मलेसिया
मलेसिया | |
---|---|
आदर्श वाक्य: "Bersekutu Bertambah Mutu" "Unity Is Strength"[१] | |
![]() | |
राजधानी र सबैभन्दा ठुलो सहर | क्वालालम्पुर[a] पुट्राजय (प्रशासनिक केन्द्र्) |
आधिकारिक भाषाहरू | मलेशियन[b] |
सरकारी लिपि | ल्याटिन अक्षर[c] |
Used for some purposes | अङ्ग्रेजी[d] |
जातिगत समूहहरू | ५७.३% मलाय २२.९% चीनी ११.०% स्वदेशी ६.६% भारतीय ७.८% अन्य[२] |
सरकार | सङ्घीय संवैधानिक वैकल्पिक राजशाही र सङ्घीय संसदीय लोकतन्त्र |
• राजा | अब्दुल हलिम |
नाजीव टुन रजाक (ब्यारिसन न्यासनल) | |
Muhyiddin Yassin (ब्यारिसन न्यासनल) | |
Independence | |
• संयुक्त अधिराज्यबाट (मलया मात्र) | ३१ अगस्ट १९५७ |
१६ सेप्टेम्बर १९६३ | |
क्षेत्रफल | |
• जम्मा | ३,३०,८०३ किमी२ (१,२७,७२४ वर्ग माइल) (67th) |
• पानी (%) | 0.3 |
जनसङ्ख्या | |
• 2024[३] जनगणना | 34,112,400 (42th) |
• घनत्व | ८६ /किमी2 (२२२.७ /वर्ग माइल) (114th) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | 2011 लगत |
• जम्मा | $442.010 billion[४] (29th) |
• प्रति व्यक्ति | $15,385[४] (47th) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | 2011 लगत |
• जम्मा | $247.781 billion[४] (38th) |
• प्रति व्यक्ति | $8,624[४] (58th) |
गिनी (2002[२]) | 46.1 उच्च · 36th |
मानव विकास सूचकाङ्क (२०१९) | ![]() धेरै उच्च · ६२औ |
मुद्रा | Ringgit (RM) (MYR) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+८ (MST) |
• ग्रीष्मकालीन (अरुणोदय बचत समय) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+८ (Not observed) |
मिति ढाँचा | dd-mm-yyyy |
सडक प्रयोग | left |
टेलिफोन कोड | +६० |
इन्टरनेट डोमेन | .my |
मलेसिया एक दक्षिणपूर्वी एसियामा रहेको सङ्घात्मक अधिराज्य हो। यो देशको राजधानी क्वालालाम्पुर हो। नेपालसँग यो देशको नजिकको सम्बन्ध रहेको छ। यहाँ धेरै पहिलेदेखि नै प्रथम विश्वयुद्धदेखि मलेसियामा गई बसेका नेपालीहरूको गाँउ नै रहेको छ। वर्तमान रोजगारीका लागि झण्डै ती नौ लाख नेपाली मलेसिया गएका छन। मेलेशियाले नेपालमा राजदूतावास खोलेको छ भने, नेपाल सरकारले पनि मलेसियामा राजदूतावास खोलेको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]
सन् २००८ को जनगणना अनुसार, २ करोड ७७ लाख ३० हजार जनसङ्ख्या रहेको यस देशमा मले जातीको बाहुल्यता रहेको छ। जसमा कुल जनसङ्ख्याको ५७ प्रतिशत माले जाती रहेका छन् भने बाँकी ३० प्रतिशत चिनिया १० प्रतिशत भारतीय र अन्य ३ प्रतिशत मिश्रित जनजातीको सङ्ख्या रहेको छ। जनसङ्ख्याको मापनमा यो देशलाई वर्तमान आएर सांस्कृतिक देश भनेर पनि चिनिन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]१. मलेसिया बेलायती उपनिवेशबाट सन १९५७ अगष्ट ३१ तारीख स्वतन्त्र भयो। र यही दिनलाई मलेसियाले स्वतन्त्रता दिवस मनाउदै आएको छ। जसलाई मारर्डेका भन्ने गरिन्छ। २. मलेसियाको राष्ट्रिय जनावर बाघ हो भने राष्ट्रिय पक्षि होरुल बिल र राष्ट्रिय फूल बुङ्गा राया हो। ३. मलेसियाको पहिलो प्रधानमन्त्री याव तुङ्गकु अब्दुल रहमान हुन। ४. एतिहासीक स्थल भनेर मेलाक्कालाई चिनिन्छ। संसारको सबै भन्दा अग्लो जोडी प्रेटोनास टुवीन टावर मलेसियामा नै रहेको छ। र यो ८८ तलाको छ।
भूगोल
