२०३० को नेपाल विमान अपहरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०३० को नेपालको विमान अपहरण
पोखरा विमानस्थलमा, चालिस वर्ष पश्चात् घनामा संलग्न विमान
विमान अपहरण
मिति२०३० जेठ २८
सारांशविमान अपहरण
स्थलफारबिसगञ्ज बिहार
विमान
विमानको प्रकारट्विन अटर
सञ्चालकनेपाल वायुसेवा निगम
दर्ता नम्बर9N-ABB
विमान उडानबिराटनगर विमानस्थल, विराटनगर, नेपाल
गन्तव्यत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ, नेपाल
यात्रुहरू१९
मृत्यु
घाइतेहरू
जोगिन सफल१९

२०३० को नेपालको विमान अपहरण ( विराटनगर विमान अपहरण समेत भनिन्छ) नेपालको इतिहासको पहिलो विमान अपहरण थियो। यसको मुख्य नाइके नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला थिए , जो पछि नेपालको प्रधानमन्त्री समेत निर्वाचित भएका थिए (पाँच पाँच पटक)। विमान अपहरणको योजना नेपाल राष्ट्र बैङ्कको विराटनगरबाट काठमाडौँमा ल्याएको पैसा लुट्नु थियो।

विमान अपहरणको उद्देश्य नेपालमा प्रजातन्त्रको पुनर्स्थापनाको लागि शसस्त्र क्रान्ति गर्न पैसा सङ्कलन गर्नु थियो। यो शसस्त्र क्रान्ति राजा महेन्द्रको प्रत्यक्ष शासनको निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध थियो।

विमान[सम्पादन गर्नुहोस्]

विमान डिएचसी -६ ट्विन अटर विमान (दर्ता: 9N –ABB) थियो। जुन २०२८ मा शाही नेपाल वायुसेवा निगमले खरिद गरेको थियो।[१]

अपहरणकारी[सम्पादन गर्नुहोस्]

गिरिजाप्रसाद कोइराला यो विमान अपहरणको मुख्य नाइके थिए। उनी नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको लागि शसस्त्र क्रान्ति गर्न चाहन्थे तर यसको लागि पर्याप्त पैसा थिएन। उनको भेट दुर्गा सुवेदी, अर्का प्रजातन्त्र सेनानीसँग भएको थियो जो भर्खर जेलबाट रिहा भएका थिए। उनले जेलमा जापान एयरलाइन्स फ्लाइट ३५१को अपहरणको बारेमा पढेका थिए जसबाट उनी यसै अनुसारको पैसा सङ्कलनको उपाय थाहा पाएका थिए। [२][३] उनीहरूले विराटनगरको नेपाल राष्ट्र बैङ्कमा काम गर्ने मदन अर्यालबाट बैङ्कले विमानमार्फत विराटनगरबाट पैसा ओसार्दै गरेको सूचना पाएका थिई। नरेन्द्र ढुङ्गेल र बसन्त भट्टराई विमान अपहरणको यो टोलीमा सम्मिलित भएका थिए।[४]

चालक दल र यात्री[सम्पादन गर्नुहोस्]

विमानमा चालक दलका तीन सदस्य र अभिनेत्री माला सिन्हा सिहित १९ यात्री सवार थिए।[२]

अपहरण[सम्पादन गर्नुहोस्]

२०३० जेठ २८ मा नेपाल राष्ट्र बैङ्क भारत अररियाबाट विराटनगर हुदै काठमाडौँबाट भारतीय रूपैयाँ ओसार्दै थियो। ८:३० मा नेपाल वायुसेवा निगमको विमान काठमाडौँको लागि उडेको थियो।[५] उडेको तीन मिनेटमा नै अपहरणकरिले विमान आफ्नो नियन्त्रणमा लिएका थिए। उनीहरूले विमानलाई फारबिसगञ्ज, बिहारमा उतार्न लगाएका थिए।[६] मुख्य अपहरणकारीहरू बसन्त भट्टराई, दुर्गा सुबेदी र नगेन्द्र प्रसाद ढुङ्गेल थिए । गिरिजाप्रसाद कोइराला र चक्र बास्तोला पैसा दार्जिलिङ पुर्याउन सक्रिय थिए।[७] भारतीय नागरिक गणेश शर्माले गाडी हाकेका थिए। फारबिसगञ्जमा खटिएका अन्य व्यक्तिहरूमा विनोद अर्याल सुशील कोइराला, मनहरी बराल , राजेन्द्र दाहाल र बिरु लामा थिए।[६] फारबिसगञ्जबाट पैसा दार्जिलिङ पुर्‍याउन तीन भिन्न भिन्न गाडी प्रयोग भएका थिए।[६]

हतियार[सम्पादन गर्नुहोस्]

अपहरणमा एउटा इजाजत नभएको अबैध पेस्तोल, दुई ३२-रिभल्बर र एक ३६-ग्रिनेड बम प्रयोग गरिएको थियो।

घटना पश्चात्[सम्पादन गर्नुहोस्]

अपहरणकारी दार्जिलिङ, बनारस हुदै मुम्बई पुगेका थिए। एक वर्ष भित्रमा नगेन्द्र ढुङ्गेल बाहेक सबै अपहरणकारी भारतमा पक्राउ परेका थिए। सन् १९७५ भारतीय सङ्कटकाल पछि सबै छुटेका थिए।

विवाद[सम्पादन गर्नुहोस्]

प्रजातन्त्रको लागि खर्चे गर्ने भनिएको पैसा दुरुपयोग भएको जनाइन्छ। विश्वेश्वरप्रसाद कोइरालले समेत पैसा दुरुपयोग भएको शङ्का गरेका थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

इन्डियन एयरलाइन्स उडान ८१४ अपहरण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "9N-ABB", Twin Otter Archive, अन्तिम पहुँच १ अक्टोबर २०१८ 
  2. २.० २.१ The skyjack that shook Panchayat, Buddha Air, अप्रिल २०१०, पृ: 4–5, अन्तिम पहुँच १ अक्टोबर २०१८ 
  3. "Democratic fighter Durga Subedi’s autobiography launched", The Kathmandu Post, १० अगस्ट २०१८, अन्तिम पहुँच १ अक्टोबर २०१८ 
  4. "Tell-all account of 1973 hijacking hits shelves", The Kathmandu Post, १२ अगस्ट २०१८, अन्तिम पहुँच १ अक्टोबर २०१८ 
  5. "The Panchayat System under King Mahendra", Country Studies/Area Handbook Series, U.S. Library of Congress
  6. ६.० ६.१ ६.२ Post Bahadur Basnet, "Operation Ganesh out, place hijack plan in" वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २९, २०१५ मिति, Republica, April 1, 2010
  7. Madhav Ghimire and Lilaballav Ghimire, "GPK and the hijack", The Kathmandu Post, March 27, 2010

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]