गुलजार
गुलजार | |
|---|---|
सन् २००८ मा गुलजार | |
| जन्म | सम्पूर्ण सिंह कालरा १८ अगस्ट १९३४ दिना, पञ्जाब, ब्रिटिस भारत (हालको पञ्जाब, पाकिस्तान) |
| पेशा | |
| कार्यकाल | १९५६–वर्तमान |
कार्य | |
| जीवनसाथी | |
| सन्तान | मेघना गुलजार (छोरी) |
| पुरस्कार | साहित्य अकादमी पुरस्कार (२००२) पद्म भूषण (२००४) अकादमी पुरस्कार (२००९) ग्रामी पुरस्कार (२०१०) दादासाहेब फाल्के पुरस्कार (२०१३) ज्ञानपीठ पुरस्कार (२०२४) |
| हस्ताक्षर | |
| गुलजारको हस्ताक्षर | |
गुलजार (जन्म नाम सम्पूर्ण सिंह कालरा; १८ अगस्ट १९३४) एक भारतीय उर्दू कवि, गीतकार, लेखक, पटकथा लेखक तथा चलचित्र निर्देशक हुन्, जो हिन्दी सिनेमामा आफ्नो योगदानका लागि परिचित छन्।[१] उनलाई यस युगका एक महत्त्वपूर्ण उर्दू कविका रूपमा लिइन्छ।[२] उनले सन् १९६३ को चलचित्र बन्दिनीबाट संगीत निर्देशक एस. डी. बर्मनसँग गीतकारका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। त्यसपछि उनले आर. डी. बर्मन, सलिल चौधरी, विशाल भारद्वाज तथा ए. आर. रहमानलगायतका थुप्रै संगीत निर्देशकसँग सहकार्य गरेका छन्।[३][४] गुलजारले कविता, संवाद तथा पटकथा पनि लेखेका छन्। उनले सन् १९७० को दशकमा आँधी र मौसमजस्ता चलचित्र तथा सन् १९८० को दशकमा टेलिभिजन शृङ्खला मिर्जा गालिबको निर्देशन गरेका थिए। उनले सन् १९९३ मा किरदारको पनि निर्देशन गरेका थिए।[५] उनले दिल्लीस्थित युनाइटेड क्रिस्चियन स्कुल, लडलो क्यासलमा अध्ययन गरेका थिए। उनले दिव्या दत्ताले लिएको रेख्ता प्रोगको एक अन्तर्वार्तामा यसबारे बताएका थिए।
उनले ५ वटा भारतीय राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन्, जसमा २ वटा सर्वश्रेष्ठ गीत, १ वटा सर्वश्रेष्ठ पटकथा, १ वटा दोस्रो सर्वश्रेष्ठ फिचर चलचित्र (निर्देशक) तथा [[सम्पूर्ण मनोरञ्जन प्रदान गर्ने सर्वश्रेष्ठ लोकप्रिय चलचित्रका लागि राष्ट्रिय चलचित्र पुरस्कार|१ वटा सर्वश्रेष्ठ लोकप्रिय चलचित्र (निर्देशक)]] पुरस्कार रहेका छन्। साथै, उनले २२ वटा फिल्मफेयर पुरस्कार, १ वटा अकादमी पुरस्कार र १ वटा ग्रामी पुरस्कार प्राप्त गरेका छन्।[६][७] सन् २००२ मा उनलाई साहित्य अकादमी पुरस्कार–हिन्दी प्रदान गरिएको थियो। सन् २००४ मा उनलाई भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषण प्रदान गरिएको थियो। सन् २०१३ मा उनलाई भारतीय चलचित्र क्षेत्रको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कार प्रदान गरिएको थियो। सन् २०१३ को अप्रिलमा गुलजारलाई असम विश्वविद्यालयको कुलपति नियुक्त गरिएको थियो।[८] सन् २०२४ मा गुलजारलाई भारतको सर्वोच्च साहित्यिक सम्मान ज्ञानपीठ पुरस्कार प्रदान गरिएको थियो।[९]
प्रारम्भिक जीवन
