ब्रिट्नी स्पेयर्स
| ब्रिट्नी स्पेयर्स | |
|---|---|
सन् २०१३ मा स्पेयर्स | |
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | ब्रिट्नी जिन स्पेयर्स |
| जन्म | २ डिसेम्बर १९८१ म्याककम्ब, मिसिसिपी, संयुक्त राज्य अमेरिका |
| विधा | पप, नृत्य सङ्गीत |
| पेशा | गायिका, गीतलेखिका, नर्तकि, अभिनेत्री, रेकर्ड निर्माता, लेखक, फेसन डिजाइनर, भिडियो निर्देशक |
| वाद्ययन्त्र | स्वर, पियानो |
| सक्रिय वर्ष | सन् १९९२–हाल |
| लेबल | जिभ, आरसिए[१] |
| सहयोगी | द न्यु मिकी माउस क्लब |
| वेबसाइट | britneyspears britney |
ब्रिट्नी जिन स्पेयर्स (अङ्ग्रेजी: Britney Jean Spears, जन्म: २ डिसेम्बर १९८१) एक अमेरिकी गायिका र मनोरञ्जनकर्ता हुन्। मिसिसिपीको म्याककम्बमा जन्मिएकी उनी लुइसियानाको केन्टउडबाट उदाएकी थिइन्। प्रारम्भिक वर्षहरूमा उनले बाल कलाकारको रूपमा मञ्च तथा टिभी कार्यक्रमहरूमा अभिनय गर्न सुरु गरेकी थिइन्।
सन् १९९७ मा जिभ रेकर्ड्ससँग अनुबन्धित हुँदै उनले सन् १९९९ मा आफ्नो पहिलो एल्बम ... वेबी वन मोर टाइम बजारमा ल्याएकी थिइन्। साङ्गीतिक क्षेत्रमा आफ्नो भविष्यको खोजी गर्ने पहिलो दशकको क्रमामा उनी मुख्यधारा लोकप्रिय सङ्गीत र लोकप्रिय संस्कृतिमा एक प्रमुख व्यक्ति बन्न सफल भएकी थिइन्। ब्रिट्नीका पहिलो दुई एल्बमहरूले उनलाई पप सङ्गीत क्षेत्रको महान कलाकारको रूपमा स्थापित गर्नुका साथै बिक्री कीर्तिमान पनि तोडेको थियो। उक्त एल्बममा समावेश ... बेबी वन मोर टाइम र उप्स! ... आइ डिड इट अगेन अन्तराष्ट्रिय स्तरका शीर्ष स्थानमा आएका थिए। ब्रिट्नीलाई सन् १९९० को दशक तिर किशोर पपको पुनरुद्धार गर्न प्रभावित गरेको श्रेय दिइन्छ। सन् २००१ मा ब्रिट्नीले आफ्नो तेस्रो स्टुडियो एल्बम ब्रिट्नी सार्वजनिक गरेर चलचित्र क्रसरोडमा अभिनय गर्दै उक्त एल्बमको प्रचार गरेकी थिइन्। उनले आफ्नो चौँथो स्टुडियो एल्बमको रचनात्मक नियन्त्रण बारे सोचेर सन् २००३ मा "इन द जोन" प्रकाशित गरेकी थिइन् जसमा उनका उत्कृष्ट एकल गितहरू "मि एगेन्स्ट म्युजिक", "टक्सिक" र "एभ्रिटाइम" समावेश थिए। दुई सङ्कलित एल्बम सार्वजनिक गरेपछि ब्रिट्नीले व्यक्तिगत सङ्घर्षको सामना गर्नु परेको थियो जसकारण उनको गायन तथा अभिनय कार्यजीवनमा केही समय टाढिनु परेको थियो। सन् २००७ मा कम प्रवर्तनको बाबजुद पनि "गिम्मी मोर" र "पिस अफ मी" जस्ता गीत संलग्न उनको पाँचौँ स्टुडियो एल्बम ब्ल्याकआउट सार्वजनिक भएको थियो।
सन् २००८ मा उनको अनियमित व्यवहार र अस्पताल भर्नाका कारणले उनलाई विशेष रेखदेखमा राखिएको थियो। त्यसै वर्ष विश्व प्रशिद्ध गित "वुमनाइजर" सहितको उनको छैठौँ स्टुडियो एल्बम "सर्कस" सार्वजनिक भएको थियो। सन् २०११ मा ब्रिट्नीले आफ्नो सातौँ स्टुडियो एल्बम "फेम फ्याटल"का साथ पुनरागम गरेकी थिइन् जसलाई सन् २०११ जुन २९ मा सार्वजनिक गरिएको थियो। यसमा सङ्कलित प्रमुख गित "होल्ड इट अगेन्स्ट मी" उनको चौँथो अमेरिकी शीर्ष एक एकल गित बन्न सफल भएको थियो।[२] [३] यो एल्बमले बिलबोर्ड २००मा शीर्ष स्थान सुरक्षित गरेको थियो।[४]
