ह्युगो चाभेज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ह्युगो चाभेज
Chavez-WSF2005.jpg
भेनेजुएलाका राष्ट्रपति
कार्यकाल
२ फेब्रुअरी १९९९ – ५ मार्च २०१३
उपराष्ट्रपतिहुलिआन आसियेस रोद्रिगेस दियास
एडिना बास्तिदास
Diosdado Cabello
José Vicente Rangel जर्ज रोड्रिगेज
रामोन कारिसेलेस
इलियास हुआन
निकोलास मादुरो]
पूर्वाधिकारीरफाएल काल्देरा
उतराधिकारीनिकोलास मादुरो (अन्तरिम)
व्यक्तिगत विवरण
जन्मउगो रफाएल चाभेस फ्रिआस
(१९५४-०७-२८)२८ जुलाई १९५४
सबानेता, भेनेजुएला
मृत्यु५ मार्च २०१३(२०१३-०३-०५)
काराकस, भेनेजुएला
राजनीतिक पार्टीपाँचौँ गणतान्त्रिक आन्दोलन (1997–2007)

भेनेजुएलाको एकीकृत समाजवादी पार्टी (पिएसयुभी)

(2007–2013)
अन्य राजनीतिक
संलग्नता
Great Patriotic Pole (सन् २०११–२०१३)
जीवन साथी(हरू)नान्सी कोल्मेनारेस (सम्बन्धबिच्छेद)
मारिसाबेल रोद्रिगेस (सन् १९९७–२००४)
मातृ शिक्षाप्रतिष्ठानमिलिट्रि अक्याडमी अफ भेनेजुएला
सहीछाप
सैनिक सेवा
निष्ठा भेनेजुएला
सेवा/शाखाभेनेजुएलाको सेना
श्रेणीLieutenant Colonel (Venezuela).png लेफ्टिनेन्ट कर्णेल

उगो रफाएल चाभेस फ्रिआस(स्पेनी उच्चारण: [ˈuɣo rafaˈel ˈtʃaβes ˈfɾi.as]; २८ जुलाई १९५४ – ५ मार्च २०१३) सन् १९९९ देखि ५ मार्च २०१३ सम्म दक्षिण अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति थिए। उनी सन् १९९७ मा स्थापना भएको पाँचौँ गणतान्त्रिक आन्दोलन नामक राजनीतिक पार्टीको स्थापनाकालदेखि सन् २००७ सम्म अध्यक्षको रूपमा रहेका थिए। सन् २००७ उनको पार्टी अन्य धेरै पार्टीहरूसँग मिलेर भेनेजुएलाको एकीकृत समाजवादी पार्टी गठन भएको थियो जसको नेतृत्व पनि चाभेसले आफ्नो जीवनको अन्तिम अवस्थासम्म गरेका थिए।

चाभेस आफैँले प्रतिपादन गरेका बोलिभारवाद तथा २१औँ शताब्दीको समाजवादको सिद्धान्त पालना गर्दै, समाजवादी सुधारलाई व्यवहारमा उतार्नका लागि बोलिभारियन क्रान्ति नामक सामाजिक परियोजना सञ्चालन गरेका थिए। जसको फलस्वरूप भेनेजुएलामा सन् १९९९मा नयाँ सम्विधान लागू भएको थियो। त्यस्तै सहभागितामुलक प्रजातान्त्रिक मञ्चहरूको गठन, देशका प्रमुख उद्योगहरूको राष्ट्रियकरण, शिक्षा तथा स्वास्थ्यमा सरकारी अनुदान वृद्धि तथा उल्लेख्य मात्रामा गरीवी घटाउन पनि बोलिभारियन क्रान्ति सफल भएको मानिन्छ। [१] संयुक्त राष्ट्रसङ्घीय सूचकाङ्कले पनि चाभेसको शासनकालमा भेनेजुएलाका जनताको जीवनस्तरमा सुधार आएको देखाएको।[२] दक्षिण अमेरिकाका लागि संयुक्त राष्ट्रसङ्घीय आयोगका अनुसार भेनेजुएलाको गरीवीदर सन् २००२ मा ४८.६% रहेकोमा सन् २०११ मा घटेर २९.५% पुगेको थियो ।[२]

