सामग्रीमा जानुहोस्

इन्डियन एयरलाइन्स फ्लाइट ८१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्डियन एयरलाइन्स फ्लाइट ८१४
अपहरणमा पर्नुभन्दा एक दिन अगाडि
विमान अपहरण
मिति२०५६ पौष ९ - पौष १६ २४ डिसेम्बर १९९९ – ३१ डिसेम्बर १९९९
स्थलकाठमाडौँ, नेपाल;
अवतरण अमृतसर, भारत; लाहोर, पाकिस्तान; दुबई ; कन्दाहार, अफगानिस्तान
विमान
विमानको प्रकारएयरबस ए३००बि२-१०१
सञ्चालकइन्डियन एयरलाइन्स
दर्ता नम्बरVT-EDW
विमान उडानत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ, नेपाल
गन्तव्यइन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल
दिल्ली, भारत
यात्रुहरू१७६
चालक दल१५
मृत्यु
घाइतेहरू१७
जोगिन सफल१९०

इन्डियन एयरलाइन्स फ्लाइट-८१४ वि.सं. २०५६ पौष ९ गते शुक्रबार नेपालको राजधानी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको विमान अपहरणमा परेको थियो । हर्कत-उल-मुजाहिद्दीनले पाकिस्तानको आइएसआईको सहयोग र सक्रिय सहायतामा विमान अपहरण गरेको आरोप लगाइएको थियो ।[][][]

भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केहि समयपछि भारतीय मानक समय अनुसार लगभग १७:३० मा विमानभित्र रहेका बन्दुकधारीले विमानलाई अपहरण गरी विमानलाई विभिन्न देशको विमानस्थलमा अवतरण गराउने कार्य सफलतापूर्वक गरे । भारतको अमृतसर, पाकिस्तानको लाहोर, र संयुक्त अरब इमिरेट्सको दुबई सहर हुँदै अपहरणकर्ताहरूले विमानलाई अफगानिस्तानको कन्दाहारमा अवतरण गर्न लगाए । त्यस समय कन्दाहार सहित अफगानिस्तानको विभिन्न क्षेत्र तालिबानद्वारा नियन्त्रित रहेको थियो । अपहरणकर्ताले विमानमा रहेका १७६ यात्रुहरू मध्ये २७ जना यात्रीलाई दुबईमा मुक्त गरे तर एक जना यात्रीको चक्कु प्रहारले विमानमै मृत्यु भएको थियो भने थुप्रै यात्रीहरू घाइते भएका थिए ।

विमान अवतरण गरिएको स्थान कन्दाहार सहित अफगानिस्तानको धेरैजसो भूभाग तालिवानको नियन्त्रणमा रहेको थियो । सुरुमा तालिवानलाई भारतको पक्षधर मानिएतापनि पछि यसलाई पाकिस्तानको आइएसआईको समन्वयमा काम गरिरहेको पुष्टि गरियो । भारतीय इन्टेलिजेन्स ब्युरो प्रमुख अजित डोभालको दावी अनुसार तालिवान लडाकुहरूले विमानलाई घेरेरै राख्नुको कारण भारतद्वारा कुनै किसिमको शैन्य हस्तक्षेप हुन नसकोस् । डोभालको दावी अनुसार अपहरणकर्तालाई आइएसआईको सहयोग नभएको भए भारत आफैँ यस सङ्कटलाई हल गर्न सक्थ्यो ।

विमान अपहरणको मुख्य लक्ष्य भारतीय जेलमा कैद रहेका इस्लाम छविका केही व्यक्तिहरूको सकुशल रिहाई रहेको थियो । विमान र यात्रीलाई बन्धक बनाउने कार्य सात दिनसम्म चल्यो र अन्तत: भारत सारकारद्वारा आफ्नो जेलमा कैद रहेका तीन लडाकु– मुस्ताक अहमद जार्गर, अहमद ओमार सइद सेख र मुलाना मसूद अजहरलाई जेलमुक्त गरी सकुशल अपहरणकर्ताको जिम्मा लगाउने कार्य गरेपछि अन्त्य भएको हो । [] यो अपहरणलाई अलकायदासँग काम गर्ने जिहादीहरूको मुख्य आक्रमण योजनाको रूपमा हेरिन्छ ।[][][]

