नेपाल राष्ट्र बैंक
नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंक | |||||
| |||||
केन्द्रिय कार्यालय | बालुवाटार, काठमाडौं | ||||
---|---|---|---|---|---|
स्थापना | वैशाख १४, २०१३ | ||||
स्वामित्व | नेपाल सरकार | ||||
गभर्नर | डा. चिरञ्जीवी नेपाल | ||||
केन्द्रिय बैंक | नेपाल | ||||
मुद्रा | रुपैयाँ | ||||
रु. | |||||
बेभसाइट | http://www.nrb.org.np/ |
नेपाल राष्ट्र बैंक नेपालको केन्द्रिय बैंक हो । नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको मौद्रिक विनिमायक र प्रक्षेपण को रुपमा रहेको छ । तत्कालिन ऐन को ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण , विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ ।[१]
उद्देश्य[सम्पादन गर्ने]
यसका उद्देश्य हुन् -
१. अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने।
२. बैंकिङ्ग तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने।
३. सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने।
४. बैंकिङ्ग तथा वित्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने।
५. नेपाल अधिराज्यको समग्र बैंकिङ्ग तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने।
बैंकका गभर्नर[सम्पादन गर्ने]
नेपाल राष्ट्र बैंकमा एकजना गभर्नर र दुईजना डेपुटी गभर्नर रहन्छन्। गभर्नर नियुक्त हुनुपूर्व राजा त्रिभुवनका सबै मुद्राहरूको हस्ताक्षरी सदर मुलुकी खानाका प्रमुख खजाञ्चीले गर्दथे । उनीहरू यसप्रकार थिए;
१. जनक राज- पहिलो कागजी नोटको हस्ताक्षर
२. भरत राज
३. नरेन्द्र राज
हालसम्मका गभर्नरहरूको नाम तल दिइएको छ -
४. डा. भेष बहादुर थापा
५. डा. यादव प्रसाद पन्त
११. डा. तिलक बहादुर रावल
११*. डा. तिलक बहादुर रावल
१४. विजयनाथ भट्टराई
१४.* विजयनाथ भट्टराई
१५. युवराज खतिवडा
१६. डा. चिरञ्जीवी नेपाल
- मुद्धा चल्दा केही समय वर्खास्त भै पुनर्वहाली भएका गभर्नरहरू
नोट: कृष्ण बहादुर मानन्धर मुद्रामा हस्ताक्षर गर्ने कायम मुकायम गभर्नर थिए ।