भेनेजुएलाको सबानेता भन्ने स्थानमा एक गरीखाने वर्गको परिवारमा जन्मिएका चाभेस एक सैनिक अधिकृतको रूपमा सेवा क्षेत्रमा प्रवेश गरेका थिए। उनले तत्कालिन भेनेजुएलाको राजनीतिदेखि असन्तुष्ट भएर यसलाई पल्टाउनका लागि सन् १९८० तिर क्रान्तिकारी बोलिभारियन आन्दोलन - २०० नामक भूमिगत सङ्गठन खोलेका थिए। चाभेस नेतृत्वको उक्त सङ्गठनले सन् १९९२ मा तत्कालिन प्रजातान्त्रिक सरकारको नेतृत्व गरिरहेका राष्ट्रपति कार्लोस आन्द्रेस पेरेजको विरूद्ध कु गर्ने असफल प्रयास गरेका थिए। उनको कु असफल भएपछि उनी पक्राउ परे र चाभेज दुई वर्ष कारावासको सजाय भोग्नुपर्यो। कारावास मुक्त भएपछि चाभेसले पाँचौँ गणतान्त्रिक आन्दोलन नामक प्रजातान्त्रिक समाजवादी राजनीतिक पार्टीको स्थापना गरेका थिए। यही पार्टीको नेतृत्व गर्दै सन् १९९८ मा प्रथम पटक उनी भेनेजुएलाको राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए।

भेनेजुएलाको राष्ट्रपतिको रूपमा निर्वाचित भएलगत्तै उनले देशमा नयाँ सम्विधान लागू गरे जसले सिमान्तकृत वर्गका जनताहरूलाई अधिकार प्रदान गरेको थियो। सन् २००० मा भएको निर्वाचनमा पनि चाभेसनै निर्वाचित भएका थिग। राष्ट्रपतिको दोस्रो कार्यकालमा बोलिभारियन मिसन, कम्युनल काउन्सिल तथा कामदारद्वारा व्यवस्थापन गरिने सहकारी संस्थाहरूको व्यवस्था गरेका थिए। त्यस्तै उनले भूमिसुधार कार्यक्रम लागू गर्ने र देशका प्रमुख उद्योगहरूको राष्ट्रियकरण गर्ने काम पनि गरेका थिए। उनले लागू गरेका विभिन्न सुधार योजनाहरूले सफलता पाएपछि उनी एक लोकप्रिय नेताको रूपमा देश विदेशमा चिनिन थालेका थिए। फलस्वरूप चाभेस सन् २००६ मा भएको निर्वाचनमा पनि ६०% भन्दाबढी मत ल्याएर तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। सन् २०१२ अक्टोबर ७ मा भएको राष्ट्रपतिय निर्वाचनमा पनि प्रतिद्वन्दी हेनरिक काप्रिलेसलाई पराजित गर्दै उनी चौँथो पटक छ वर्षीय कार्यकालका लागि निर्वाचित भएका थिए। [३]

