इन्टरनेट आर्काइभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्टरनेट आर्काइभ
इन्टरनेट आर्काइभको लोगो
व्यवसायको प्रकारगैर नाफामूलक
साइटको प्रकार
डिजिटल पुस्तकालय
उपलब्ध भाषाअङ्ग्रेजी
संस्थापितमे १०, १९९६; २७ वर्ष पहिले (१९९६-०५-10)[१][२]
मुख्यालयहरूरिचमन्ड जिल्ला
सान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
३७°४६′५६″N १२२°२८′१८″W / ३७.७८२३२१°N १२२.४७१६११°W / 37.782321; -122.471611निर्देशाङ्कहरू: ३७°४६′५६″N १२२°२८′१८″W / ३७.७८२३२१°N १२२.४७१६११°W / 37.782321; -122.471611
संस्थापक (हरू)ब्रिउस्टर काहले
अध्यक्षब्रिउस्टर काहले
सेवाहरू
आयवृद्धि $३.६७ करोड (सन् २०१९)[३]
कर्मचारीहरूवृद्धि १६९ (सन् २०१९)[३]
युआरएलarchive.org
व्यवसायिकहोइन
चालु भएको मितिसन् १९९६
वर्तमान स्थितिचालू
सन् २००९ देखि, सान फ्रान्सिस्को स्थित इन्टरनेट आर्काइभको प्रधान कार्यालय

इन्टरनेट आर्काइभ एक अमेरिकी डिजिटल पुस्तकालय हो जुन मे १०, १९९६ मा स्थापित भएको थियो र यसको अध्यक्षता नि: शुल्क सूचना अधिवक्ता ब्रुस्टर काहलेले गरेका थिए।[१][२][४] यसले वेबसाइट, सफ्टवेयर अनुप्रयोग, सङ्गीत, श्रव्यदृश्य र मुद्रण सामग्रीहरू सहित डिजिटाइज्ड सामग्रीहरूको सङ्ग्रहमा निःशुल्क पहुँच प्रदान गर्दछ। आर्काइभले निःशुल्क र खुला इन्टरनेटको लागि पनि वकालत गर्दछ। जनवरी १, २०२३ सम्ममा, इन्टरनेट आर्काइभका अनुसार, यसमा ३.८ करोड भन्दा बढी मुद्रण सामग्री, १.१६ करोड श्रव्य सामग्री, ०.२६ करोड सफ्टवेयर प्रोग्राम, १.५ करोड श्रव्य फाइलहरू, ०.४७ करोड तस्वीर, २५१,००० कन्सर्ट, र यसको वेब्याक मेसिनमा ८३२ अर्ब भन्दा बढी वेब पृष्ठहरू छन्। यसको उद्देश्य "सबैका लागि सर्वव्यापी पहुँच" प्रदान गर्नु हो।[१]

इन्टरनेट आर्काइभले प्रयोगकर्ताहरूलाई यसको डेटा क्लस्टरमा डिजिटल सामग्री अपलोड गर्न र डाउनलोड गर्न अनुमति दिन्छ, तर यसको डेटाको ठूलो अंश स्वचालित रूपमा यसको वेब क्रउलरहरूद्वारा सङ्कलन गरिन्छ, जसले सकेसम्म सार्वजनिक वेबको धेरै संरक्षण गर्ने काम गर्दछ। यसको वेब आर्काइभ, वेब्याक मेसिनमा सयौँ अरबौँ वेब अभिलेखहरू छन्।[५][६] आर्काइभले धेरै पुस्तक डिजिटाइजेसन परियोजनाहरूको पनि निरीक्षण गर्दछ जुन सामूहिक रूपमा विश्वको सबैभन्दा ठूलो पुस्तक अभिलेख गर्ने प्रयासहरू मध्ये एक हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "About the Archive", Internet Archive, अप्रिल ८, २०००, मूलबाट अप्रिल ८, २०००-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१६ 
  2. २.० २.१ "archive.org WHOIS, DNS, & Domain Info – DomainTools", WHOIS, मूलबाट नोभेम्बर ५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१६ 
  3. ३.० ३.१ "Internet Archive – Full text of "Full Filing" for fiscal year ending Dec. 2019", मे ९, २०१३, मूलबाट अक्टोबर ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३०, २०२१ProPublica Nonprofit Explorerद्वारा। 
  4. Streitfeld, David (अगस्ट १३, २०२३), "The Dream Was Universal Access to Knowledge. The Result Was a Fiasco.", The New York Times, मूलबाट अगस्ट १५, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १५, २०२३, "In the pandemic emergency, Brewster Kahle's Internet Archive freely lent out digital scans of its library. Publishers sued. Owning a book means something different now." 
  5. "Projects", Internet Archive, मूलबाट मार्च १, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ६, २०१३ 
  6. Grotke, A. (डिसेम्बर २०११), "Web Archiving at the Library of Congress", Computers in Libraries (Information Today) 31 (10): 15–19, मूलबाट डिसेम्बर १५, २०१३-मा सङ्ग्रहित। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]