माला सिन्हा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माला सिन्हा
माला सिन्हा
जन्मअल्दा सिन्हा
(1936-11-11) ११ नोभेम्बर १९३६ (उमेर ८७)
नेपाल
पेशानायिका
कार्यकाल१९५२-१९९४
जीवनसाथीचिदम्बर प्रसाद लोहनी

माला सिन्हा नेपाली मूलकी भारतीय चलचित्र अभिनेत्री हुन्। उनले नेपाली, हिन्दीबङ्गाली चलचित्रमा अभिनय गरेकी छिन्। उनी सन् १९५० देखि सन् १९७० सम्म भारतीय चलचित्र उद्योगमा शीर्ष अभिनेत्रीको रूपमा आफ्नो स्थान कायम राखेकी थिइन्। उनले नेपाली चलचित्र 'माइतीघर'मा अभिनय गरेकी हुन्। उनले सयभन्दा बढी भारतीय चलचित्रमा अभिनय गरिन जसमा सबैभन्दा सफल 'प्यासा' (१९५७), 'धूल का फूल' (१९५९), 'अनपढ', 'दिल तेरा दिवाना' (दुवै १९६२), 'गुमराह' (१९६३), 'हिमालय की गोद मे' (१९६५) र 'आँखे' (१९६८) रहेको छ।[१] उनको विवाह नेपाली उद्योगी सिपी लोहनी सँग भएको थियो । उनकी छोरी प्रतिभा सिन्हा हुन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

माला सिन्हाको जन्म सन् १९३६ नोभेम्बर ११ को दिन कलकत्ता (वर्तमान कोलकाता)मा भएको हो। उनको जन्म नाम 'एल्डा' राखिए पनि उनको नाम परिवर्तन भई माला हुन पुग्यो।[२] बाल्यकालमा नै उनले गायन र नृत्य कला सिकिन् ।

अभिनय यात्रा[सम्पादन गर्नुहोस्]

सिन्हाको अभिनय यात्रा बङ्गाली चलचित्रहरूमा बाल कलाकारकाका रूपमा सुरू भयो। बङ्गाली चलचित्र निर्देशकले उनको अभिनय विद्यालय नाटकमा देखेपछि, उनका बाबुको आज्ञा लिई सिन्हालाई 'रोशनारा' (१९५२) नामक चलचित्रमा स्थान दिए।

सिन्हाले दुई चलचित्रमा अभिनय गरिसकेपछि बङ्गाली चलचित्रका लागि लागि मुम्बई पुगिन्। उनको भेट गिता बली, चर्चित बलिउड नायिकासँग भयो, उनैले सिन्हालाई केदार शर्मा, चलचित्र निर्देशकसँग भेट गराइन्। शर्माले नै सिन्हालाई 'रङ्गिन रातेँ' नामक चलचित्रमा स्थान दिइन्। सिन्हाको पहिलो हिन्दी चलचित्र 'बादशाह' हो जसमा प्रदिप कुमारको पनि अभिनय रहेको थियो। त्यसपछिको चलचित्र, 'इकदसी' हो। तर दुवै चलचित्रले सफलता भने हात पार्न सकेन। उनको अर्को चलचित्र 'ह्याम्लेट', जसमा प्रदिप कुमारको अभिनय थियो, उक्त चलचित्रले भने उनलाई केही हदसम्म चर्चित बनाएको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]