चाभेसको राष्ट्रपतिय सरकार क्युबाका फिदेल कास्त्रो तथा राउल कास्त्रोका कम्युनिस्ट सरकार, बोलिभियाको एभो मोरालेस, इक्वेडरको रफाएल करिया तथा निकारागुवाको दानियल अर्टेगा शासित समाजवादी सरकारहरूसँग सहकार्यमा दक्षिण अमेरिकामा समाजवादी आन्दोलन पिंक टाइडको रूप लिन पुगेको थियो। यी देशका सरकारहरूका साथमा चाभेजले आफ्नो नीतिलाई साम्राज्यवाद विरोधी नीतिको रूपमा व्याख्या गरेका थिए। संयुक्त राज्य अमेरिकाको विदेशनीतिको कट्टर विरोधी चाभेस अमेरिकाको समर्थन प्राप्त नवउदारवादी तथा अहस्तक्षेपकारी पूँजिवादको कडा आलोचक थिए।[४] उनले ल्याटिन अमेरिका र क्याराबियन मुलुकहरूबिचको सहकार्यमा सहयोग पुर्‍याएका थिए। त्यस्तै दक्षिण अमेरिकी देशहरूको सङ्गठन युनियन अफ साउथ अमेरिकन नेसन्स, बोलिभारियन अलाईन्स फर द अमेरिकाज, ब्याङ्क अफ द साउथ तथा टेलिसर नामक क्षेत्रीय टेलिभिजन सञ्जाल स्थापना गर्न अहम भुमिका निर्वाह गरेका थिए। यद्यपी चाभेसको कोलम्बियासँगको नीति अत्याधिक विवादमा पर्ने गरेको छ। उनले कोलम्बिया तथा इक्वेडरका क्रान्तिकारीहरूलाई सहयोग गरेकै कारण सन् २००८मा ती मुलुकहरूसँगको कुटनीतिक सम्बन्धविच्छेद भएर सेना परिचालन गर्ने स्थिति आएको थियो। विपक्षी तथा विदेशी नेताहरूलाई गाली बेइजती गर्न पनि पछि नपर्ने चाभेस देशभित्र र बाहिर अत्यन्तै विवादित तथा आलोचित रहने गर्दथे। उनले तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई गधासँग तुलना गरेका थिए [५] र उनलाई राक्षस भनेका थिए । [६] अमेरिकी समाचार माध्यामहरूले मुर्खको संज्ञा दिएपनि, अन्यले अमेरिकाले भेनेजुएलामा रहेको चाभेसको सरकारलाई परास्त गर्न तथा अवैधानिक सावितगर्न खोजेको भन्दै उनलाई एक प्रगतिशील प्रजातन्त्रवादी नेताकोरूपमा लिने गर्दछन्। [७][८][९][१०] सन् २०११ जुन ३०मा चाभेजले एक सम्वोधनमार्फत आफ्नो शरीरबाट क्यान्सरग्रस्त कोषहरूसहितको ट्युमर निकालिएको र स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जानकारी दिएका थिए। सन् २०१२ को डिसेम्बरमा उनको दोस्रोपटक शल्यक्रिया गरिएको थियो।[११] क्युबामा भएको तेस्रो उपचार यात्रा पश्चात सन् २०१३ जनावरी १० मा उनको घोषणाको तयारी गरिएको भएपनि भेनेजुएलाको राष्ट्रिय सभाले चाभेजलाई तन्दुरूस्तहुन समय लाग्ने भन्दै उक्त समारोहलाई स्थगित गरेको थियो।[१२] अन्तत २०१३ मार्च ५ तारिखका दिन ५८ वर्षको उमेरमा राजधानी काराकसमा क्यान्सरकै कारणले उनको मृत्यु भएको थियो।[१३][१४]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

बाल्यकाल[सम्पादन गर्ने]

भेनेजुएलाको बारिनास राज्यमा रहेको सबानेता गाउँ, जहाँ चाभेज जन्मिएका थिए

उगो चाभेजको जन्म सन् १९५४ जुलाई २८ तारिखमा भेनेजुएलाको बारिनास राज्यमा रहेको दुर्गम गाउँ सबानेतामा भएको थियो। उनको परिवार अमेरिकी आदिवासी, अफ्रिकी तथा स्पेनी मिश्रित पुर्खाका सन्तान हुन्।[१५] उनका बाबु उगो दे लास रेयेस चाभेस र आमा एलेना फ्राइअस दे चाभेस दुबै शिक्षण पेशामा लागेका थिए। निम्नमध्यम वर्गका उनीहरू लस रास्त्रोसस नामक गाउँमा बस्दथे। उगो उनका बाबुआमाका सात सन्तानहरू मध्ये दोस्रो सन्तानको रूपमा जन्मिएका थिए। उनका जेठा दाजुको नाम आदान चाभेस हो।[१६][१७] चाभेसका बाबुआमाले गरीवीकै कारण जेठा आदान चाभेस र माहिला उगो चाभेजलाई सबानेतामा हजुरआमा रोसा इनेज चाभेस कहाँ पठाउन बाध्य भएका थिए।[१८] हजुरआमाबाट धेरै माया पाएका ह्युगोले उनलाई एक पवित्र माया तथा दया गर्ने पवित्र मानवको रूपमा उल्लेख गरेकाछन् । "[१९] उनकी हजुरआमा एक कट्टर रोमन क्याथोलिक थिइन्।[२०][२१] स्थानीय हुलियान पिनो इलिमान्तेरी विद्यालयमा भर्ना भएपछि चित्रकला, बेसबल र ऐतिहासिक अध्ययनमा चाभेसको रुची बढ्न थालेको थियो। इतिहासमा पनि विशेष गरी १९सौँ शताब्दीका दक्षिण अमेरिकी सङ्घीयतावादी जनरल एजेक्विल जमोराको अध्ययनमा उनको चासो बढेको थियो। सन् १९६० को मध्यतिर उगो, उनका दाजु र हजुरआमा उनीहरूको उच्च शिक्षाको लागि बारिनास सहरमा बसाईं सरेका थिए। [२२]

सैनिक विद्यालय (सन् १९७१–१९७५)[सम्पादन गर्ने]

