ली ना
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/13/Li_Na_Photo_by_Sascha_Grabow.jpg/220px-Li_Na_Photo_by_Sascha_Grabow.jpg)
फेब्रुवरी २६,१९८२ मा चीनको हुबेइ प्रान्तमा जन्मेकी व्यबसायिक टेनिस खेलाडी हुन् तथा उनी ग्रान्ड स्लाम टेनिस उपाधि जित्ने पहिलो एसियाली खेलाडी हुन्, त्यसैले यसलाई एसियाली खेलकुदकै सर्वाधिक ठूला सफलतामध्ये एक मानिएको छ। फ्रेन्च ओपनको फाइनलमा इटालीकी फ्रान्सेस्का सिएभोनालाई (६-४, ७-६ तथा ७-०) ले हराउँदा उनी २९ वर्षकी थिइन् । जुन अन्तर्राष्ट्रिय टेनिसका लागि कुनै उपाधि जित्ने उमेर पनि थिएन् । अन्तर्राष्ट्रिय महिला टेनिसमा अमेरिका र युरोपेली खेलाडीको आधिपत्य रहँदै आएको छ । त्यसैले पनि लीको सफलता धेरै अर्थमा विशेष र अर्थपूर्ण भएको हो। वर्षको सुरुमा ली अस्ट्रेलियन ओपनको महिला फाइनलमा पुगेकी थिइन् । त्यति बेला उनी ग्रान्ड स्लामको फाइनल पुग्ने पहिलो एसियाली भएकी थिइन् । त्यति बेला उनले किम क्लाईस्टर्ससँग पराजित हुँदै उपविजेतामै चित्त बुझाइन् । सन् २०१४ को कथा भने फरक रह्यो । त्यसैले चिनियाँ सरकारी टेलिभिजनमा फ्रेन्च ओपन फाइनलमा कमेन्ट्री गरिरहेकी प्रस्तोताले भनेका थिए, 'सय वर्षको अन्तर्राष्ट्रिय टेनिसको इतिहासमा यस्तो कहिल्लै भएको थिएन। ली अहिले आधुनिक चिनियाँ पुस्ताका प्रतिनिधि पात्रका रूपमा अगाडि आएकी छिन्। ली आत्मविश्वासी छिन्, त्योभन्दा पनि ठूलो, उनलाई धाराप्रवाह अङ्ग्रेजी बोल्न आउँछ। त्योभन्दा पनि ठूलो कुरा उनको मुहारमा हरदम मुस्कान हेर्न पाइन्छ, आमचिनियाँको भावहीन अनुहारका तुलनामा उनी ख्यालठट्टा पनि उत्तिकै रुचाउँछिन्। चिनियाँ सरकारी मिडियाले लीको सफलतालाई 'चमत्कार' मानेका छन्। वास्तवमै साम्यवादी चीनकी खेलाडी भएर ग्रान्ड स्लाम उपाधिसम्मको यात्रा 'चमत्कार' नै थियो। धेरै अर्थमा विद्रोह पनि। उनले ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो एसियाली खेलाडी हुन समग्र चिनियाँ ढाँचासँग संघर्ष गर्नुपरेको थियो। आफ्ना श्रीमान्लाई लिएर लीसँग सधैं व्यङ्ग्यको पोको हुन्छ। श्रीमानको घुराइमा सधैं आपत्ति जनाउने ली फ्रेन्च ओपनको सफलताका पछाडि श्रीमानसँगको दिनहुँको झगडा कम हुनुलाई पनि मान्छिन् । सानो छँदा लीलाई राम्रो सम्भावना बोकेकी ब्याडमिन्टन खेलाडीका रूपमा लिइन्थ्यो, तर किशोरी हुँदा उनले टेनिस खेललाई अँगालिन् । सन् २००४ मा उनले खेल्न छोडेर विश्वविद्यालयमा अध्ययन सुरु गरिन् । सुरुमा उनको इच्छा पत्रकार बन्ने थियो तर त्यसै वर्ष उनी डब्लूटीए टुरको उपाधि जित्ने पहिलो चिनियाँ खेलाडी बनिन् । दुई वर्षपछि उनी विम्बल्डनको अन्तिम आठसम्म पनि पुगिन् । त्यस बेलासम्म उनी स्टार टेनिस खेलाडी भैसकेकी थिइन्, तर उनको संघर्ष जारी थियो । सन् २००९ मा उनले सरकारी आज्ञाबिना आफू खुसी खेल्न, कमाएको पैसा राख्न र प्रशिक्षक नियुक्त गर्न पाइन् । अस्ट्रेलियन ओपन खेल्दासम्म उनका प्रशिक्षक उनकै श्रीमान् थिए, झियाङ सान । आफ्नै श्रीमान्लाई प्रशिक्षक राख्दा पनि उनले चिनियाँ खेल पदाधिकारीसँग झगडा गर्नुपरेको थियो। अस्ट्रेलियन ओपनपछि लीले प्रशिक्षकमा डेन माइकललाई नियुक्त गरिन्। उनले छातीमा रातो गुलाफ ट्याटु गरेकी छिन्। विश्वास नहुन सक्छ, यति गर्न पनि उनले ठूलै संघर्ष गर्नुपरेको थियो । त्यही रातो गुलाफका कारण उनलाई 'गोल्डेन फ्लावर' पनि भनिन्छ । चीन फेरिंदै छ भनिन्छ भने त्यसको राम्रो उदाहरण ली नै हुन् । लीकै कारणले अब चीनमा टेनिस खेल्नेहरूको संख्या वृद्धि भएको छ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)