युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना
यो लेख हालैको प्रसङ्ग यूएस बंगला विमान दुर्घटना २०७४सँग सम्बन्धित छ । अद्यावधिक विवरण आउँदै जाँदा जानकारीहरू तीव्ररूपमा परिवर्तन हुन सक्छ । |
![]() विमानमा २०१४ मा देखा पर्दा | |
दुर्घटना सारांश | |
---|---|
मिति: | १२ मार्च २०१८ |
स्थल: | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल |
यात्रु: | ६७[१] |
चालक दल: | ४[१] |
घाइते: | २०[२] |
मृत्यु: | ५१ [३][२] |
विमानको प्रकार | बम्बार्डियर ड्यास ८ क्यू४०० |
सञ्चालक: | युएस बंगला विमान |
विमान दर्ता नम्बर: | एस२-एजियु[१] |
उडान: | शहजलाल अन्तर्राष्ट्रिय हवाई अड्डा, ढाका |
गन्तव्य: | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौं |
युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको थियो ।[४] मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।[३]
विषयसूची
विमानको विवरण[सम्पादन गर्ने]
दुर्घटनाग्रस्त विमान बम्बार्डियर ड्यास ८ क्यू४०० दर्ता गरिएको एस२-एजियु थियो ।[५] विमान पहिल्यै २००१मा स्क्यान्डेनेभियन एयरलाइन्समा पठाइएको थियो, त्यसपछि यसलाई सन् २०१४ मा युएस-बंगला एयरलाइन्समा बिक्री गर्नु अघि २००८मा अगस्टसेम्बर एयरवेजमा बेचिएको थियो । यो विमान पहिले नै २०१५ मा अर्को घटनामा संलग्न भएको थियो, यसले सैदपुरमा धावन मार्ग छोड्यो तर त्यहाँ कुनै मानवीय क्षति भएको थिएन। विमानले सानो क्षतिको सामना गर्यो र आठ घण्टा पछि पुनः सेवामा फर्किएको थियो ।[६]
दुर्घटना विवरण[सम्पादन गर्ने]
२०७४ फागुन २८ लगभग साढे २ बजे, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो विमान दुर्घटना भएको थियो । वरुणयन्त्र, फायरफाइटर, नेपाली सेना, प्रहरी र उद्दारकर्ताहरुको अन्य टोली आगो निभाउन एवं घाइतेको उद्धार गरेका थिए ।[७] सोही विमानमा रहेका एक यात्रुका अनुसार बङ्गलादेशको स्थानीय समयअनुसार मध्याह्न १२ बजेर ३० मिनेट जाँदा उनीहरु जहाज चढेका थिए । बङ्गलादेशबाट उड्दा जहाजमा कुनै समस्या आएको थिएन । तर, काठमाडौंको आकाशमा आइसकेपछि भने अवतरण गर्नुअघि जहाज केही असन्तुलित भएकोजस्तो उनले महसुस गरेका थिए । जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दुसमेत काटेर गइरहेको उनले देखिरहेका थिए । जहाज असामान्य हुँदै आकाशमा नै रोकिएको थियो र आकाशमा धेरै ट्राफिकका कारण यस्तो भएको होला भनेर यात्रीहरुले सोचिरहेका थिए । त्यसपछि केहीबेरमै जहाजको ह्वात्तै उचाइ घटाएको र सीधै अवतरण गराएको उनले महसुस गरेका थिए । जहाज ल्यान्ड भएपछि कोल्टिएको थियो । असामान्य महसुस गर्दै उनले पछाडि फर्केर हेर्दा धेरै यात्रीहरु थिचिएका थिए र एक किसिमले कोलाहल नै मच्चिइसकेको थियो । हेर्दाहेर्दै जहाजमा आगो लाग्न थाल्यो र धुवाँको मुस्लो फैलिएको थियो ।[८]
दुर्घटनाको कारण[सम्पादन गर्ने]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको थियो । एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेको थिएन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आएको थियो । र, असामान्य तरिकाले चालकहरुले फोर्स ल्याण्डिङ गर्ने प्रयास गरेको थियो । कतिपयले धावनमार्गमा विमान चिप्लिएको भन्ने कतिपयले अनुमान गरे पनि त्यसो नभई गलत धावनमार्गबाट समातेर फोर्स ल्याण्डिङ गर्न खोजेको थियो । विमान दुर्घटना हुनुअघि नेपाल एयरलाइन्सको ह्याङ्गरलाई छुन एकफिटमात्रै बाँकी थियो । रन वेलाई सेन्टरमा पारेर २० को दायाँ साइडबाट विमान भुँइमा खसेको थियो । एयर ट्राफिक कन्ट्रोलले पहिलोपटक दिएको सूचनालाई विमानले स्वीकार्न सकेको थिएन । [९]त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार । विमान चालकले अटेरी गर्दा दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको थियो । एअर ट्राफिक ‘कन्ट्रोलर’ले दक्षिण तर्फदेखि अवतरण गर्न पटक–पटक निर्देशन दिएपनि पाइलटले उत्तरतर्फबाट अनुमति मागेर जवरजस्ती गरेको विमानस्थल प्रशासनको भनाइ छ । एअर ट्राफिक कन्ट्रोलरले ‘एलान्मेन्ट’ मिलेन भनेर जानकारी गराउँदा पनि पाइलट उत्तरतर्फ नै गएपछि विमान नेपाली सेनाको ‘ह्याङगर’तिर गएर ठोक्किएको विमानस्थल प्रशासनको भनाइ छ । दुर्घटनाग्रस्त यूएस बाङ्ला विमानको ‘ब्य्याक बक्स’ फेला परेको छ ।[१०]
