान्समा दुर्घटनाग्रस्त हुँदा ८९ जना सहित ६ चालकदलका सदस्यको ज्यान गएको थियो।
वि.सं. २०५८ (सन् २००१) - सेप्टेम्बर ११ को हमला; आतङ्कवादी सङ्गठन अलकायदाले अमेरिकाका चार विमानहरू उपहरण गरी दुई विमान न्यूयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरको दुई गगनचुम्बी टावरमा ठोक्याएका थिए (चित्रमा) जसको कारण २९९६ जनाको ज्यान गएको थियो। एक विमान पेन्टागनमा जोतिएको थियो भने अर्को विमान अमेरिकी काङ्ग्रेसमा जुधाउने लक्ष्य रहेपनी यात्रु र अपहरणकारीको झडप हुँदा बीचमै दुर्घटना भयो।
वि.सं. २०६९ (सन् २०१२) - पाकिस्तानको दुइवटा कपडा उद्योगमा आगलागी हुँदा जम्मा ३१५ जनाको ज्यान गएको थियो।
वि.सं. २०६९ (सन् २०१२) - लिबियाको बेनगाजिमा अवस्थित अमेरिकि दुतावास माथि भएको हमलामा ४ जनाको मृत्यु भएको थियो।
वि.सं. २०४१ (सन् १९८४) - लेबनानको बेरुत नजिक संयुक्त राज्यको दुतावासमा आत्मघाती कार बम बिष्फोटमा परी ४० जनाको मृत्यु भएको थियो ।
वि.सं. २०६५ (सन् २००८) - बिष्फोटक पदार्थले भरिएको एक ट्रक पाकिस्तानको इस्लामाबादमा रहेको मेरिएट होटेलको अगाडी ठोक्किदा ५४ जना मारिनुका साथै २६६ घाइते भएका थिए ।
वि.सं. २०१४ (सन् १९५७) - संयुक्त अधिराज्यमा अवस्थित विन्डस्केल न्युक्लिएर प्लान्टमा आगलागी भएको थियो जुन संसार कै पहिलो ठुलो न्युक्लिएर दुर्घटना थियो ।
वि.सं. २०१३ (सन् १९५६) - पहिलो व्यावसायिक आणविक शक्ति स्टेशन इङ्गल्याण्डकी महारानी एलिजाबेथ दोश्रोद्वारा औपचारिक रुपमा सेल्लाफील्डमा उद्घाटन गरिएको थियो ।
वि.सं. २०६३ (सन् २००५) - विल्मा तुफानमा परी अमेरिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ७१ जनाको ज्यान गएको थियो भने अनुमानित २०.६ बिलियन अमेरिकी डलरको क्षति पुगेको थियो ।
वि.सं. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्रमा पूर्ण सूर्य ग्रहण देखिएको थियो ।
वि.सं. २०७२ (सन् २०१५) - फ्रान्सको राजधानी पेरिसमा नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनाउने कार्य) मा परी १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए ।
वि.सं. २०७१ (सन् २०१४) - सिड्नीको एसजिसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अस्ट्रेलिया राज्यबिचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूजको निधन भएको थियो ।
वि.सं. २०७० (सन् २०१३) - ब्रिटेनका भौतिकशास्त्री स्टिफन हकिङले विश्वकै ठूलो पुरस्कार राशि ३० लाख अमेरिकी डलर भएको आधारभुत भौतिकशास्त्र पुरस्कार जितेका थिए ।
वि.सं. २०४८ (सन् १९९१) - कजाख्स्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
वि.सं. २०६९ (सन् २०१२) - भारतको नयाँ दिल्लीमा महिलासँग गरिएको सामुहिक बलात्कारको विरोधमा लाखौ जनाले प्रदर्शन गरेका थिए ।
वि.सं. २०७१ (सन् २०१४) - तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी)का सात जना सदस्यले पाकिस्तानको पेसावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतंककारी आक्रमण गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गर्दा १३२ बालबालिकासहित १४५ को मृत्यु भएको थियो । (चित्रमा लण्डनमा गरिएको मैनबत्ती सहितको प्रार्थना)
वि.सं. २०७१ (सन् २०१४) - इन्डोनेसियाको सुरबयाबाट सिंगापुर जाँदै गर्दा एयर एसिया विमान ८५०१ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १६२ जनाको मृत्यु भएको थियो ।
वि.सं. २०५४ (सन् १९९७) - माइक्रोसफ्टले हटमेल सेवा खरिद गरेको थियो।
वि.सं. २०५६ (सन् १९९९) - बोरिस येल्तसिनले तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुतिनलाई निमित्त राष्ट्रपतिको रूपमा पद हस्तान्तरण गरि रुसको राष्ट्रपति पदबाट राजिनामा दिएका थिए।
वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्न र पद्म विभूषण स्थापना गरेको थियो।
वि.सं. २०१६ (सन् १९५९) - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
वि.सं. २०३२ (सन् १९७५) - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।
वि.सं. २०५६ (सन् १९९०) - पिसाको टाबर धेरै झुके पछि सर्वसाधारणको लागी बन्द गरिएको थियो ।
वि.सं. २०६९ (सन् २०१३) - लियोनेल मेस्सिले लगातार तेश्रो पटक फिफा उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए ।
वि.सं. २०७१ (सन् २०१५) - केहि बन्दुकधारीहरुले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अधाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाएका थिए ।
वि.सं. २०५३ (सन् १९९७) - इटालीको नयाँ निकालिएको १००० लिराको सिक्कामा भएको नक्शामा जर्मनीलाई छुट्टाएर भुलवस छापिएको थियो । यस गल्तीलाई इटालीले पछि सुधार गरि पुनः १००० लिराको सिक्का (चित्रमा इटालीको १००० लिरा) निकालेको थियो ।
वि.सं. २०७१ (सन् २०१५) - नेपालको दोश्रो संविधान सभाले संविधान तयार गर्ने म्याद २ दिन बाँकी हुँदा संविधान सभामा तोड्फोड भएको थियो भने ४ सभासदहरू घाइते समेत भएका थिए ।
वि.सं. २०७५ (सन् २०१९) - जम्मू कश्मीर को पुलवामा जिल्ला मा जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि भएको एकठूलो आत्मघाती हमलामा ४४ सुरक्षाकर्मीको ज्यान गएको थियो ।
वि.सं. १८९१ (सन् १८३५) - चिलीको क्नसेपसियनमा अनुमानित ८.२ रेक्टर स्केलको भुकम्प आएको थियो र साथै यसकै कारण आएको सुनामीले छिमेकको शहर ताल्चहुआनो विनास गरेको थियो ।
वि.सं. १९२९ (सन् १८७२) - न्यूयोर्क शहरमा महानगरीय सङ्ग्रहालय तथा कला खुलेको थियो ।
वि.सं. २०५० (सन् १९९३) - जेनेट रेनो अमेरिकाको पहिलो महिला प्रधान न्यायधिवक्ता भएकी थिइन् ।
वि.सं. २०७५ (सन् २०१८) - युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।
वि.सं. २०७५ (सन् २०१९) - इथियोपियामा उक्त विमानको दोस्रो दुर्घटनापछि अन्य देशहरूले प्रतिबन्ध लगाएपछि अमेरिकाले सबै बोइङ ७३७ म्याक्स विमानहरूलाई ग्राउन्डेड गरेको थियो।
वि.सं. २०७५ (सन् २०१९) - द वाल्ट डिज्नी कम्पनीले ट्वान्टिफस्ट सेन्चुरी फक्स मनोरञ्जन व्यवसायलाई ७१ अर्ब अमेरिकी डलरमा प्राप्त गरेको थियो।
वि.सं. २०७९ (सन् २०२३) - श्रीलङ्काले १९४८ मा स्वतन्त्रता पछि देखिएको सबैभन्दा गम्भीर आर्थिक सङ्कटको बीचमा अन्तर्राष्ट्रिय मुद्रा कोष बाट २.९ अर्ब अमेरिकी डलरको उद्धार सहायता प्राप्त गरेको थियो।
वि.सं. २०७२ (सन् २०१६) - आइएसआइएसले बेल्जियमको राजधानी ब्रसेल्सको एयरपोर्ट तथा सबवेमा आक्रमण गर्दा ३२ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए ।
वि.सं. २०६४ (सन् २००८) - भुटानमा पहिलो जनचुनाव भए पश्चात प्रजातन्त्र घोषणा भएको थियो ।
वि.सं. २०७६ (सन् २०२०) - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १.३ अर्ब जनसंख्या भएको विश्वको दोस्रो सबैभन्दा बढी जनसंख्या रहेको देश भारतमा कोभिड-१९ नियन्त्रण गर्न २१ दिने लकडाउनको आदेश दिएका थिए।
वि.सं. २०७४ (सन् २०१८) - उत्तर कोरियाली नेता किम जोङ-उनले जुन २०११ मा सत्तामा आए पश्चात उनको पहिलो विदेश यात्रामा चीनको बेइजिङमा चिनियाँ नेता सी जिनपिङसँग भेट गरेका थिए।
वि.सं. २०८१ (सन् २०२५) - काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनले हिंसात्मक रूप लिदा २ जनाको मृत्यु तथा ११२ जना पक्राउ पर्नुको लगायत भौतिक पूर्वाधारमा ठूलो क्षति भएको थिए।