टेलर स्विफ्ट
टेलर स्विफ्ट | |
---|---|
![]() स्विफ्ट सन् २०१३ मे मा | |
जन्म | टेलर एलिसन स्विफ्ट डिसेम्बर १३, १९८९ रिडिङ पेन्सिलभेनिया, अमेरिका |
पेशा |
|
कार्यकाल | २००४–हाल |
जम्मा सम्पति | $३२० मिलियन (अगस्ट २०१८ को अनुसार) |
साङ्गीतिक जीवन | |
किसिम | |
वाद्ययन्त्र |
|
लेबल | |
वेबसाइट | taylorswift |
टेलर एलिसन स्विफ्ट (जन्म १३ डिसेम्बर १९८९) एक अमेरिकी विश्व प्रसिद्धि कन्ट्रि-पप गायिका, गीत रचनाकार, सङ्गीतिकार तथा अभिनेत्री हुन्। उनी आफ्नै व्यक्तिगत जीवनको बारेमा गीत लेख्ने गायिकाको रूपमा प्रचलित छिन्।
स्विफ्टको जन्म पेन्सीलभेनियामा भएको थियो भने उनी त्यहीँ हुर्किएकी थिइन्। पछि गएर गायिका बन्ने सपना बोक्दे स्विफ्ट १४ वर्षको उमेरमा पेन्सिलभेनियाबाट न्यासभिल गएकी थिइन्। स्विफ्टले सानै उमेरमा बिग मेसिन रेकर्ड्ससँग अनुबन्धन पत्रमा हस्ताक्षर गर्दै सबैभन्दा सानो उमेरमानै रेकर्ड लेबलमा हस्ताक्षर गर्ने पहिलो गायिका बनेकी थिइन्। उनको आफ्नो पहिलो साङ्गीतिक एल्बमको रूपमा सन् २००६ मा टेलर स्विफ्ट नामक एल्बम सार्वजनिक गरेकी थिइन् जुन बिलबोर्ड २०० को शीर्ष ५ मा आएको थियो भने सन् २००० को दशकको सबैभन्दा लामो समयसम्म चार्टमा अढिक रहन एल्बम बन्न सफल भएको थियो। उक्त एल्बमको तेस्रो गीत "आवर सङ"ले बिलबोर्ड हट कन्ट्रि चार्टमा शीर्ष स्थान आयो भने त्यस गीतले गर्दा स्विफ्ट कसैको मद्दत बिनानै गीत लेख्ने र प्रस्तुत गर्ने सक्न सबैभन्दा युवा गायिकाको रूपमा चिनिन थालिन् । स्विफ्ले आफ्नो दोस्रो एल्बमको रूपमा फियरलेस एल्बम सार्वजनिक गरिन् जसको दुई गीत "लभ स्टोरी" र "यु बिलङ विथ मी" नामक गीतहरूले निकै प्रख्यात बने भने उक्त गीतहरूले गर्दा फियरलेस सन् २००९ को उत्कृष्ट बिक्री हुन सफल हुने एल्बम बन्यो। फियरलेस एल्बमले चौँथो ग्र्यामी अवार्ड जितेको थियो।
बाल्यकाल[सम्पादन गर्ने]
टेलर एलिसन स्विफ्टको जन्म सन् १९८९ डिसेम्बर १३ का दिन रिडिङ पेन्सिलभेनियामा भएको थियो। उनको पिता स्कट किंग्स्ले स्विफ्ट एक वित्तीय सल्लाहकार थिए भने उनको आमा अन्ड्रा गार्डनर स्विफ्ट गृहेणी जो पहिले नै एक सामुहिक लगानी कोष कार्यकारी को रूप मा काम गरेकी थिइन। स्विफ्ट सँग अस्टिन नाम गरेको भाइ छ। उनले आफ्नो जीवनको प्रारम्भिक वर्ष क्रिसमसको रुख खेतीमा बिताईन। द वाइनड्रोफफ्ट स्कूल मा स्थानांतरित हुनुभन्दा पहिले उनले फ्रान्सस्केन नुन्स द्वारा संचालित एल्वरनिया मन्टेस्वरि स्कूल मा पूर्वशिक्षा लिएकी थिईन।
गायिकाको रूपमा[सम्पादन गर्ने]
गितहरु[सम्पादन गर्ने]
- लभ ईटोरी
- रेड
- रेडि फर ईट
- एन्ड गेम
- ब्याक टु डिसेम्बर
एल्बमहरु[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाहिरी कडी[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा टेलर स्विफ्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |