विराट कोहली (जन्म ५ नोभेम्बर १९८८) एक भारतीय राष्ट्रिय क्रिकेट टोली कप्तान जो सन् २००८ को १९ वर्ष भन्दा कम उमेर भएका विश्व कप क्रिकेट विजेता दलको कप्तान पनि भइसकेका छन्। प्रथम श्रेणी क्रिकेटमा विराट दिल्ली को प्रतिनिधित्व गर्दछन्। कोहली २०१८ को सेपटेम्बरमा ओडिआई र टेष्ट क्रिकेटको बरियताक्रममा एक नम्बरमा छन ।
विराट कोहलीको जन्म सन् १९८८ नोभेम्वर ५ मा दिल्लीमा भएको थियो । उनका एक दिदी र एक दाजु छन्, जसको नाम भावना र विकास हो । उनका बुबा प्रेम कोहली एक वकिल हुन्, उनको निधन सन् २००६ डिसेम्बरमा भएको थियो । सन् २०१७ मा कोहलीको विवाह भारतिय चलचित्र अभिनेत्री अनुष्का शर्मासँग भयो ।