मोहम्मद अली जिन्ना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



कायदे-आजम
मोहम्मद अली जिन्ना
محمد علی جناح
150px
जिन्नाह र गान्धी (१९४४ का एक चित्र)

पाकिस्तानको पहिलो गवर्नर जनरल
कार्यकाल
१५ अगस्ट, १९४७ – ११ सेप्टेम्बर, १९४८
शासक : जर्ज VI
प्रधानमन्त्री : लियाकत अली खान
अग्रज : कोहि होइन; किन कि उनीभन्दा पहिलो माउण्टबेटन[१] नै गवर्नर जनरल थिए
उतराधिकारी : ख्वाजा नजीमुद्दीन
व्यक्तिगत जानकारी
जन्म २५ डिसेम्बर, १८७६
कराची, ब्रिटिश भारत
मृत्यु ११ सेप्टेम्बर, १९४८ (७१ वर्ष)
कराची, पाकिस्तान
राजनीतिक दल भारतीय राष्ट्रिय कांग्रेस (१८९६-१९१३)
मुस्लिम लीग (१९१३-१९४८)
जीवनसाथी एमीबाई जिन्नाह
मरियम जिन्नाह
सन्तान दीना जिन्नाह
व्यावसायिक पेशा वकील, राजनेता
धर्म शिया इस्लाम[२][३][४]

मोहम्मद अली जिन्ना (उर्दू- محمد علی جناح , जन्म- २५ डिसेम्बर, १८७६ मृत्यु- ११ सेक्टेम्बर १९४८) बीसौं शताब्दिको एक प्रमुख राजनीतिज्ञ थिए जसलाई पाकिस्तानको संस्थापकको रूपमा चिनिन्छ। उनी मुस्लिम लीगको नेता थिए र पछी गएर पाकिस्तानको पहिलो गवर्नर जनरल भए। पाकिस्तानमा, उनलाई कायदे-आजम अर्थात महान नेता र बाबा-ए-कौम अर्थात राष्ट्र पिता मानिन्छ। उनको जन्म दिनमा पाकिस्तानमा सार्बजनिक बिदा हुन्छ।

भारतीय राजनीतिमा जिन्नाको उदय १९१६ मा कांग्रेसको एक नेताको रूपमा भएको थियो, जसले हिन्दू-मुस्लिम एकतामा जोड दिदै मुस्लिम लीगको साथ लखनऊ सम्झौता गराएका थिए। उनी अखिल भारतीय होम रूल लीगको प्रमुख नेताहरूमा गनिन्थे। काकोरी काण्डको चारै मृत्यु-दण्ड प्राप्त कैदिहरूको सजाय घटाएर आजीवन कारावास (उम्र-कैद)मा बदल्ने उदेश्यले सेण्ट्रल कौन्सिलको ७८ सदस्यहरूले तत्कालीन वायसराय र गवर्नर जनरल एडवर्ड फ्रेडरिक लिण्डले वुडलाई शिमला गएर हस्ताक्षर युक्त मेमोरियल दिएका थिए जसमा प्रमुख रूपबाट पं० मदन मोहन मालवीय, मोहम्मद अली जिन्ना[५], एन० सी० केलकर, लाला लाजपत रायगोविन्द वल्लभ पन्त आदिले हस्ताक्षर गरेका थिए। भारतीय मुसलमानहरू प्रति कांग्रेसको उदासीन रवैयालाई देखेर जिन्नाले कांग्रेस छोडि दिए। उनले देशमा मुसलमानहरूको अधिकारको रक्षा र स्वशासनको लागी चौध सूत्रीय संवैधानिक सुधारको प्रस्ताव राखे।

लाहौर प्रस्ताव अन्तरगत उनले मुसलमानहरूको लागि एक अलग राष्ट्र स्थापना गर्ने लक्ष्य निर्धारित गरे। १९४६ मा धेरैजसो मुस्लिम सीटमा मुस्लिम लीगको जीत भयो र जिन्नाले पाकिस्तानको स्वतन्त्रताको लागी त्वरित कार्रवाईको अभियान शुरू गरे। कांग्रेसको कडा प्रतिक्रियाको कारण भारतमा व्यापक मात्रामा हिंसा भयो। मुस्लिम लीग र कांग्रेस पार्टी, गठबन्धनको सरकार बनाउन असफल भए, यसकारण अंग्रेजले भारत विभाजनको प्रस्ताव स्वीकृत गरिदिए। पाकिस्तानको गभर्नर जनरलको रूपमा जिन्नाले लाखौं शरणार्थीहरूको पुनर्वासको लागी प्रयास गरे। साथै, उनले आफ्नो देशको विदेश नीति, सुरक्षा नीति र आर्थिक नीति बनाउन महत्वपूर्ण योगदान दिए।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

