सामग्रीमा जानुहोस्

वेल्सकी राजकुमारी डायना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डायनाबाट अनुप्रेषित)
डायना
वेल्सकी राजकुमारी
डायनाले गुलाबी स्कर्ट सुट र मोतीको हार लगाएकी छिन्।
सन् १९९७ जुन महिनामा डायना
जन्मडायना फ्रान्सेस स्पेन्सर
(१९६१-०७-०१)१ जुलाई १९६१
पार्क हाउस, स्यान्ड्रिङ्घम, इङ्ल्यान्ड
मृत्यु३१ अगस्ट १९९७(1997-08-31) (उमेर ३६)
पित्ये-साल्पेत्रिएर अस्पताल, पेरिस, फ्रान्स
अन्त्येष्टि६ सेप्टेम्बर १९९७
अल्थोर्प, नर्थह्याम्पटनसायर, इङ्ल्यान्ड
जीवनसाथी
चार्ल्स, वेल्सका राजकुमार
(पछि चार्ल्स तृतीय)
(
वि १९८१; सवि १९९६)
सन्तान
घराना
बाबुजोन स्पेन्सर, ८औँ अर्ल स्पेन्सर
आमाफ्रान्सेस रोचे
वेल्सकी राजकुमारी डायना
शिक्षा
हस्ताक्षर

युवराज्ञी डायना (जन्म नाम: डायना फ्रान्सेस स्पेन्सर; १ जुलाई १९६१ – ३१ अगस्ट १९९७) बेलायती राजपरिवारकी एक सदस्य थिइन्। उनी चार्ल्स तृतीय (तत्कालीन वेल्सका राजकुमार) की पहिलो श्रीमती र राजकुमार विलियम तथा ह्यारीकी आमा थिइन्। सक्रियता र आकर्षणका कारण एक अन्तर्राष्ट्रिय प्रभावशाली महिला बनेपछि र उनले स्थायी लोकप्रियता कमाएकी थिइन्।

उनका राजकुमार विलिमय र राजकुमारी क्याथरिन तर्फबाट राजकुमार जर्ज, राजकुमारी सार्लेटराजकुमार लुई गरि तीन नातिनातिना र राजकुमार ह्यारीमेगनका तर्फबाट राजकुमार आर्ची र राजकुमारी लिलिबेट गरि कुल ५ नातिनातिनाहरू रहेका छन्।

डायनाको जन्म बेलायती कुलीन वर्गमा भएको थियो र उनी शाही परिवारको नजिकै हुर्किएकी थिइन्। उनको परिवार स्यान्ड्रिङ्घम एस्टेटमा रहेको पार्क हाउसमा बसोबास गर्दथ्यो। सन् १९८१ मा, बालबालिका शिक्षकको सहायकको रूपमा काम गरिरहेको बेला, उनको महारानी एलिजाबेथ द्वितीयका जेठा छोरा चार्ल्ससँग मगनी भएको थियो। उनीहरूको विवाह सन् १९८१ जुलाई २९ का दिन सेन्ट पल क्याथेड्रलमा सम्पन्न भएपछि उनलाई वेल्सकी राजकुमारी बनाइएको थियो भने जुन भूमिकामा उनलाई जनताले उत्साहपूर्वक स्वागत गरेका थिए। दम्पतीका दुई छोराहरू, विलियम र ह्यारी हुन् जो त्यस समयमा बेलायती राजगद्दीको उत्तराधिकारको क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए। डायनाको चार्ल्ससँगको वैवाहिक सम्बन्ध उनीहरूको अमेल र विवाहेत्तर सम्बन्धका कारण बिग्रिएको थियो। उनीहरूको सम्बन्धको विच्छेद सार्वजनिक भएलगत्तै सन् १९९२ मा उनीहरू छुट्टिएका थिए। उनीहरूको वैवाहिक कठिनाइहरू व्यापक रूपमा प्रचारित भएपछि सन् १९९६ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो।