सत्रवर्षको उमेरमा चाभेसले राजधानी सहर काराकसमा रहेको सैनिक महाविद्यालयमा अध्ययन गरेका थिए। चाभेस उक्त अध्ययन संस्थानमा आन्द्रेस बेलो योजना नामक पुनर्संरचना गरिएको नयाँ पाठ्यक्रम योजना अवलम्बन गर्ने वर्गको सदस्य थिए। त्यस पाठ्यक्रमले उक्त महाविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सैन्य तालिम र युद्धकलामात्र नभएर अन्य विविध विषयहरूको छनौट गर्ने अवसर समेत प्रदानगरेको थियो। त्यसको लागि अन्य साधारण विश्वविद्यालयबाट प्राध्यापकहरू बोलाइन्थ्यो। [२३][२४][२५] कारकसमा रहँदा उनले गरिखाने वर्गले झेल्नुपरेको चरम गरिवीलाई अझ नजीकबाट नियाल्ने मौका पाए, त्यसले उनी आफैँले बाल्यकालदेखि झेलेको गरिवीलाई सम्झना गराउँथ्यो। चाभेसले त्यही समयको अनुभवले नै आफूलाई सामाजिक न्यायको अन्तिम उचाइसम्म पुग्नलाई मद्दत पुर्‍याएको उल्लेख गरेकाछन्।[२६][२७] सैनिक विद्यालयमा भएकै बेला उनी बाह्य स्थानीय क्रियाकलापमा पनि सहभागी हुनेगर्दथे। चाभेस "क्रियलितास दे भेनेसुएला" नामक स्थानीय क्लबमा रहेर बेसबल तथा सफ्टबल खेल्थे गरेका थिए। उनले उक्त क्लबलाई भेनेजुएलामा बेसबलको राष्ट्रिय च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी साहित्य लेखन तथा चित्रकलामा पनि रूचि राख्दथे, उनले थुप्रै कविता, कथा र नाटक लेखेका छन्।[२८] त्यस्तै उन्नाइसौँ शताब्दीका दक्षिण अमेरिकी क्रान्तिकारी नेता सिमोन बोलिभारको जीवनी तथा राजनीतिक विचारको अनुसन्धानमा पनि उनको रूचि थियो।[२९] मार्क्सवादी क्रान्तिकारी नेता चे ग्वेभाराको संस्मरणात्मक पुस्तक "द डायरी अफ चे ग्वेभारा" नामक पुस्तक पढेपछि उनलाई ग्वेभाराप्रति रूचि बढेको थियो। उनले अन्य विविध क्षेत्रका विश्वविख्यात लेखकहरूका पुस्तक अध्ययन गरेका थिए।[३०] पेरूको स्वतन्त्रता सङ्ग्राममा सिमोन बोलिभारका सेनाले शाही फौजलाई पराजित गरेको स्मरण गर्दै मनाइने १५०औँ वार्षिकोत्सवको अवसरमा सन् १९७४ मा चाभेसलाई प्रतिनिधिको रूपमा छानिएको थियो। उनले त्यो अवसरमा वामपन्थी राष्ट्रपति जनरल जुआन भेलास्को अल्भारादो (सन् १९१०-१९७७) को भाषण सुन्ने मौका पाएका थिए। शासक वर्ग भ्रष्ट भएको स्पष्ट भएको बेलामा सेनाले गरीखाने वर्गको हितमा काम गर्नु पर्छ भन्ने भेलास्कोको त्यती बेलाको भनाइले उनलाई अत्न्तै प्रभावित बनाएको थियो।[३१] त्यसपछि चाभेसले भेलास्कोले लेखेका पुस्तकहरूको गहन अध्ययन गरेका थिए।[३२] पानामाका तत्कालीन राष्ट्रपति ओमार टोरिजोस (सन् १९२९-१९८१)का छोरासँगको मित्रताका कारण त्यस लगत्तै चाभेसले पानामाको भ्रमण गरेका थिए। टोरिजोस पनि वामपन्थी विचारधारा भएका सैनिक अधिकारी थिए। पानामामा उनले राष्ट्रपति ओमार टोरिजोससँग पनि भेट्ने मौका पाएका थिए। टोरिजोसले कृषि मजदुरहरूको हितमा सुरुगरेका भूमिसुधार योजनाले उनलाई अत्यन्तै प्रभावित बनाएको थियो।[३१][३३] भेलास्को र टोरिजोसबाट प्रभावित भए पनि त्यही समयमा आगस्तो पिनोसेले अमेरिकी सिआइएको आर्थिक सहायतामा चिलीको बागडोर हत्याएको उनलाई पटक्कै मन परेको थिएन।[३४] एक पटक चाभेजले- "टोरिजोसलाई भेटेर म टोरिजोसवादी भएँ, भेलास्कोलाई भेटेर म भेलास्कोवादी भएँ तर पिनोसेको बारेमा थाहपाएपछि म पिनोसे विरोधि भएँ" भनेका थिए ।[३५] सन् १९७५मा चाभेजले सैनिक विद्यालयको अध्ययन पूरा गरे । उनले विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याए, जम्मा ७५ विद्यार्थीहरू मध्ये उनी आठौँ स्थानमा आएका थिए ।[३६][३७][३८]

सैन्य सेवाको सुरूवात १९७६-१९८१[सम्पादन गर्ने]

मलाई लाग्छ सैनिक विद्यालय छोडेकै दिनदेखि म एउटा क्रान्तिकारी आन्दोलनमा केन्द्रित भएँ... पहाडको फुच्चे केटोको रूपमा प्रवेस गरेको ह्युगो चाभेजले व्यवसायिक बेसबल खेल्ने सपना बोकेको थियो । तर निस्कने बेलामा एउटा क्रान्तिकारी बाटो रोजेको सेकेन्ड लेफ्टिनेन्ट भएर निस्कियो । कोही एक, जसलाई कसैले केहीगर्न बाध्य पार्न सक्दैनथ्यो, जो कुनै अबन्दोलनमा सहभागी थिएन, जसले कुनै पार्टीको झण्डा बोकेको थिएन, तर उसलाई म कुन लक्ष्यमा लागेको छु भन्ने प्रष्ट थियो ।