मुख्य विमान कर्मचारी  अनिल शर्माका अनुसार चस्मा लगाएका एक नकावधारी मान्छेले विमानलाई विष्फोट गराइदिने धम्कि दिए र क्याप्टेन देवी शरणलाइ “पश्चिमतिर जान” आदेश दिए । [] चार अन्य माछेहरु रातो नकाव लागेर खडा थिए । अपहरण कारी लाहोर जान चाहन्थे तर अपर्याप्त इन्धनको कारण अमृतसर भारतमा अवतरण गर्नु पर्यो ।

अमृतसर भारतमा अवतरण

[सम्पादन गर्नुहोस्]

लाहोर पाकिस्तानमा अवतरण

[सम्पादन गर्नुहोस्]

एकदम कम इन्धनको कारणले विमानले लाहोरमा आकस्मिक अवतरण गर्यो । पाकिस्तानले सुरुमा अनुमति दिएको थिएन र लाहोर विमंस्थाको सबै बत्ति निभायो । [] विमानसंग अब जमिनमा क्र्यास हुने विकल्प मात्र रहेको बुझेर लाहोर विमान स्थाले बत्ति बल्यो र अवतरणको अनुमति दियो । विमान त्यहाँ साढे दुइ घण्टा संम बस्यो । [१०] [११]

दुबई, युएईमा अवतरण

[सम्पादन गर्नुहोस्]

दुबईमा २७ यात्रीलाई रिहा गरियो । [१२] अपहरणकरिले २५- वर्षीय गम्भीर घाइते रुपन कत्यललाई समेत रिहा गरे जसको मृत्यु विमानमै भएको थियो । भारतीय अधिकारी भारतीय सैन्य अधिकारी सम्मिलित विशेष अपरेसन गर्न चाहन्थे जुन यु.ए.ई सरकारले इन्कार गर्यो । ढाँचा:Citation-needed

कान्दाहार अफगानिस्तानमा अवतरण

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

२०३० को नेपाल विमान अपहरण


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "India wanted to raid IC-814 in Dubai, but Farooq Abdullah opposed swap, says former RAW chief AS Dulat", The Indian Express, ३ जुलाई २०१५। 
  2. "Govt pressurised negotiators to end IC-814 hijacking by Dec 31: Doval", The Hindu (en-INमा), १ जनवरी २०१०। 
  3. Dhawan, Himanshi (२०१७), "ISI backed Kandahar hijackers: Plane crisis negotiator Ajit Doval", The Economic Times 
  4. Omar Sheikh sentenced to death in Pearl murder case, Rediff.com, 2002-07-15
  5. "Other Millennium Attacks", PBS Frontline, २५ अक्टोबर २००१। 
  6. Riedel, Bruce O. (२०१२), Deadly Embrace: Pakistan, America, and the Future of the Global Jihad, Brookings Institution Press, पृ: 58–59, आइएसबिएन 9780815722748 
  7. Hiro, Dilip (२०१४), "War Without End: The Rise of Islamist Terrorism and Global Response", Routledge, पृ: 287–288, आइएसबिएन 9781136485565 
  8. "How Govt lost the IC-814 hijack deal", ७ सेप्टेम्बर २००६, अन्तिम पहुँच ७ सेप्टेम्बर २००६  वेब्याक मेसिन अभिलेखिकरण १३ सेप्टेम्बर २००८ मिति
  9. "Pakistan Foreign Office called India to say they were outraged the plane had landed in Lahore", India Today (अङ्ग्रेजीमा)। 
  10. "Pakistan Foreign Office called India to say they were outraged the plane had landed in Lahore", India Today (अङ्ग्रेजीमा)। 
  11. "Pakistan Foreign Office called India to say they were outraged the plane had landed in Lahore", India Today (अङ्ग्रेजीमा)। 
  12. India-Pakistan in war & peace By Jyotindra Nath Dixit, Books.google.com, अन्तिम पहुँच ४ मे २०१४