जिन्नाको जन्म स्थलको लेकर थोडा विवाद है। केही मानिस लोग मोहम्मद अली जिन्ना भाईको जन्म सिन्घ प्रान्तको कराची जिल्लाको वजीर मेसनमा भएको थियो यस्तो बताउदछन, तर केही किताबहरूमा यिनको जन्म स्थान झर्क लाई बताईएको छ। पुरानो दस्तावेजहरूको अनुसार, जिन्नाको जन्म २० अक्टूबर, १८७५ मा भएको थियो। सरोजिनी नायडू द्वारा लेखिएको जिन्नाको जीवनीको अनुसार, जिन्नाको जन्म २५ डिसेम्बर १८७६ मा भएको थियो, जसलाई जिन्नाको आधिकारिक जन्म तिथि मानिएको छ।

जिन्ना, मिठीबाई र जिन्नाभाई पुंजाको सात सन्तानहरूमा सबभन्दा जेठा थिए। उनको पिता जिन्नाभाई एक सम्पन्न गुजराती व्यापारी थिए, तर जिन्नाको जन्मको अगाडि उनीहरू काठियावाड छोडेर सिन्धमा गएर बसे। केही सूत्रहरूको मुताबिक, जिन्नाको पूर्वज हिन्दू राजपूत थिए, जसले इस्लाम धर्म कबूल गरे।

जिन्नाको मातृभाषा गुजराती थियो, पछी उनले कच्छी, सिन्घी र अङ्ग्रेजी भाषा सिके। काठियावाड बाट मुस्लिम बहुल सिन्धमा बसे पछी जिन्ना र उनको भाई बहिनीहरूको मुस्लिम नामकरण भयो। जिन्नाको शिक्षा विभिन्न स्कूलहरूमा भएको थियो। शुरू-शुरूमा उनी कराचीको सिन्ध मदरसा-ऊल-इस्लाममा पढे। केही समयको लागी गोकुलदास तेज प्राथमिक विद्यालय, बम्बईमा पनि पढे, फेरी क्रिश्चियन मिशनरी स्कूल कराची गए। अन्ततोगत्वा उनले बम्बई विश्वविद्यालय बाट नै प्रबेशिका परिक्षा उतिर्ण गरे।

प्रबेशिका परिक्षा उतिर्ण गर्ने बित्तिकै ग्राह्म शिपिंग एण्ड ट्रेडिंग कम्पनीमा उनलाई अप्रैंटिसको रूपमा काम गर्नको लागी बोलाबट आयो । इङ्गल्याण्ड जानु भन्दा पहिले उनले आमामाको आग्रहमा बिबाह पनि गरे तर त्यो बिबाह ज्यादा दिन सम्म चलेन। उनी इङ्गल्याण्ड गए पछी उनको आमा परलोक भैइन। इङ्गल्याण्डमा उनले कानुनको पढाईको लागी अप्रैंटिस छोडि दिए। उन्नाईस वर्षको सानो उमेरमा उनी वकील बने। यसको साथ राजनीतिमा पनि उनको रुचि जागृत भयो। उनी दादाभाई नौरोजी र फिरोजशाह मेहताको प्रशंसक बने। ब्रिटिश संसदमा दादाभाई नौरोजीको प्रवेशको लागी उनले छात्रहरूको साथ प्रचार पनि गरे। त्यसबेला सम्म उनले भारतीयहरूको साथ भै रहेको भेदभावको बिरुद्द संवैधानिक नजरिया अप्नाएका थिए।

ब्रिटेन प्रवासको अन्तिम दिनहरूमा उनको पिताको व्यवसाय चौपट भयो र जिन्ना माथि परिवार संभाल्न दबाव पर्न थालो। उनी बम्बई आए र धेरै कम समयमा नामी वकील बने। उनको योग्यताले बाल गंगाधर तिलक लाई धेरै प्रभावित गर्‍यो र उनले १९०५ मा आफ्नो बिरुद्द लागेको राजद्रोहको मुद्दाको सुनवाईको लागी जिन्नालाई नै आफ्नो वकील बनाए। जिन्नाले अदालतमा यो तर्क दिए कि यदी भारतीय स्वशासन र स्वतन्त्रताको माँग गर्दछन भने यो राजद्रोह बिल्कुल होइन, यसको बावजूद तिलकलाई सश्रम कारावासको सजा दिईयो।

