उत्तर एट्लान्टिक सन्धि सङ्गठन
उत्तरी एट्लान्टिक सन्धि सङ्गठन नाटो / नेटो (English : North Atlantic Treaty Organization NATO) ३० युरोपेली तथा अमेरिकी देशहरूको अन्तरसरकारी सैन्य गठबन्धन हो।
इतिहास[सम्पादन गर्ने]
दोस्रो विश्व युद्ध पछि विश्व रङ्गमञ्चमा दुई महाशक्ति, सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाको बीचको शीतयुद्ध विश्व स्तरमा विकास हुँदै गएको थियो।
मार्च १९४८ मा, बेलायत, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड र लक्जमबर्गले बोसेल्सको सन्धिमा हस्ताक्षर गरेका थिए। यसको उद्देश्य सामूहिक सैन्य सहयोग र सामाजिक-आर्थिक सहयोग प्रदान गर्ने थियो। यसका साथै, सन्धिका हस्ताक्षरकर्ताहरूले प्रतिज्ञा गरे कि यदि उनीहरूले यूरोपमा आक्रमण गरे भने बाँकी चार देशहरूले हरेक सम्भावित मद्दत प्रदान गर्नेछन्।
स्थापनाको कारण[सम्पादन गर्ने]
- द्वितीय विश्व युद्ध पछि, सोभियत सङ्घले पूर्वी यूरोपबाट आफ्ना सेनाहरू हटाउन अस्वीकार गर्यो र कम्युनिष्ट शासन स्थापित गर्न प्रयास गरे। अमेरिकाले यसको फाइदा उठायो र कम्युनिष्ट विरोधी भावाना लाई प्रोत्साहित गर्यो। र यूरोपीय देशहरूलाई कम्युनिष्ट खतराहरूको चेतावनी दिए। नतिजा, युरोपेली देशहरू एक सङ्गठन बनाउनको लागि तयार थिए जुन उनीहरूको रक्षा गर्थे।[१]
- द्वितीय विश्वयुद्धको दौरान पश्चिम यूरोपीय देशहरूले अत्यधिक क्षति व्यहोर्नुपर्यो। अतः उनीहरूको आर्थिक पुननिर्माणको लागि अमेरिका एक ठूलो आशा थियो, यस्तो अवस्थामा अमेरिकाद्वारा नाटो को स्थापनाको समर्थन उनीहरूले गरे। [१]
उद्देश्य[सम्पादन गर्ने]
- युरोपको आक्रमणको बेला अवरोध गर्ने भूमिका खेल्ने।
- पश्चिम युरोपमा सोभियत युनियनको विस्तारलाई रोक्न तथा युद्धको स्थिति मा मानिसहरू लाई मानसिक रुपमा तयार पार्ने।
- युरोपियन राष्ट्रहरूको लागि सैन्य तथा आर्थिक विकासको लागि आफ्नो कार्यक्रम द्वारा युरोपेली राष्ट्रलाई सुरक्षा छाता प्रदान गर्ने।
- पश्चिमी युरोपको देशहरूलाई एक रूपमा संगठित गर्ने ।
- यसरी, नेटोको उद्देश्य "स्वतन्त्र संसार" को रक्षाको लागि, साम्यवादको लागि र यदि सम्भव भएमा साम्यवादलाई पराजित गर्नको लागि अमेरिकाको प्रतिबद्धता मानियो।
संरचना[सम्पादन गर्ने]
नाटोको मुख्यालय ब्रसेल्समा छ। यसको संरचना ४ अंग मिलेर बनेको छ-
1. परिषद : यो नाटो को सर्वोच्च अंग हो। यसको निर्मान मन्त्रीहरू बाट हुन्छ। यसको मन्त्रीस्तरीय बैठक वर्षमा एक पटक हुन्छ। परिषदको मुख्य उत्तरायित्व समझौताको धाराहरूलाई लागू गर्नु हो।[१]
2. उप परिषद् : यह परिषद् नाटो सदस्य राष्ट्र द्वारा नियुक्त कूटनीतिक प्रतिनिधिहरूको परिषद् हो। यसमा नाटोको संगठनसंग सम्बद्ध सामान्य हितको विषयमा विचार विमर्श हुन्छ।
3. प्रतिरक्षा समिति : यसमा नाटोको सदस्य राष्ट्रको रक्षा मन्त्री सामेल हुन्छन्। यसको मुख्य कार्य प्रतिरक्षा, रणनीति तथा नाटो तथा गैर नाटो देशहरूमा सैन्य सम्बम्धी बिषयमा विचार विमर्श गर्नु हो।
4. सैनिक समिति : यसको मुख्य कार्य नाटो परिषद् एवं प्रतिरक्षा समितिलाई सल्लाह सुझाव दिनु हो। यसमा सदस्री राष्ट्रको सेनाध्यक्ष सामेल हुन्छन्।
नाटोको भूमिका[सम्पादन गर्ने]
प्रभाव[सम्पादन गर्ने]
विस्तार : शीत युद्ध पछि नाटो[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ "नाटो’ क्यों और कब बना था?", Jagranjosh.com, २०१८-१२-०४, अन्तिम पहुँच २०२०-०६-१६।