अन्तराष्ट्रीय विमानदुर्घटनाहरू[सम्पादन गर्ने]
नेपालको ६९ वर्षको हवाई इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । युएस बंगला बिमान दुर्घटना गरि अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ । त्रिभुवन विमानस्थलमा मानवीय क्षति हुने गरी भएको युएस विमान दुर्घटना पहिलो दुर्घटना हो । नेपालमा अन्तर्राष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३ सय ५९ जनाको ज्यान गएको छ । युएस बंगला विमान दुर्घटना पर्नुअघि ३ सय ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा भएका हवाई दुर्घटनामा अहिलेसम्म झण्डै ८ सयले ज्यान गुमाएका छन्। आन्तरिक उडानका जहाज दुर्घटनामा परी भने ३ सयभन्दा बढीको ज्यान गएको छ ।[११]
अनुसन्धान[सम्पादन गर्ने]
दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बङ्गलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आएको थियो । बङ्गलादेशका उच्च अधिकारी सहितको टोलीमा बङ्गलादेशबाट दुर्घटनामा परेका परिवार सामिल थिए ।[३]प्रधानमन्त्री खड्गप्रसाद ओली (के॰पि॰ शर्मा ओली) तुरन्त बचाउ कार्यको निरिक्षण गर्न दुर्घटना स्थल पुगेका थिए । तथा दुर्घटना बारे जानकारी लिएर त्यसको जाँच गर्ने आदेश दिएका थिए ।
चालकदल एवं यात्रुहरू[सम्पादन गर्ने]
विमानले ३३ नेपाल, ३२ बांग्लादेश एवं चीन मालदीवसबाट एक एक गरी ६७ यात्रु बोकेर उडेको थियो । उक्त विमानले २ जना बच्चाहरू सहित ६७ यात्रु र ४ चालक दललाई सवार गराएको थियो। यस विमानको कप्तान आबिद सुल्तान थिए, उनी बांग्लादेश वायुसेनाको पायलट भई सकेका थिए । प्रथम अधिकारी पृथुला राशिद थिइन। आबिद सुल्तानलाई विमान चालकको २२ वर्षको अनुभव थियो । दुई अन्य चालकदल सदस्य ख्वाजा हुसैन मोहम्मद शफि तथा शमीम अख्तर थिए ।[१२] आबिद सुल्तानको मृत्युको खवर पछि सुल्तानकी पत्नी अफ्सना खानमलाई हार्टअट्याक भएको थियो । उपचारको लागि उनलाई राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा भर्ना गरीएको थियो उनको पनि २३ मार्च २०१८ शुक्रबार विहान साढे ९ बजे मृत्यु भएको थियो ।[१३]
देश | यात्रु | चालकदल | जम्मा |
---|---|---|---|
![]() |
३३ | ० | ३३ |
![]() |
३२ | ४ | ३६ |
![]() |
१ | ० | १ |
![]() |
१ | ० | १ |
जम्मा | ६७ | ४ | ७१ |
टिप्पणी[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ "US-Bangla airlines aircraft crashes at TIA, casualties feared", The Kathmandu Post (Ekatipur), १२ मार्च २०१८, अन्तिम पहुँच १२ मार्च २०१८।
- ↑ २.० २.१ Suri, Maneeva; Pokharel, Sugam (मार्च १२, २०१८), "49 dead after plane crash at Nepal's Kathmandu airport", CNN, अन्तिम पहुँच मार्च १२, २०१८।
- ↑ ३.० ३.१ ३.२ "Onlinekhabar update", Online khabar, अन्तिम पहुँच १३ मार्च २०१८।
- ↑ "विमान दुर्घटनामा ४९ को मृत्यु, २२ घाइते", कान्तिपुर, अन्तिम पहुँच १३ मार्च २०१८।
- ↑ "S2-AGU US-Bangla Airlines De Havilland Canada DHC-8-400 history", अन्तिम पहुँच १२ मार्च २०१८।
- ↑ Hradecky, Simon (सेप्टेम्बर ४, २०१५), "Incident: US-Bangla DH8D at Saidpur on Sep 4th 2015, runway excursion after landing", अन्तिम पहुँच मार्च १२, २०१८।
- ↑ "दुर्घटना कसरी भयो", Online khabar, अन्तिम पहुँच १३ मार्च २०१८।
- ↑ "इमेज खबर", इमेज खबर, अन्तिम पहुँच १४ मार्च २०१८।
- ↑ "दुर्घटनामा देखिएको कारण", Online khabar, अन्तिम पहुँच १३ मार्च २०१८।
- ↑ News24nepal tv http://www.news24nepal.tv/2018/03/12/275155
|url=
शीर्षक नै (सहायता), अन्तिम पहुँच १४ मार्च २०१८। - ↑ "अन्तराष्ट्रीय विमान दुर्घटना नेपाल", अनलाइन खबर, अन्तिम पहुँच १३ मार्च २०१८।
- ↑ "Bdnews24", अन्तिम पहुँच १४ मार्च २०१८।
- ↑ समाचार२४
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
- Condolences and Hotline - US-Bangla Airlines
- Statement - Bombardier Q400 Aircraft Accident." Bombardier. March 12, 2018.