राजनीतिक जीवनको शुरुआत[सम्पादन गर्ने]

१८९६ मा जिन्ना भारतीय राष्ट्रिय कांग्रेसमा शामिल भए। त्यस बेला सम्म कांग्रेस भारतीय राजनीतिकको सबभन्दा ठुलो सङ्गठन बनिसकेको थियो। सामान्य नरमपन्थीहरूको सरह जिन्नाले पनि त्यस समय भारतको स्वतन्त्रताको लागी केही माँग गरेनन, बरु उनी अंग्रेजहरूसंग देशमा राम्रो शिक्षा, कानुन, उद्योग, रोजगार आदिको राम्रो अवसरको माँग गरिरहे। जिन्ना साठ सदस्यीय इम्पीरियल लेजिस्लेटिव काउंसिलको सदस्य बने। यस परिषदलाई कुनै अधिकार प्राप्त थिएन र यसमा यूरोपीय र ब्रिटिश सरकारको भक्त शामिल थिए। जिन्नाले बाल विवाह निरोधक कानुन, मुस्लिम वक्फलाई जायज बनाउने र साण्डर्स समितिको गठनको लागी काम गरे, जसको अन्तर्गत देहरादूनमा भारतीय मिलिट्री अकादमीको स्थापना भयो। जिन्नाले प्रथम विश्वयुद्धमा भारतीयहरू शामिल भएको कुराको समर्थन पनि गरेका थिए।

मुस्लिम लीगको स्थापना १९०६ मा भयो। शुरु-शुरूमा जिन्ना अखिल भारतीय मुस्लिम लीगमा शामिल हुनबाट जोगिदै रहे, तर पछी उनले अल्पसंख्यक मुसलमानहरूलाई नेतृत्व दिने निर्णय गरे। १९१३ मा जिन्ना मुस्लिम लीगमा शामिल भए र १९१६ मा लखनऊ अधिवेशनको अध्यक्षता गरे। १९१६ मा लखनऊ समझौताको कर्ताधर्ता जिन्ना नै थिए। यो समझौता लीग र कांग्रेसको बीच भएको थियो। कांग्रेस र मुस्लिम लीगको यो साझा मंच स्वशासन र ब्रिटिश शोषकहरूको विरुद्ध संघर्षको मंच बन्यो।

१९१८ मा जिन्नाले पारसी धर्मको केटीसंग दोश्रो बिबाह गरे। उनको यस अन्तर्धार्मिक विवाहको पारसी र कट्टरपन्थी मुस्लिम समाजमा व्यापक विरोध भयो। अन्तमा उनको पत्नी रत्तीबाईले इस्लाम स्विकार गरिन। १९९१९ मा उनले आफ्नो एक मात्र सन्तान डीनालाई जन्म दिए।

जिन्नाको चौध सूत्र[सम्पादन गर्ने]

जिन्नाको कांग्रेससंग मतभेद त्यसै समय शुरु भएको थियो जब १९१८ मा भारतीय राजनीतिमा गान्धीजीको उदय भयो। गान्धीजीले राजनीतिमा अहिंसात्मक सविनय अवज्ञा र हिन्दू मूल्यहरूलाई बढावा दिए। गान्धीजीको अनुसार, सत्य, अहिंसा र सविनय अवज्ञाबाट स्वतन्त्रता र स्वशासन पाउन सकिन्छ, जबकि जिन्नाको मत उनीभन्दा अलग थियो। जिन्नाको मत थियो कि सिर्फ संवैधानिक संघर्षबाट नै स्वतन्त्रता पाउन सकिन्छ। कांग्रेसको अरु नेताहरूबाट अलग, गान्धीजी विदेशी कपडा लगाउदैन थिए, अङ्ग्रेजीको ठाउमा धेरै भन्दा धेरै हिन्दीको प्रयोग गर्दथे र सनातन हिन्दू चिन्तनको नै प्रयोग राजनीतिमा गर्दथे। यही केही कारण थिए कि गान्धीजीको अपार लोकप्रियता मिल्यो। गान्धी जीले खिलाफत आंदोलनको समर्थन गरेका थिए जबकि जिन्नाले यसको खुलेर विरोध गरे। जिन्ना मान्दथे कि यसबाट धार्मिक कट्टरतालाई बढावा मिल्दछ।

