किम जोङ् इल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किम जोङ् इल

किम जोङ् इल(कोरियाली: 김정일) उत्तर कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति हु्न।किम जोङ इल सन् १९४२मा उत्तर कोरियाको पेक्दु इलाका जन्मिनु भएको हो।

को थिए किम ?[सम्पादन गर्नुहोस्]

डिएर लिडर -प्यारा नेता)को नामले चिनिने उत्तर कोरियाली नेता किम जोङ इल संसारकै सबैभन्दा रहस्यमय व्यक्तित्व भएका नेता मानिनु हुन्छ । पिता किम इल सुंगको निधनपछि सन् १९९४मा उत्तर कोरियाको सत्तामा आएका किम एक शक्तिशाली कम्युनिष्ट नेताको रूपमा विश्वचर्चित हुनुहुन्छ । दक्षिण कोरियाली मिडियाहरूले उनलाई एक घमण्डी, आडम्बर प्लेब्वाइको रूपमा व्याख्या गर्ने गरेपनि दुनियाँका सबै शासकहरूले किमको व्यक्तित्वको प्रसंसा गर्ने गरेका छन् । भलै उत्तर कोरियाको मानवअधिकार र अप्रजातान्त्रिक शासन प्रणालीको आलोचना हुँदै आएको छ ।

जन्म नै रहस्यमय[सम्पादन गर्नुहोस्]

किम जोङ इल सन् १९४२मा उ्रत्तर कोरियाको पेक्दु इलाका जन्मिनु भएको हो । तर, कतिपयले उहाँ सन् १९४१मा साइबेरियामा जन्मिएका भनेर पनि भनिन्छ । उहाँ काठको कोठाभित्र जन्मिँदा बाहिर आकाशमा चम्किला तारा देखिनुका साथै इन्द्रेणी समेत परेको बताइन्छ । त्यसैले उहाँलाई चमत्कारिक व्यक्तित्वको रूपमा पनि लिने गरिन्छ । उहाँले २ वर्षको उमेरमा ६ वटा ओपेरा लेखेको बताइन्छ ।

रसिक व्यक्तित्व[सम्पादन गर्नुहोस्]

होँचा कदका किम अग्लो देखिनका लागि प्लेटर्फमवाला जुता लगाउने गर्नुहुन्थ्यो । खानपिनमा शौखिन मानिन्छ उहाँलाई । किमसँग रुसमा सँगै रेलयात्रा गरेका रुसी दुत कस्टेटिन पुलिकोवस्कीका अनुसार यात्राका क्रममा उनले जिउँदा झिँगेमाछा मगाउँथे र चाँदीको चपस्टिकले खाने गर्नुहुन्थ्यो । किम महिला साथीहरूसँग मदिरा पान गर्न गर्नुहुन्थ्यो । सन् २०००मा दक्षिण कोरियाली राष्ट्रपति किम दाय जुंगसँगको शिखर वार्ताका दौरान उहाँले १० गिलास मदिरा पिएको प्रसँग पनि निकै चर्चित छ ।

चलचित्रका पारखी[सम्पादन गर्नुहोस्]

सन् १९७८मा किमले दक्षिण कोरियाली फिल्म निर्देशक शिन सांग ओक र उनकी पत्नी चोइ युन ही लाई अपहरण गर्ने आदेश दिनु भएको थियो । उनीहरूलाई पाँच वर्षसम्म अलग अलग राखियो र त्यसपछि एक समारोहका बीच पुनर्मिलन गराइयो । फिल्म निर्देशक दम्पतीका अनुसार त्यसक्रममा किमले अपहरणका लागि माफी माग्दै आफ्नो लागि पनि फिल्म बनाइदिन आग्रह गर्नु भएको थियो । आग्रह बमोजिम उनीहरूले ७ वटा फिल्म बनाइदिए र सन् १९८६मा भाग्न सफल हुनुभयो । उहाँ यति फिल्मप्रेमी थिए की उहाँको पुस्तकालयमा २० हजार वटा हलिउड फिल्मका चक्का थिए । उहाँले फिल्मसम्बन्धि किताब समेत लेख्नु भएको थियो । उहाँलाई हलिउड अभिनेत्री एलिजाबेथ टेलर खुबै मन पर्थ्यो । उहाँकै प्रयासमा उत्तर कोरियाको फिल्म कम्पनीले उत्तर कोरियाको इतिहासबारे एक सय भागको धारावाहिक शृङ्खला बनाएको थियो ।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

