पार्क जि-साङ्ग (जन्म डिसेम्बर ३१, १९७७), हाङ्गुल: 박재상, हान्जा: 朴載相, साइ को नामले प्रख्यात (कोरियाली: 싸이, IPA: [s͈ai]; /ˈsaɪ/SY), पिएसवाई, एउटा दक्षिण कोरियाली गायक, गीतकार, गीत निर्माता, र्यापर हुन् । पिएसवाई आफ्नो घरेलु भिडियोहरुका काराण जानिन्छन् र उनलाई अन्तर्राष्ट्रिय रूपमा उनको सबैभन्दा चर्चित साङ्गितिक भिडियो "गङ्नम स्टाइल"को कारण मानिसहरू उनलाई मन पराउछन । उनको त्यो एकल गीत "ओप्पन गङ्नम स्टाइल" (अनुवाद "ठुलो दाई (एउटा महिलाको लागी) गङ्नम स्टाइल हुन्छ ।[१][२]जसको कारण साईको यस गीतलाई द एल बुक अफ कोटेसनले सन् २०१२ को सबैभन्दा प्रसिद्ध कोटेसनको रोमा स्थान दिएको थियो ।[३]