पारो ताकसाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ताकसाङ मठ
Taktshang edit.jpg
ताकसाङ ("टाइगर नेस्ट")
पारो ताकसाङ is located in भुटान
पारो ताकसाङ
पारो ताकसाङ
भुटान भित्रको स्थान
निर्देशाङ्क: २७°२९′३०.८८″ उत्तर ८९°२१′४८.५६″ पूर्व / २७.४९१९१११° उत्तर ८९.३६३४८८९° पूर्व / 27.4919111; 89.3634889
मठ जानकारी
स्थान पारो उपत्यका, पारो जिल्ला, भुटान
स्थापित ८औ शताब्दीमा ध्यान गुफाको रुपमा पछी (औपचारिक रुपमा सन् १९६२ पछी मठ बनाइएको)
पुनर्निर्माण मिति १९५८ र २००५
किसिम तिब्बती बौद्ध
सम्प्रदाय द्रुक्पा काग्युनिङगमा
को लागि समर्पित गुरू पद्मासम्भा
वास्तुकला भुटानी

पारो ताकसाङ(जोङ्खा भाषा: སྤ་རོ སྟ་ཏྴ་ནྒ་ ) ताकसाङ पल्फुग मठ ('टाइगर नेस्ट भनेर पनि चिनिने)को रूपमा रहेका एउटा प्रसिद्ध भुटानी मठ हो । [१] एउटा प्रमुख हिमालय बौद्धको पवित्र स्थल तथा मन्दिर परिसर हो । जुन पहाडको माथिल्लो टाकुरामा रहेको छ । यो मठ भुटानको पारो उपत्यकामा स्थित छ । ताकसाङ अर्थात भुटानको बाघको गुफा भनेर यसलाई चिनिन्छ । भुटानको चर्चित शहर पारोबाट ताकसाङ करिब २० मिनेटको यातायात दुरी पार गरेपछि ३ घण्टा हाराहारी पैदल यात्रा गर्नुपर्ने हुन्छ । समुन्द्री सतहदेखि ३२ सय मिटर उचाइमा रहेको यो गुम्बा निकै नै पुरानो हो । भुटानको पर्यटकीय, धार्मिक, कला र संस्कृतिको आश्य बोकेको ताकसाङ सत्रौ शताब्दीदेखिका बौद्ध मुर्तिहरू जस्ताको तस्तै रुपमा पाइन्छ । आन्तरिक एवम वाह्य पर्यटकको समेत आइरो लाग्ने ठूलो पहाडको कोखमा अवस्थित गुम्बा जति हेरू उति नै हेरू लाग्ने खालको छ । वरिपरीका बनजङ्गल तथा उचाइबाट देखिने दृष्यहरूले जो कोहीलाई मन्त्रमुघ्द पार्दछ । गुम्बा नजिकैको झर्नाले त झनै ताकसाङलाई सुन्दर बनाएको छ । प्राकृतिक सुन्दरता मात्रै होइन ताकसाङले ऐतिहासिक महत्व पनि बोकेको छ ।


चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Lopen Kunzang Tinley (2008). Seeds of Faith: A Comprehensive Guide to the Sacred Places of Bhutan. V1. Thimphu: KMT Publishers. pp. 121–130. ISBN 99936-22-42-7. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]