सन् १९७५मा पि्रय नेताको उपाधि पाएका किम सन् १९८०मा कोरियन वर्कर्स पार्टीको केन्दि्रय समितिमा चयन भए र संस्कृति र कला विभाग सम्हानु भयो । सन् १९८७मा एक दक्षिण कोरियाली विमानलाई खसाल्नको लागि उहाँले निर्देशन दिएको विश्वास गरिन्छ । सन् १९९१मा किम जोङ इल कोरियन पिपुल्स आर्मीका सर्वोच्च नेता चुनिनुभयो । सन् १९९४मा पिता किम इल सुङको निधनपछि उहाँले उत्तर कोरियाको सत्ता सम्हानु भएको हो । त्यतिबेला उत्तर कोरिया गहिरो आर्थिक संकटबाट गुजि्ररहेको थियो । वैदेशिक व्यापार धरासायी थियो भने प्राकृतिक प्रकोप र भुकमरीबाट लाखौँ मानिसले ज्यान गुमाउनुपरेको थियो । सत्तामा आएपछि उहाँले अन्तराष्ट्रिय समुदाय खासगरी चीनसँग सहयोगको अपिल गर्नुभयो र सहयोग जुटाएर देशको संकट केहीमात्रामा भएपनि निवारण गर्न सफल हुनुभयो । किम चीनमा साम्यवादी सिद्धान्तको सरकारका बाबजुत बजार अर्थतन्त्रको सफल प्रयोगका विषयमा जान्न निकै उत्सुक हुनुहुन्थ्यो र पटकपटक यसै विषयमा बुझ्न चीन जाने गर्नुहुन्थ्यो । उहाँले सन् २००१ पछि उत्तर कोरियामा बजार अर्थतन्त्रको प्रयोग स्वरूप निजि उद्योग स्थापना गर्न अनुमति दिनुभयो । दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि समेत उहाँले केही प्रयास गर्नुभयो र उहाँकै प्रयासमा सन् २०००मा दक्षिण कोरियासँग शिखर वार्ता भयो, जुन सन् १९५३को युद्धपछिको पहिलो वार्ता थियो । यो वार्ताले युद्धबाट बिछोडिएका परिवारको पुनर्मिलन लगायत अरु सम्बन्ध सुधारका विषयमा पनि सफलता प्राप्त गर्यो ।

किमका विषयमा फैलिएका अफवाहहरू[सम्पादन गर्नुहोस्]

सन् २००८को अगष्टमा जापानको एक पत्रिकाले किमको सन् २००३ मै मृत्यु भएको कुरा छापेको थियो । त्यसको एक महिनापछि जब देशको ६० औँ स्थापना दिवसका अवसरमा किम उपस्थित नभएपछि अमेरिकाले उनको हृदयाघात भएको र मृत्यु भएको हुनसक्ने बताएको थियो । तर यस्ता अफवाहका बाबजुत सन् २००९को अपि्रलमा उत्तर कोरिया सरकारले एक भिडियो सार्वजनिक गर्दै सन् २००८को नोभेम्बर र डिसेम्बर महिनामा किमले देशका उद्योगहरू भ्रमण गरेको दाबी गर्यो । सन् २००९मा दुई अमेरिकी पत्रकारलाई मुक्त गराउने प्रयासका लागि अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टन उत्तर कोरिया पुगेको बेला किम नाटकीय रूपमा सार्वजनिक हुनुभयो र उहाँका बारेमा चलेका अफवाह गलत सावित भए । त्यतिबेला किम र क्लिन्टनबीच वार्ता भएर दुई पत्रकारलाई रिहा गर्ने सहमति भएको थियो ।

निधन‍[सम्पादन गर्नुहोस्]