वेल्सकी राजकुमारीको रूपमा, डायनाले महारानीको तर्फबाट शाही कर्तव्यहरू पूरा गर्नुका साथै राष्ट्रमण्डलीय समारोहहरूमा पनि प्रतिनिधित्व जनाएकी थिइन्। उनी आफ्नो सौन्दर्य, शैली, आकर्षण र पछि आफ्नो परोपकारी कार्यप्रतिको अपरम्परागत दृष्टिकोणका लागि सञ्चारमाध्यममा निकै चर्चित भएकी थिइन्। उनका संरक्षणहरू सुरुमा बालबालिका र वृद्धवृद्धाहरूमा केन्द्रित थिए तर पछि उनी दुई विशेष अभियानहरूमा संलग्नताका लागि परिचित भएकी थिइन् जसमध्ये एउटा एड्स रोगीहरू प्रतिको सामाजिक दृष्टिकोण र स्वीकार्यतासँग सम्बन्धित थियो र अर्को अन्तर्राष्ट्रिय रेडक्रस मार्फत प्रवर्द्धन गरिएको बारुदी सुरुङहरू हटाउने कार्य थियो। उनले क्यान्सर र मानसिक रोगबाट प्रभावित मानिसहरूलाई मद्दत गर्ने तरिकाहरूका बारेमा जनचेतना जगाउन पनि वकालत गरेकी थिइन्। डायना सुरुमा आफ्नो लजालु स्वभावका लागि परिचित भएतापनि उनको करिश्मा र मिलनसार स्वभावले उनलाई जनताको प्रिय बनायो जसले उनको वैवाहिक सम्बन्धको सार्वजनिक विच्छेदपछि पनि उनको प्रतिष्ठा जोगाउन मद्दत पुर्‍याएको थियो। तस्वीरमा अत्यन्त आकर्षक देखिने भएकाले उनलाई 'फेसन आइकन'को रूपमा मानिन्थ्यो।

अगस्ट १९९७ मा, पेरिसमा भएको कार दुर्घटनापछि डायनाको मृत्यु भएको थियो। यस घटनाले व्यापक सार्वजनिक शोक र विश्वव्यापी सञ्चारमाध्यमको ध्यान आकर्षित गरेको थियो। एक छानबिनले चालकको घोर लापरवाही र उनलाई पछ्याइरहेका पापाराजीका (तस्वीर खिच्ने मानिसहरूको हुल) कारण 'गैरकानूनी हत्या' भएको फैसला सुनाएको थियो, जुन महानगरीय प्रहरीको अनुसन्धान अपरेसन पेजेटमा फेला परेको थियो। उनको विरासतले शाही परिवार र बेलायती समाजमा महत्त्वपूर्ण प्रभाव पारेको छ।