१९२० मा जिन्नाले कांग्रेसबाट राजिनामा दिए। यसको साथै, उनले यो पनि चेतावनी दिए कि गान्धीजीको जनसंघर्षको सिद्धांत हिन्दु र मुसलमानहरूको बीच विभाजनलाई बढाउने छ कम गर्दैन। उनले यो पनि भने यसबाट दुबै समुदायहरूको बिच पनि जबर्दश्त विभाजन पैदा हुनेछ। मुस्लिम लीगको अध्यक्ष बन्दै जिन्नाले कांग्रेस र ब्रिटिश समर्थकहरूको बीच विभाजन रेखा खींचि दिए।

१९२३ मा जिन्ना मुंबईबाट सेण्ट्रल लेजिस्लेटिव असेम्बलीको सदस्य निर्वाचित भए। एक कानुन निर्माताको रूपमा उनले स्वराज पार्टीलाई मजबूती प्रदान गरे। १९२५ मा लर्ड रीडिगले उनलाई नाइटहुडको उपाधि दिए।

१९२७ मा साइमन कमीशनको विरोधको समय उनले संविधानको भावी स्वरूप माथि हिन्दू र मुस्लिम नेताहरूसंग कुराकानी गरे। लीगको नेतांले पृथक निर्वाचन क्षेत्रको माँग गरे, जबकि नेहरू रिपोर्टमा संयुक्त रूपबाट निवार्चनमा लडने कुरा भनियो। पछी दुबैमा समझौता भयो, जसलाई जिन्नाको चौध सूत्रको नामबाट जानिन्छ।, जबकी यसलाई कांग्रेस र अरु राजनीतिक पार्टिहरूले पछी खारिज गरि दिए।

राजनीतिक कार्यहरूमा अतिव्यस्तताको सिलसिलामा उनको निजी जीवन, विशेषकर उनको वैवाहिक जीवन प्रभावित भयो। जबकि उनले आफ्नो वैवाहिक जीवनलाई बचाउनको लागी यूरोपको यात्रा पनि गरे, तर १९२७ मा पति र पत्नी भिन्न भए। १९२९ मा उनको पत्नीको गम्भीर बीमारी पछी मृत्यु भयो, जसको पछी जिन्ना धेरै दुखी रहन लागे।

त्यस समयमा उनी ज्यादा यात्राहरू गर्ने हालतमा थिएनन, तर उनलाई भारतीय मुसलमानहरूको अधिकारलाई लिएर धेरै चिन्ताले सताई रहेको थियो। लन्दनमा गोलमेज सम्मेलन भंग भएको पनि उनलाई दुख थियो। उनी लन्दनमा रोकिए। यस समयमा उनी अल्लामा इकबालसंग मिलेर विभिन्न मुद्दाहरू माथि काम पनि गर्दै रहे। १९३४ मा उनी भारत फर्किए र मुस्लिम लीगको पुनर्गठन गरे।

पछीको दिनहरूमा, जिन्नालाई आफ्नी बहिनी फातिमा जिन्नाको सहयोग र सलाह प्राप्त भयो। फातिमाले नै जिन्नाको छोरीलाई पालन पोषण गरिन। जब जिन्नाको छोरीले पारसी व्यवसायी नेविल वाडियासंग विवाह गर्ने फैसला गरिन तब जिन्ना उनीसंग भिन्न भए। तर उनको निजी सम्बन्ध फेरी पनि बदस्तूर कायम रह्यो। डीना वाडिया आफ्नो परिवारको साथ भारतमा नै रहिन जबकि जिन्ना पाकिस्तान गए।

मुस्लिम लीगको नेतृत्व[सम्पादन गर्ने]

मुस्लिम लीगको नेताहरू - आगा खान, चौधरी रहमत अली र मोहम्मद अल्लामा इकबालले जिन्नासंग पटक-पटक आग्रह गरे कि उनी भारत फर्की आउन र पुनर्गठित मुस्लिम लीगको कमान सम्हालुन। १९३४ मा जिन्ना भारत फर्की आए र लीगको पुनर्गठन गरे। उस समयमा लियाकत अली खान उनको दाहिने हाथको सरह काम गर्दथे। १९३७ मा भएको सेंट्रल लेजिस्लेटिव असेम्बलीको निर्वाचनमा मुस्लिम लीगले कांग्रेसलाई कडा टक्कर दियो र मुस्लिम क्षेत्रको धेरै जसो सीटहरूमा कब्जा गर्‍यो। जबकी यस निर्वाचनमा मुस्लिम बहुल पञ्जाब, सिन्ध र पश्चिमोत्तर सीमान्त प्रान्तमा उनलाई करारी हारको सामना गर्नु पर्‍यो।

