लुक्ला विमान दुर्घटना २०७६
स्वरूप
२०७६ वैशाख १ मा लुक्लास्थित तेन्जिङ-हिलारी विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। दुर्घटनामा समिट एअरका सहचालक सुजित ढुङ्गाना र नेपाल प्रहरीका रामबहादुर खड्का तथा रुद्रबहादुर श्रेष्ठको मृत्यु भयो।