तेन्जिङ-हिलारी विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेन्जिङ-हिलारी विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानलुक्ला, नेपाल
उचाइ समुद्री सतह९,१०० ft / २,८०० m
निर्देशाङ्क२७°४१′१६″उ॰ ०८६°४३′५३″पू॰ / २७.६८७७८°N ८६.७३१३९°E / 27.68778; 86.73139निर्देशाङ्कहरू: २७°४१′१६″उ॰ ०८६°४३′५३″पू॰ / २७.६८७७८°N ८६.७३१३९°E / 27.68778; 86.73139
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०६/२४ ४६० १,५०० एसफल्ट
स्रोत:[१]

तेन्जिङ-हिलारी विमानस्थल वा लुक्ला विमानस्थल (आइएटिए: LUAआइसिएओ: VNLK) नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको नाम्चे गाविसमा अवस्थित लुक्ला बजारमा रहेको विमानस्थल हो।[१] बि. सं. २०६४ पुसमा एडमण्ड हिलारीतेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरू कै नामबाट यस विमानस्थलको नामाकरण गरियो।[२]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

यो विमानस्थल लुक्लाबजार तलपट्टी पाहाडको काखमा बसेको छ।

विस्तार[सम्पादन गर्नुहोस्]

हिस्ट्री च्यानलको ‘मस्ट एक्स्ट्रिम एयरपोर्ट र्‍यांकिङ’मा लुक्ला विमानस्थल विश्वकै सबैभन्दा डरलाग्दो विमानस्थलमा गनिएको छ।[३] जसलाई फेरि एकपटक अन्तर्राष्ट्रिय वेबसाइट 'प्राइभेटफ्लाई डट कमले सूचीकृत गरेको छ। वेबसाइटका अनुसार यो रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौँ स्थानमा पर्छ। 'लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै रोमाञ्च सिर्जना गर्छ' वेबसाइटमा लेखिएको छ। रनवे सकिनासाथ सय मिटर अग्लो ढुंगको भित्तामा ठोकिनबाट जोगिन विमानस्थल नजिकपुग्दा जहाज सावधानीपूर्वक रोकिनु अत्यन्त जरुरी छ। यहाँ गल्तीका लागि कुनै छुट छैन। यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० निर्माण भएको हो।[४]

विमान सेवाहरू र उडान[सम्पादन गर्नुहोस्]

विमानसेवागन्तव्य(हरू)
अग्नि एयर काठमाडौँ[५]
गोर्खा एयरलाईन्स काठमाडौँ
नेपाल वायुसेवा निगम काठमाडौँ, कङगेल डाँडा, लामिडाँडा, फाप्लु, रुम्जाटार[६]
सिता एयर काठमाडौँ [७]
तारा एयर काठमाडौँ, स्याङबोचे [८]

दुर्घटना[सम्पादन गर्नुहोस्]

समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Airport information for Lukla, Nepal – Tenzing-Hillary Airport (VNLK / LUA) at Great Circle Mapper.
  2. "Nepal to name Everest airport after Edmund Hillary and Tenzing Norgay", International Herald Tribune, १५ जनवरी २००८, मूलबाट १२ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०१० 
  3. http://www.youtube.com/v/WSiqp3j977s Most extreme airports, History Channel
  4. "लुक्ला विमानस्थल विश्वको उत्कृष्ट आठमा", kaskinews.com [dead link]
  5. "Flying Schedule", Agni Air, अन्तिम पहुँच ८ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १९ नोभेम्बर २००९ मिति
  6. http://www.nepalairlines.com.np/?section=tarrifdom&action=browse
  7. "Destinations", Sita Air, अन्तिम पहुँच ६ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १६ अगस्ट २०१० मिति
  8. http://www.taraair.com/

बहिरी लिन्क[सम्पादन गर्नुहोस्]