ब्रिट्नी स्पेयर्सले विश्वभरमा आफ्नो १००,०००,००० भन्दा बढि रेकर्डस बेचेर समकालीन सङ्गीतको इतिहासमा आफूलाई सबैभन्दा राम्रो बिक्रि गर्ने महिला सङ्गीत कलाकारहरू मध्य एकको रूपमा खडा गर्न सफल भएकी थिइन्।[५] अमेरिकी रेकर्डिङ्ग उद्योग एसोसिएसनका अनुसार, ३,२०,००,००० प्रमाणित एल्बमहरू सहित संयुक्त राज्य अमेरिकामा उनी सबैभन्दा राम्रो बिक्रि गर्ने महिला सङ्गीत कलाकारहरूको सूचीमा आठौँ स्थानमा छिन्।[६] ब्रिट्नीले २१औँ शताब्दीको पहिलो दशकको सबैभन्दा राम्रो बिक्रि गर्ने महिला कलाकारहरूकोमा पनि समग्रमा पाँचौँको रूपमा मान्यता प्राप्त गरेकी थिइन्। [७] बिलबोर्डले पनि उनलाई २००० को दशकका कलाकारहरू मध्यमा आठौँ स्थानमा राखेको थियो।[८] सन् २०१० को जुन महिनामा ब्रिट्नी फोर्ब्सको विश्वका १०० सबैभन्दा शक्तिशाली र प्रभावशाली हस्तिहरूको सूचीमा छैठौँ स्थानमा थिइन्।[९]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "RCA's Peter Edge, Tom Corson on the Shuttering of Jive, J and Arista", Billboard.biz, २०११-१०-०७, अन्तिम पहुँच २०११-११-०५।
- ↑ "Spears announces new album title on Twitter", Twitter.com, २०११-०२-०२, अन्तिम पहुँच २०११-०२-०२।
- ↑ Sanger, Gary T. "Britney Spears' Hold It Against Me Debuts Atop Hot 100", Billboard, January, 19 2011, accessed January 19, 2011.
- ↑ "Britney Spears Snares Sixth No. 1 on Billboard 200 with 'Femme Fatale'", Billboard.com, २०११-०४-०६, अन्तिम पहुँच २०११-०४-०६।
- ↑ Serjeant, Jill (२०१०-०९-२९), "Britney Spears praises "Glee" tribute", Reuters (Thomson Reuters), अन्तिम पहुँच २०१०-१०-२३।
- ↑ "RIAA - Gold & Platinum - May 03, 2010", Recording Industry Association of America, Mitch Bainwol, २०१०, अन्तिम पहुँच २०१०-०५-०३।
- ↑ Grein, Paul (२००९-०५-२९), "Chart Watch Extra: The Top 20 Album Sellers Of The 2000s", Yahoo! Music, Yahoo!, अन्तिम पहुँच २०१०-०५-०३।
- ↑ Staff, Billboard (२०१०), "Artists of the Decade", Billboard (magazine), Nielsen Company, अन्तिम पहुँच २०१०-०५-०३।
- ↑ "Celeb 100 FAQ: Yes, Britney Spears Really Made $64 Million Last Year. Here’s How. " The Biz Blog", Blogs.forbes.com, २०१०-०७-०१, मूलबाट २०१०-१२-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०७-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-०३ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा ब्रिट्नी स्पेयर्स
- ब्रिट्नी स्पेयर्स अलमुभीमा
- ब्रिट्नी स्पेयर्स अलम्युजिकमा
- ब्रिट्नी स्पेयर्सको बारेमा वा गरिएका कार्यहरू (वर्ल्डक्याट श्रेणीमा) रहेको छ ।