सामग्रीमा जानुहोस्

गोरखा जिल्ला

गोरखा जिल्ला
गोरखा दरबार
गण्डकी प्रदेशमा गोरखाको (गाढा पहेँलो) स्थानको अवस्थिति
गण्डकी प्रदेशमा गोरखाको (गाढा पहेँलो) स्थान
निर्देशाङ्क: २८°१७′ उत्तर ८४°४१′ पूर्व / २८.२८३° उत्तर ८४.६८३° पूर्व / 28.283; 84.683
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, गोरखा
क्षेत्रफल
 • जम्मा३६१० किमी२ (१३९० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५२२०१
 • घनत्व७०/किमी२ (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

गोरखा जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित एक जिल्ला हो। गोरखाको सदरमुकाम गोरखा बजार हो जुन गोरखा नगरपालिकामा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्ला, लमजुङ जिल्ला, मनाङ जिल्ला र तिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन जिल्ला, तनहुँ जिल्ला र धादिङ जिल्ला पर्दछन्।

राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन्।[१][२]

इतिहास

[सम्पादन]

यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ। यहाँ हजारौँ भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन्। साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाइन्छ। दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ। कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ। साथै नेपालको राष्ट्रिय निसाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो। यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन्।[३][४]

प्रशासनिक विभाजन

[सम्पादन]

जिल्लामा २ नगरपालिका र ९ गाउँपालिका गरि ११ वटा स्थानीय तहहरू रहेका छन्।[५]

गोरखा जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
१ गोरखा नगरपालिका फिनाम, नारेश्वर, ताप्ले र देउराली १४ गोरखा बजार ५२,४६८ १३१.८६ ४००
२ पालुङटार नगरपालिका च्याङली, गाईखुर, पालुङटार,आँपपिपल, धुवाकोट, मिरकोट र खोप्लाङ १० पालुङटार ३७,४०९ १५८.६२ २४०
३ बारपाक सुलिकोट गाउँपालिका स्वारा, सौरपानी, ताकुमझा लाँकुरिबोट, ताकुकोट, पाँचखुवा देउराली, पन्द्रुङ र बारपाक ८ ताकुकोट २२,६३६ २००.६३ ११०
४ चुमनुव्री गाउँपालिका समागाउँ, ल्हो, सिर्दिबास, प्रोक, बिही, चुम्चेत र छेकम्पार ७ सिर्दिबास ५,९३२ १,६४८.६५ ३.६
५ सिरानचोक गाउँपालिका श्रीनाथकोट, थालाजुङ, केराबारी, छोप्राक, हर्मी, गाङ्खु र जौबारी ८ छोप्राक १९,७१९ १२१.६६ १६०
६ अजिरकोट गाउँपालिका मुच्चोक, सिम्जुङ, हंसपुर, खरिबोट र घ्याचोक ५ हंसपुर १२,८३२ १९८.०५ ६५
७ धार्चे गाउँपालिका केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु ७ गुम्दा १४,२६३ ६५१.५२ २२
८ भीमसेनथापा गाउँपालिका बोर्लाङ, अश्राङ, तान्द्राङ, मसेल, बगुवा र धावा ८ बगुवा १६,९८६ १०१.२५ १७०
९ सहिद लखन गाउँपालिका बुङकोट, नाम्जुङ, घैरुङ, बक्राङ, ताक्लुङ र मनकामना ९ घैरुङ २३,०७६ १४८.९७ १५०
१० आरूघाट गाउँपालिका मानबु, थुमी, आरूअर्भाङ, आरूपोखरी र आरूचनौटे १० आरूचनौटे २१,५७२ १६०.७९ १३०
११ गण्डकी गाउँपालिका फुजेल, दर्भुङ, भुम्लिचोक, घ्याल्चोक, ताङ्लिचोक र मकैसिङ ८ भुम्लीचोक २१,३९४ १२३.८६ १७०
गोरखा जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, मूलबाट २०२४-१२-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०१२।
  2. ↑ "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html।
  3. ↑ "गोरखा इतिहास", मूलबाट २०१७-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०७-०८।
  4. ↑ "गोरखा जिल्लाका धार्मिक स्थलहरू"।
  5. ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।