[सम्पादन गर्नुहोस्]भौगोलिक अवस्था संसारको नक्सालाई हेर्दा मलेसिया भू-मध्य रेखाको उत्तरमा दुई देखि सात डिग्रीमा स्थित छ। मलेसियाको छिमेकी राष्ट्रहरूमा उत्तरमा थाईल्यान्ड र दक्षिणमा सिङ्गापुर अवस्थीत छ भने पूर्वी सिमानामा फिलिपिन्स र पश्चिमको भू-भाग इण्डोनेसियाले घेरेको छ। मलेसियाको क्षेत्रफल ३,२९,७५८ वर्ग किलोमिटर रहेको छ।
राजनीति
[सम्पादन गर्नुहोस्]संसदिय प्रजातन्त्रमा सञ्चालित द्धिसदनीय प्रणाली भएको मलेसियाको सरकारको सरकार प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ र राज्य व्यवस्थाको प्रमुखमा यांडि परतुआन आगोड हुने व्यवस्था छ। यहाँ राजालाई आगोड भनिन्छ र यहांको प्रत्येक राज्य वा क्षेत्रको प्रमुखमा सुल्तान छन् र उसले नै राज्य सञ्चालन गर्दछन। तर यस व्यवस्था अन्तरगत संसदको पनि उतिकै अधिकार रहन्छ। त्यही १३ वटा राज्यहरूको सुल्तानहरू मध्येबाट क्रमानुसारको आधारमा प्रत्येक ५ वर्षमा राष्ट्रको आगोड चुन्ने यहांको व्यवस्था छ। नियम अनुसार प्रत्येक ५ वर्षमा संसदीय निर्वाचन हुने व्यवस्था छ। मुख्य राजनीतिक पार्टीहरूमा बारिसन नेसनल (Barisan Nation) अन्र्तगत युनाईटेड मलेसियन नेशन अर्गनाईजेसन(UMNO), मलेसिया चाईनिज एसोशियसन (MCA), मलेसिया इण्डिया काङ्ग्रेस (MIC) रहेका छन् भने विपक्ष मुख्य पार्टीहरूमा डेमोक्रेटीक एक्सन पार्टी (DAP), पार्टी मडियलान राक्यात (PKR) र पास (PAS) रहेका छन। बारिसन नेसनलले पछिल्लो २५ वर्ष सम्म लगातार आफ्नो बहुमत हांसिल गर्दै आएको छ। मलेसियाको संसदमा २१९ संसद हुने व्यस्था छ तर यस वर्ष २००८ देखि यसको सङ्ख्या बढाएर २२२ बनाएको छ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]संसारकै सबै भन्दा बढी रबर उत्पादनको रूपमा मुख्य गरी मलेसियालाई चिनिन्छ। यो मात्र नभएर काठपात तेल तथा टिन उत्पादनले पनि वर्तमान आएर यो देशलाई मुख्य आय स्रोत्रको रूपमा टेवा पुर्याएको छ। निर्मित बस्तु निर्यातले पनि मलेसियाको अर्थतन्त्रलमा राम्रो सहयोग पुर्याएको छ। विश्व आर्थिक मन्दीले नेपालबाट मलेसिया का लागि काम गर्न जाने नेपालीहरूको सङ्ख्या केही महिना यता कम हुँदै गएको छ।
धर्म
[सम्पादन गर्नुहोस्]मुस्लिम आधिकारीक धर्म भएतापनि अरु धर्महरू पनि स्वातन्त्र रूपमा मान्न पाइन्छ। बौद्ध, हिन्दु, किष्टचन साथै अन्य चाईनिज धर्महरू।
चाड पर्व
[सम्पादन गर्नुहोस्]यहाँ धर्म अनुसारको चाड पर्व मनाईन्छ। मुस्लीमहरूको महान चाड हरीराय र हरी राय हाजी हो। त्यस्तै हिन्दुहरूको दिपावली, थाईपसामलाई मान्छन्। क्रिष्चनहरूले क्रिष्टमस र चाईनिजहरूले चाईनिज न्यूएयर। धार्मिक प्रचलन अनुसार अन्य चाड पर्वहरू पनि आ-आफ्नै तरिकाले मनाउने गरेको पाइन्छ
मुद्रा
[सम्पादन गर्नुहोस्]मलेसियाको मुद्रलाई रिङगेट भनिन्छ। १, ५, १०, २०, ५० सेन र एक दुई, पाँच, १०, ५०, १००, सिक्का तथा नोटहरू प्रचलनमा छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Malaysian Flag and Coat of Arms", Malaysian government, अन्तिम पहुँच २६ अक्टोबर २०१०। वेब्याक मेसिन अभिलेखिकरण १० फेब्रुअरी २०११ मिति
- ↑ २.० २.१ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;CIA Fact Book
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Demographic Statistics, Third Quarter 2024", dosm.gov.my, अन्तिम पहुँच १७ नोभेम्बर २०२४।
- ↑ ४.० ४.१ ४.२ ४.३ "Malaysia", International Monetary Fund, अन्तिम पहुँच ३० अप्रिल २०११।
- ↑ Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२०।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;state.gov
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