[सम्पादन]गुलजारको जन्म ब्रिटिस भारतको दिना, झेलम जिल्ला (हालको पाकिस्तान)मा मखन सिंह कालरा र सुजन कौरका पुत्रका रूपमा एक सिख खत्री परिवारमा सम्पूर्ण सिंह कालराको नामबाट भएको थियो। विद्यालयमा अध्ययनरत हुँदा उनले ठाकुरका कृतिहरूका अनुवादहरू पढेका थिए, जसलाई उनले आफ्नो जीवनका धेरै महत्त्वपूर्ण मोडहरूमध्ये एकका रूपमा स्मरण गरेका छन्। भारतको विभाजनका कारण उनको परिवार छुट्टिएपछि उनले आफ्नो अध्ययन रोक्नुपर्यो र परिवारलाई आर्थिक सहयोग गर्न तत्कालीन बम्बई (हाल मुम्बई) जानुपर्यो। जीवनयापनका लागि सम्पूर्णले मुम्बईमा विभिन्न साना कामहरू गरे, जसमा बेलासिस रोडस्थित विचारे मोटर्सको ग्यारेजमा गरेको काम पनि समावेश थियो।[१०] त्यहाँ उनले दुर्घटनामा क्षतिग्रस्त भएका गाडीहरूमा विभिन्न रङका छायाहरू मिसाएर रङ मिलाउँदै मर्मत गर्ने काम गर्थे। उनी भन्ने गर्थे, "मसँग रङहरू पहिचान गर्ने राम्रो क्षमता थियो।" सुरुमा उनका पिता उनी लेखक बन्न चाहेकोमा असन्तुष्ट थिए। उनले गुलजार देनवी उपनाम अपनाए र पछि त्यसलाई छोट्याएर गुलजार मात्र प्रयोग गर्न थाले।[११] राज्यसभा टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा उनले चित्रकारका रूपमा गरेको काम आफूलाई मन परेको बताएका थिए, किनकि त्यस कामले उनलाई एकैसाथ पढ्न, लेख्न, कलेज जान तथा प्रोग्रेसिभ राइटर्स एसोसिएसन (PWA) का गतिविधिमा सहभागी हुन पर्याप्त समय उपलब्ध गराउँथ्यो।[१][१२][१३]
व्यक्तिगत जीवन
[सम्पादन]गुलजारको विवाह अभिनेत्री राखीसँग भएको थियो। उनीहरूकी एक छोरी मेघना गुलजार छिन्। मेघना गुलजार आफ्नी आमा र बुबासँगै हुर्किइन् र न्युयोर्क विश्वविद्यालयबाट चलचित्र निर्माणमा स्नातक तहको शिक्षा पूरा गरेपछि फिलहाल, जस्ट म्यारिड, दस कहानियाँ, तलवार, राजी, साम बहादुर र छपाकजस्ता चलचित्रहरूको निर्देशन गर्दै चलचित्र निर्देशक बनिन्।[१४] छपाकका लागि गुलजारले गीत लेखेका थिए।[१५] मेघनाले सन् २००४ मा आफ्ना पिता गुलजारको जीवनी पनि लेखेकी थिइन्।[१६]
पुरस्कार तथा मनोनयन
[सम्पादन]
सन् २०१९ सम्म गुलजारले कुल ३६ वटा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। यसमा ५ वटा राष्ट्रिय चलचित्र पुरस्कार, २२ वटा फिल्मफेयर पुरस्कार, सन् १९९९–२००० का लागि मध्य प्रदेश सरकारद्वारा प्रदान गरिएको राष्ट्रिय किशोर कुमार सम्मान,[१७][१८] १ सर्वश्रेष्ठ मौलिक गीतका लागि अकादमी पुरस्कार (२००८), १ ग्रामी पुरस्कार (२०१०), साहित्य अकादमी पुरस्कार–उर्दू (२००२), पद्म भूषण (२००४) तथा दादासाहेब फाल्के पुरस्कार (२०१३) रहेका छन्।
उनले सन् २०२४ मा ज्ञानपीठ पुरस्कार प्राप्त गरे।[१९]
जीवनी
[सम्पादन]पुस्तकहरू
[सम्पादन]- Kabir, Nasreen Munni (२०१८), जिया जले: द स्टोरीज अफ सङ्ग्स, स्पिकिङ टाइगर बुक्स, आइएसबिएन 978-93-88070-95-9।
- कबिर, नसरीन मुन्नी (२०१२), इन द कम्पनी अफ अ पोएट, रेनलाइट रुपा, आइएसबिएन 978-81-291-2083-0।
- चटर्जी, सैबल (२००७), इकोज एन्ड एलोक्वेन्सेस, रुपा एन्ड कम्पनी, आइएसबिएन 978-81-291-1235-4।
- गुलजार, मेघना (२००४), बिकज ही इज..., रुपा एन्ड कम्पनी, आइएसबिएन 81-291-0364-8।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- 1 2 Amar Chandel (४ जनवरी २००४), "The poet as the father", The Tribune, मूलबाट २७ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०११।
- ↑ "Gulzar on how an 80-year-old Urdu poet stays relevant in Bollywood", Hindustan Times (अङ्ग्रेजीमा), २०१५-०४-३०, अन्तिम पहुँच २०२२-११-१९।
