फ्रेञ्च ओपन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

फ्रेञ्च ओपन एउटा मुख्य टेनिस प्रतियोगिता हो जुन बर्षको मे महिनाको अन्त्य तथा जुन महिनाको पहिलो दुई हप्ताभित्र फ्रान्सको मध्य पेरिसको स्टेड रोलेन्ड गार्रोसमा खेलिन्छ । फ्रेञ्च ओपन बार्षिक टेनिस क्यालेन्डरको दोस्रो ग्र्यान्ड स्ल्याम र संसारकै प्रमुख क्ले-कोर्ट प्रतियोगिता हो । रोलेन्ड गर्रोस एकमात्र यस्तो ग्रयान्ड स्ल्याम प्रतियोगिता हो जुन अझै पनि माटोमा आयोजना हुने गरेको छ । यो टेनिसको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताहरू मध्ये एक हो, र यो एक यस्तो खेल हो जसको संसार भरी व्यापक प्रसारण हुन्छ‌ । साथै यस खेलमा सबै नियमित प्रतियोगिताका दर्शकहरू सम्मिलित हुन्छन् । सुस्त खेल धरातल र फाइनल सेटमा बिना कुनै टाईब्रेकको पाँच सेटको पुरुष सि‌ङ्गल म्याचका कारण, यस प्रतियोगितालाई व्यापक रूपमा संसारको सर्वाधिक शारीरिक रूपमा आकांक्षित टेनिस प्रतियोगिता मानिन्छ ।