ह्युगो चाभेज[३९]

अध्ययन सकिनासाथ चाभेस बारिनास सहरमा रहेको काउन्टर इन्सर्जेन्सी युनिटमा सञ्चार अधिकृतको रूपमा नियुक्त भएका थिए।[४०] त्यतिबेला मार्क्सवादी-लेलिनवादीहरूको सरकारविरोधी कृयाकलापहरूलाई सेनाले निर्मूल पारीसकेको हुनाले त्यस युनिटमा फुर्सदको समय धेरै थियो। फुर्सदको समयमा चाभेजले स्थानीय क्लबमा बेसबल खेले, स्थानीय पत्रिकामा लेखहरू लेखे, बिङ्गो खेल आयोजना गरे र केही सुन्दरी प्रतियोगितामा निर्णायकको भुमिका पनि निर्वाह गरेका थिए।[४१] एकपटक उनले गोलीले छियाछिया पारिएको बेवारिसे कारमा गोप्यरूपमा राखिएको मार्क्सवादी साहित्यका केही पुस्तकहरू फेला पारेका थिए। ती पुस्तकहरू सरकारविरोधी गतिविधीमा सम्लग्न मार्क्सवादी-लेलिनवादीहरूको थियो। महान दार्शनिकहरू कार्ल मार्क्स, भ्लादिमिर लेनिन र माओत्से तुङद्वारा लेखिएका उनले ती सबै पुस्तकहरू अध्ययन गरेका थिए। तर उनको मनपर्ने पुस्तक चाहिँ उनले बाल्यकालदेखि मानेको १९औँ शताब्दीका सङ्घीयतावादी जनरल एजिक्वेल जमोराको बारेमा लेखिएको पुस्तक द टाइम्स अफ एजिक्वेल जमोरा थियो।[४२] यी सबै पुस्तकहरूको अध्ययनले चाभेसलाई भेनेजुएलामा पनि वामपन्थी सरकारको आवश्यकता महशुस गराएको थियो। एकपटक चाभेजले त्यो समयको बारेमा यसो भनेका थिए: " म २१ वा २२ वर्षको हुँदा नै मैले आफूलाई वामपन्थी बनाएँ ।"[४३]

सन् १९७७ मा चाभेसको युनिट एन्जोअटेगी भन्ने स्थानमा सरूवा भएको थियो। त्यहाँ उनको युनिट सरकारविरोधि गतिविधिमा सम्लग्न मार्क्सवादी विचारधारा बोकेको रेड फ्ल्याग पार्टीलाई दबाउने काममा सहभागी भएको थियो।[४४][४५] त्यहीबेलादेखि चाभेजलाई सेना र सेनाले प्रयोग गरेको यातनाप्रति दुविधा उत्पन्न भयो ।[४३]त्यतिबेलादेखि नै उनी बिस्तारै सेनाभित्र तथा सरकारमा भएको भ्रष्टाचारकोविरूद्ध बोल्ने गर्दथे । देशमा भएका तेल भण्डारबाट निकालिएको तेलबाट राम्रो आम्दानी भएपनि त्यो आम्दानीको हिस्सा भेनेजुएलाका गरीव जनतासम्म नपुगेको उनले महशुस गरेका थिए । जुन उनको विचारमा अप्रजातान्त्रिक थियो । यिनै विभिन्न कारणले चाभेज रेड फ्ल्याग पार्टी र उनीहरूले सञ्चालन गरेको सरकारिवरोधि गतिविधिप्रति सहानुभुति राख्न थाले । तर उनी रेड फ्ल्याग पार्टीले रोजेको हिंसात्मक बाटो चाहिं मन पराउँदैनथे ।[४६]