वेल्सकी राजकुमारी

[सम्पादन]
सन् १९८३ मा ह्यालिफ्याक्स, नोभा स्कोटियाको भ्रमणमा रहेकी डायना

चार्ल्ससँगको मगनीपछि, डायनाले सन् १९८१ मार्चमा गोल्डस्मिथ्स हलमा आयोजित एक परोपकारी कार्यक्रममा आफ्नो पहिलो आधिकारिक सार्वजनिक उपस्थिति जनाएकी थिइन्।[][] उनले जुन १९८१ मा पहिलो पटक ट्रुपिङ द कलरमा भाग लिइन् र त्यसपछि बकिङ्घम राजदरबारको बरन्डामा देखा परेकी थिइन्। अक्टोबर १९८१ मा, चार्ल्स र डायनाले वेल्सको भ्रमण गरेका थिए।[][] उनले ४ नोभेम्बर १९८१ मा पहिलो पटक संसद्को राज्य उद्घाटनमा भाग लिएकी थिइन्।[] उनको पहिलो एकल सार्वजनिक कार्यक्रम १८ नोभेम्बर १९८१ मा रिजेन्ट स्ट्रिटमा क्रिसमसको बत्ती बाल्ने कार्यक्रम थियो।[] डायनाले सेप्टेम्बर १९८२ मा मोनाकोकी राजकुमारी ग्रेसको अन्त्येष्टिमा सहभागी हुन आफ्नो पहिलो विदेश भ्रमण गरेकी थिइन्।[] सोही वर्ष, नेदरल्यान्डकी रानी बिट्रिक्सले डायनालाई अर्डर अफ द क्राउनको ग्रान्ड क्रस प्रदान गरेकी थिइन्। सन् १९८३ मा, डायनाले चार्ल्स र विलियमसँगै अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गरेकी थिइन्। यो भ्रमण ठूलो सफलता प्राप्त गर्दैगर्दा शाही जोडीले ठूलो जनसमुदायलाई आकर्षित गरेको थियो। यद्यपि, सञ्चारमाध्यमहरूले चार्ल्स भन्दा डायनामा बढी ध्यान केन्द्रित गरे जसले गर्दा मानिसहरूको उनीप्रतिको मोहलाई जनाउन 'डायनामेनिया' शब्दको प्रयोग गरिएको थियो।[] सिड्नी ओपेरा हाउस नजिक चार्ल्ससँग कारमा बसिरहेका बेला डायना केही मिनेटका लागि रोएकी थिइन्, जसलाई उनको सचिवालयले यात्रा र गर्मीका कारण भएको बताएको थियो।[] न्युजिल्यान्डमा, यो जोडीले माओरी मानिसहरूका प्रतिनिधिहरूसँग भेटघाट गरेको थियो।[] जुन र जुलाई १९८३ मा उनीहरूको क्यानडा भ्रमणमा एडमन्टनमा सन् १९८३ कध समर युनिभर्सियाड उद्घाटन र न्युफाउन्डल्यान्डको भ्रमण समावेश थियो।[] सन् १९८३ मा, उनी स्कटल्यान्डेली राष्ट्रिय स्वतन्त्रता बलको निशानामा परेकी थिइन् जसले उनलाई लेटर बम पठाउने प्रयास गरेको थियो।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Royal engagement photos through the years as Harry and Meghan's glamorous pictures prove they are Hollywood through and through", The Telegraph, २१ डिसेम्बर २०१७, मूलबाट ९ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०१८
  2. Weaver, Hilary (१५ जुन २०१७), "Princess Diana Detailed Her Memorable Meetings with Grace Kelly and Elizabeth Taylor", Vanity Fair, मूलबाट २० जुलाई २०१७-मा सङ्ग्रहित।
  3. 1 2 3 "Diana, Princess of Wales", The Royal Family, २१ डिसेम्बर २०१५, मूलबाट २४ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०१७
  4. "The newlyweds tour of Wales and the moment the nation fell in love with Diana", ITV News, २९ अगस्ट २०१७, मूलबाट १२ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१८
  5. "Statement regarding the State Opening of Parliament in May 2013", The British Monarchy, १ अप्रिल २०१३, मूलबाट १८ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१६
  6. "The celebrities who have turned on the Christmas lights on Regent Street", The Telegraph, १६ नोभेम्बर २०१५, मूलबाट २० फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१७
  7. Evans, Elinor (१५ नोभेम्बर २०२०), "The Crown S4 E6 real history: Charles and Diana's 1983 royal tour of Australia & the start of 'Dianamania'", BBC History, मूलबाट ५ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२०[स्थायी मृत कडी]
  8. Barr, Sabrina (२३ जनवरी २०२०), "Photographer recalls capturing Diana bursting into tears during royal tour: 'It was the first sign something was wrong'", The Independent, मूलबाट १५ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ सेप्टेम्बर २०२२
  9. "Royal Tours of Canada", Canadian Crown, Government of Canada, मूलबाट ५ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१६
  10. "Who are the 'tartan terrorists'?", BBC News, २ मार्च २००२, मूलबाट १९ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०२०

बाह्य कडीहरू

[सम्पादन]

वेल्सकी राजकुमारी, डायना शाही परिवारको आधिकारिक वेबसाइटमा

राष्ट्रिय तस्वीर सङ्ग्रह, लन्डनमा, युवराज्ञी डायना को तस्वीर

Edit this at Wikidata

इन्टरनेट चलचित्र डेटाबेसमा डायना, वेल्सकी राजकुमारी

एफबिआई रेकर्ड्स: द भल्ट – डायना, वेल्सकी राजकुमारी एफबिआई डट जिओभीमा

उपस्थिति सि-स्प्यानमा