कट्टर कम्युनिष्ट मुलुक उत्तर कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति किम जोङ् इलको निधन सन २०११ डिसेम्बर १९का दिन भएको छ । उत्तर कोरियली सरकारी टेलिभिजनले नेता किमको ६९ वर्षको उमेरमा राजधानी प्योङयाङ बाहिर यात्राका क्रममा निधन भएको जानकारी दिएको हो ।

कालो पोसाक लगाएका टेलिभिजन प्रस्तोताले रुँदै किमको निधन भएको घोषणा गरेका थिए । अत्याधिक शारिरीक एवं मानिसिक कार्य गरेका कारण उहाँको निधन भएको टेलिभिजनले जनाएको छ । किमको निधनपछि उत्तर कोरिया शोकमा डुबेको छ । त्यहाँ १३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

१९९४मा आफ्ना पिताको निधनपछि किमले उत्तर कोरियाको नेतृत्व सम्हाल्नु भएको भएको थियो । उहाँ सन् २००८ देखि मुटुको रोगबाट पिडित हुनुहुन्थ्यो । त्यसपछि उहाँ केही महिनासम्म सार्वजनिक समारोहहरूमा समेत सहभागी हुनु भएको थिएन । किमको २८ डिसेम्बरमा राजधानी प्योङयाङमा अन्तिम संस्कार गरिने बताइएको छ ।

उहाँको उत्तराधिकारीका रूपमा २० वषर्ीय छोरा किम जोङ वूनलाई हेरिएको बीबीसीले जनाएको छ । उनले आफूलाई समर्थन गर्न देशबासीलाई अपिल गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले भनेको छ-’सबै पार्टी सदस्य, सैनिक र आम जनता कमरेड किम जोन वूनलाई एक विश्वासीका रूपमा समर्थन गर्नुपर्छ । उनले पार्टी, सेना र जनताको सुरक्षा गर्नुपर्छ र मजबुत बनाउनु पर्छ ।’

उत्तर कोरियाको सबैभन्दा घनिष्ट सम्वन्ध भएको देश चीनले किमको निधनति गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले किनको निधनमा गहिरो दुःख व्यक्त गर्दै दुःखद घडीमा चीन कोरियाली जनताको साथमा रहेका बताएका छन् ।

किमको निधनसँगै दक्षिण कोरियाले आफ्नो सेनालाई अलर्टमा राखेको छ भने जापानले आपत ब्यबस्थापन टीम बनाएको छ । किमको निधनमा समवेदना व्यक्त गर्दै अमेरिकाले आफू दक्षिण कोरिया र जापानको सम्पर्कमा रहेको बताएको छ । यस्तै बेलायती विदेशमन्त्री विलियम हेगले उत्तर कोरियाली नेतृत्व युवा नेतृत्वका साथ आम नागरिकको हितका लागि अन्तराष्ट्रिय समुदायसँग राम्रो सम्वन्ध बनाउने ऐतिहासिक मौका रहेको बताउनु भएको छ ।

अब जुनियर किमको पालो[सम्पादन गर्नुहोस्]

सन् २०१०मा किमले आफ्नो तेश्रो छोरा किम जोंग अनलाई उत्तराधिकारीको रूपमा अघि सार्नु भएको थियो । सेनाको चारतारे जनरलमा नियुक्त गरेर अनलाई कम्युनिष्ट मुलुकको भावी शासकको रूपमा प्रस्तुत गरिएको विषयले धेरैलाई आश्चर्यमा समेत पारेको थियो । धेरैले नाम नै नसुनेका अन सन् १९८४मा जन्मिनु भएको हो । किमकी कान्छी श्रीमती तथा जापानी मूलकी नर्तकीको योंग हुइको कोखबाट उहाँको जन्म भएको थियो । स्विजरल्याण्डमा औपचारिक शिक्षा लिएका अन मातृभाषा सँगै अङ्ग्रेजी र जर्मन राम्रोसँग बोल्न सक्नुहुन्छ । उहाँ पछिल्लो समय आफ्ना बुवाका विदेश तथा आन्तरिक भ्रमणमा पनि सँगै रहने गर्नु भएको थियो ।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. अनलाईन खबर डट कम