- ↑ "Gulzar Sahab's 81st birthday: Some facts about the legendary poet", India Today (अङ्ग्रेजीमा), अगस्ट १८, २०१५, अन्तिम पहुँच २० नोभेम्बर २०२१।
- ↑ Bhattacharjee, Balaji Vittal and Anirudha (२७ जुन २०१६), "The Eureka moment that sealed the great partnership between RD Burman and Gulzar", Scroll.in (en-USमा), अन्तिम पहुँच २०२२-०५-०७।
- ↑ "Hindi Tv Serial Kirdaar Synopsis Aired On DOORDARSHAN Channel", nettv4u (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०५-०७।
- ↑ "Gulzar to get Dadasaheb Phalke award", Indiatoday.in (India Today Group), १२ अप्रिल २०१४, मूलबाट ३ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०१४।
- ↑ "Gulzar selected for Dadasaheb Phalke Award", The Indian Express, १३ अप्रिल २०१४, मूलबाट १५ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१४।
- ↑ "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, मूलबाट १५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१५। अभिलेखिकरण १५ अक्टोबर २०१५ वेब्याक मेसिन
- ↑ "Jnanpith honour for Gulzar and Sanskrit scholar Jagadguru Rambhadracharya", The Hindu, १७ फेब्रुअरी २०२४।
- ↑ "Guftagoo – Interview with Gulzar", YouTube (India: Rajyasabha TV), ३१ जुलाई २०१२।
- ↑ Meghna Gulzar (२००४), Because he is, Rupa & Co.।
- ↑ "A life in music", The Tribune, १५ मार्च २००९, मूलबाट ६ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ डिसेम्बर २०११।
- ↑ "The Anupam Kher show", YouTube, ९ अगस्ट २०१५, मूलबाट १५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०१५।
- ↑ Dore, Shalini (१० जनवरी २०२०), "Bollywood Film 'Chhapaak' Makes Serious Splash", Variety (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ जनवरी २०२०।
- ↑ "Women directors scale Bollywood", BBC News, २१ फेब्रुअरी २००२, मूलबाट ६ जुन २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०१३।
- ↑ "On the Shelf", The Indian Express, ११ जनवरी २००४।
- ↑ "क्या है 'किशोर अलंकरण', किन हस्तियों को मिल चुका है ये सम्मान", Amar Ujala (हिन्दीमा), अन्तिम पहुँच २०२४-१०-१७।
- ↑ "The Kishore Kumar award instituted by the Madhya Pradesh government in 1997, is given away for direction, acting, script writing and lyrics every year. Past recipients of the prestigious award have included Hrishikesh Mukherjee, Gulzar, Shyam Benegal and Amitabh Bachchan. This year it has been given to Yash Chopra.", The Times of India, २०१०-१०-१५, आइएसएसएन 0971-8257, अन्तिम पहुँच २०२४-१०-१७।
- ↑ The Hindu (१७ फेब्रुअरी २०२४), "Gulzar, Sanskrit scholar Rambhadracharya selected for Jnanpith Award" (en-INमा), मूलबाट १७ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०२४।