एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना २०७५
दुर्घटना
मिति२७ फेब्रुअरी २०१९ (2019-02-27)
सारांशभिरमा ठोक्किएर हेलिकप्टर दुर्घटना
स्थलताप्लेजुङ, नेपाल
मृतक सङ्ख्या
सञ्चालकएयर डाइनेष्टी
दर्ता नम्बर9N-AMI
अन्तिम बिसौनीपाथीभरा देवी
गन्तव्यकाठमाडौँ, नेपाल
सिट सङ्ख्या
यात्रुहरू
चालक दल
मृत्यु
जोगिन सफल

फाल्गुन १५, २०७५ बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्री सहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो । मन्दिर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको हो । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।

मृत्यु भएका व्यक्तिहरु[सम्पादन गर्नुहोस्]

  1. रविन्द्र अधिकारी (मन्त्री)
  2. अर्जुन घिमिरे (पीएसओ नेपाली सेनाका जमदार)
  3. वीरेन्द्र श्रेष्ठ (उपमहानिर्देशक, उड्डयन प्राविधिकरण)
  4. युवराज दाहाल (उपसचिव)
  5. आङछिरिङ शेर्पा (पर्यटन व्यवसायी)
  6. ध्रुव भोछ्याभोया (निर्देशक, उड्डयन प्राविधिकरण)
  7. प्रभाकर केसी (पाइलट)

टिप्पणी[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]