जिन्नाले कांग्रेसलाई गठबन्धनको लागी आमन्त्रित गरे। पहिला त दुबैले निर्णय गरे कि उनी अंग्रेजसंग मिलेर मुकाबला गर्ने छौ, तर जिन्नाले शर्त राखे कि कांग्रेसले मुसलमानहरूको लागी पृथक निर्वाचन क्षेत्र र मुस्लिम लीगलाई भारतको मुसलमानहरूको प्रतिनिधि मान्नु पर्दछ, जसलाई कांग्रेसले अस्वीकार गरि दिए। कांग्रेसमा त्यस समय केही मुस्लिम नेता थिए, यसकारण लीगलाई भारतीय मुसलमानहरूको प्रतिनिधि मान्नु उनीहरूको लागी सजिलो थिएन। जिन्नाले केही कांग्रेस नेताहरूसंग कुराकानी पनि गरे र कांग्रेसले लीगलाई कांग्रेसमा विलय गर्ने प्रस्ताव पनि पेश गरे तर वार्ता फेरी पनि विफल भयो।

जिन्ना पूरे हिन्दुस्तानमा घूम घूम कर भाषण दिईरहेका थिए। १९३० मा मुस्लिम लीगको एक भाषणमा मोहम्मद इकबालले उत्तर पश्चिम भारतीय राज्य आर जूर दिएका थिए की पाकिस्तान देशको। रहमत अलीले १९३३ मा पर्चा छापेर त्यस अलग देशको नाम पाकिस्तान राखी दिए। कांग्रेसको साथ वार्ता विफल भए पछी जिन्नालाई पनि यो विचार आयो कि मुसलमानहरूको आफ्नो अधिकारको रक्षाको लागी एक अलग देश प्राप्त नै हुनु पर्‍यो बिना यसको काम बन्दैन। पछी गएर जिन्नालाई यो विचार बिल्कुल पक्का भयो कि हिन्दू र मुसलमान दुबै अलग-अलग देशको नागरिक हुन अत: उनलाई अलहदा कर दिया जाये। उनको यही विचार पछी गएर जिन्नाको द्विराष्ट्रवादको सिद्धान्त भनिने छ।

जिन्नाले भने कि भारतमा मुसलमानहरूको साथ अन्याय हुनेछ र अन्तमा गृहयुद्ध फैलिनेछ। यो कुरा जिन्नाले इकबालको साथ पत्राचारमा पनि उठाए। १९४० को लाहौर अधिवेशनमा एक प्रस्ताव पारित गरेर यो भनियो कि मुस्लिम लीगको मुख्य उद्देश्य पाकिस्तानको निर्माण हो। कांग्रेसले यस प्रस्तावलाईइ अस्वीकार गरि दियो। मौलाना अब्बुल कलाम आजाद जस्ता नेताहरू र जमाते-इस्लामी जस्ता सङ्गठनहरूले यसको कडा निन्दा गरे। २६ जुलाई, १९४३ को खाकसार उग्रवादिहरूको हमलामा जिन्ना घायल भए। जिन्नाले १९४१ मा डन समाचार पत्रको स्थापना गरे, जस द्वारा उनले आफ्नो विचारको प्रचार-प्रसार गरे। जिन्नाले द्वितीय विश्व युद्धको समयमा ब्रिटेनको मदद गरेका थिए र १९४७ मा उनले भारत छोडो आन्दोलनको विरोध गरेका थिए। यूनियनिस्ट नेता सिकन्दर हयात खानको मृत्यु पछी पञ्जाबमा पनि मुस्लिम लीगको वर्चस्व बढयो। १९४४ मा गान्धीजीले बम्बईमा जिन्नासंग चौध पटक कुराकानी गरे, तर हल केही पनि निस्किएन।

सन्दर्भ[सम्पादन गर्ने]

  1. http://en.wikipedia.org/wiki/Earl_Mountbatten_of_Burma
  2. Interview with Vali Nasr
  3. http://www.indianexpress.com/news/muslim-law-doesnt-apply-to-jinnah-says-daughter/372877/
  4. Vali Nasr The Shia Revival: How Conflicts Within Islam Will Shape the Future (W. W. Norton, 2006), pp. 88-90 ISBN 0-3933-2968-2
  5. डा० मदनलाल वर्मा 'क्रान्त' स्वाधीनता संग्रामको क्रान्तिकारी साहित्यको इतिहास २००६ प्रवीण प्रकाशन नई दिल्ली ISBN 81-7783-122-4 (Set) भाग ३ पृष्ठ ८३६ देखी ८३९ सम्म (पूरा दस्तावेज)