तेन्जिङ नोर्गे शेर्पा
![]() तेन्जिङ नोर्गे शेर्पा (सन् १९६७ स्वीडेनमा) | |
व्यक्तिगत विवरण | |
---|---|
बाल्यकालको नाम | नामग्याल वाङ्दुस རྣམ་རྒྱལ་དབང་འདུས། |
प्रमुख क्षेत्र | पर्वतारोही |
जन्म | सन् १९१४ मे २९ तारिख![]() |
मृत्यु | ९ मे १९८६ दार्जिलिङ, भारत | (७१ वर्ष)
नागरिकता | नेपाली |
करियर | |
सुरुको उमेर | १९ वर्ष देखि |
सुरुको क्षेत्र | पर्वतारोही टुर गाइड |
उल्लेखनिय आरोहण | सन् १९५३ मा सगरमाथाको पहिलो आरोहण |
चर्चित साझेदारी | एडमण्ड हिलारी |
परिवार | |
जीवन साथी |
|
सन्तान |
|
अविभावक | (?-?) |
तेन्जिङ नोर्गे शेर्पा वा तन्जीन नोरग्यास शरपा ( शेर्पा: བསྟན་འཛིན་ནོར་རྒྱས་ཤར་པ། ), विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै सगरमाथा आरोहण गरेका तेन्जिङ र अर्का आरोहि एडमण्ड हिलारी सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोहि हुन् |तेन्जिङको जन्म् १९१४मा थ्याङबोचे en:Tengbocheमा भएको अनुमान गरिएको छ। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको दार्जिलिङमा दिवंगत भए।
आरोहीहरूको काठमाडौँमा सम्मान[सम्पादन गर्ने]
२०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा सम्मान कार्यक्रम भयो।
इतिहास शिरोमणि बाबुराम आचार्यको संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो। बनेपादेखि खुला जिपमा काठमाडौँ ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गर्ने कार्यक्रम थियो। बग्गीको दायाँ-बायाँ र अगाडि-पछाडि रिसल्ला, मोटरसाइकल र सैनिक ब्यान्डबाजाको प्रबन्ध मिलाईएको थियो।
सबैभन्दा अगाडि दुई महिला घोडचढी रिसल्लाद्वारा लस्करको अगुवाइ गर्ने कार्यक्रम थियो। एकैनासको पहिरन थियो, हलुका र आकर्षक । घोडा चढ्दा असजिलो नहोस् भनेर सर्ट-फ्रकसहित शिरमा फेटा बाँधिएको थियो र छड्के चुन्नी पनि थियो। घोडचढीको अगुवाइमा जुलुसले सहरका विभिन्न भागको परिक्रमा गर्योट । सहरका मानिसहरूले ठूलो करतल ध्वनि र उत्साहका साथ जुलुसको स्वागत गरे। मुसलधारे वर्षा जसरी अबिर र फूलको वर्षा गरियो । हात हल्लाएर अभिवादन गर्नेहरूको लावालस्कर पनि लामै थियो। हामी वसन्तपुर दरबार पुगेपछि कन्या मन्दिरका छात्राले 'छ स्वागत, छ स्वागत नेपालपुत्र लायक' बोलको गीत गाएर स्वागत गरे। ज्यादै आकर्षक ढङ्गले मञ्च सजाइएको थियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सगरमाथा आरोहीद्वयलाई त्यही मञ्चमा अबिर र माला लगाएर स्वागत गर्दै लामो मन्तव्य दिनुभयो । त्यसै दिन बेलुका दरबारका तर्फबाट उहाँहरूको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो।[१]
सम्मान[सम्पादन गर्ने]
- राजा त्रिभुवनद्वारा सुप्रदीप्त मान्यवर नेपाल तारा
- बेलायती महारानी एलिजावेथ द्वारा जर्ज मेडल
- भारत सरकारद्वारा पद्म भूषण
- सन् २००८ मा लुक्ला विमानस्थल को नामकरण तेन्जिङ-हिलारी विमानस्थल
- सन् २०१५ जुलाईमा छुद्र ग्रह यमको सबैभन्दा अग्लो हिमालको नामाकरण तेन्जिंग शिखर गरियो ( Tenzing Montes.)
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ तेन्जिङ शेर्पाको सम्मानमा: इन्दिरा श्रेष्ठ कान्तिपुर
![]() |
विकिमिडिया कमन्समा तेन्जिङ नोर्गे शेर्पा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |