एडमन्ड हिलारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एडमन्ड पर्सिभाल हिलारी

KG ONZ KBE
Edmund Hillary, c. 1953, autograph removed.jpg
सन् १९५३ मा हिलारी
जन्मएडमन्ड पर्सिभाल हिलारी
(१९१९-०७-२०)२० जुलाई १९१९
ओकल्यान्ड, न्युजिल्यान्ड
मृत्यु११ जनवरी २००८(२००८-०१-११) (८८ वर्ष)
ओकल्यान्ड, न्युजिल्यान्ड
मृत्युको कारणहृदयघात
जीवनसाथी
लुई मेरी रोज
(
वि १९५३⁠–⁠१९७५)

जिन मालग्रिउ
(
वि १९८९⁠–⁠२००८)
सन्तानपिटर (ज. सन् १९५४)
साराह (ज. सन् १९५५)
बेलिन्दा (सन् १९५९)
मातापितापर्सिभाल अगस्तास हिलारी
ग्रात्रुद हिलारी
हस्ताक्षर
Edmund Hillary Signature.svg

एडमन्ड हिलारी (सन् १९१९-२००८) विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम दुइमध्ये एक व्यक्ति थिए। सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पाका साथ सगरमाथाको प्रथम आरोहण गरेका थिए।

एड्मन्डको जन्म सन् १९१९ जुलाई २० का दिन न्युजिल्यान्डमा भएको थियो। सगरमाथाको सफल आरोहणपछि एडमन्डले हिमाली क्षेत्रका शेर्पाहरूको सेवा गर्न हिमालयन ट्रष्ट स्थापना गरेका थिए। एडमन्डकी प्रथम श्रीमती लुई मेरी रोजको सानो विमान दुर्घटनामा नेपालमै सन् १९७५ मा निधन भएको थियो। लुईका तीन सन्तान पिटर हिलारी, साराह हिलारीबेनिन्दा हिलारी थिए। लुइको निधनपछि लामो समय एक्लै बसेका एडमन्डले सन् १९८९ मा जिन मालग्रिउसँग दोस्रो विवाह गरेका थिए। एडमन्डको निधन सन् २००८ जनवरी ११ का दिन भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]