सन् १९७७ मा चाभेसले कुनै दिन भेनेजुएलामा पनि वामपन्थी सरकार गठन गर्ने उद्देश्य राखेर सशस्त्र समूहभित्रै एक कान्तिकारी सङ्गठन स्थापना गरेका थिए। भेनेजुएली जनमुक्तिसेना नाम दिइएको उक्त गोप्य सङ्गठनमा चाभेस र उनका केही सहकर्मी सैनिकहरू सहभागी थिए। इएलपिभीका तत्कालिन कुनै कार्ययोजना नभएपनि उनीहरू रेड फ्ल्याग पार्टीको उग्रवामपन्थीबाटो र सरकारको पूँजिवादी नीतिको बिचको बाटो खोज्ने चाहना राख्दथे।[४५][४७][४८] त्यतिबेला अस्तित्वमा रहेका अन्य वामपन्थी पार्टीहरूसँग सहकार्य गर्ने चाहनाले चाभेसले थुप्रै ख्यातिप्राप्त मार्क्सवादी नेताहरूसँग गोप्य बैठक गरेका थिए। राजनीतिक रूपमा फरक सोच राख्ने भएपनि उनले रेडिकल कजका संस्थापक नेता आल्फ्रेदो मानिरो र डग्लस ब्राभोसँग गोप्य छलफल गरेका थिए।[४९][५०] सन् १९७७ को अन्त्यतिर चाभेसले नान्सी कल्मेनारेस नामकी एक गरिखानेवर्गकी युवतीसँग विवाह गरेका थिए। उनको र नान्सीका रोजा भर्जिनिया (सन् १९७८ सेप्टेम्बर), मारिया गाब्रिएला (सन् १९८० मार्च) र उगो रफायल (सन् १९८३ अक्टोबर) गरी जम्मा तीन सन्तान जन्मिएका थिए।[५१]

सैन्य जीवनको उत्तरार्ध र बोलिभारवादी कान्तिकारी सेना–२००: १९८२–१९९१[सम्पादन गर्ने]

इएलपिभीको स्थापनाको पाँच वर्षपछि चाभेसले सेनाभित्रै बोलिभारवादी कान्तिकारी सेना–२०० नामक अर्को गोप्य सङ्गठनको स्थापना गरेका थिए। पछि त्यसैलाई कान्तिकारी बोलिभारवादी आन्दोलन–२०० नाम राखिएको थियो।[२३][५२][५३] चाभेसको जीवनमा अत्यन्तै ठूलो प्रेरणा प्रदानगर्ने भेनेजुएयाली तीन नेता एजिक्वेल जमोरा (सन् १८१७–१८८०), सिमोन बोलिभार (सन् १७८३–१८३०) र सिमोन रोद्रिगेस (सन् १७६९–१८५४)बाट प्रभावित हुँदै उनीहरूलाई एमबिआर–२००को जराकोरूपमा लिइन्थ्यो।[५४][५५] पछि त्यस समूहको स्थापनाकोबारेमा चाभेजले यसो भनेका थिएः..." बोलिभारवादी आन्दोलनले स्थापनाकालमा कुनै राजनीतिक उद्देश्य राखेको थिएन... यसका लक्ष्यहरू नितान्त आन्तरिक थिए। यसको सम्पूर्ण क्रियाकलापहरू भेनेजुएलाको सैन्य इतिहासको अध्ययनमा केन्द्रित थियो, हामी इतिहासमा एउटा सैन्य आदर्शवादको स्रोत थियौँ जुन त्यतिबेला अस्तित्वमा थिएन"[५६] यद्यपी उनले सधैँ आफूले सुरूवात गरेको बोलिभारवादी आन्दोलन कुनै समय राजनीतिक रूपमा सबलाई परास्तगर्न सफल हुनेछ भन्ने आश राखेका थिए। त्यतिबेला उनको राजनीतिक धारणा यस्तो थियो... यो रूख (जमोरा, बोलिभार तथा रोड्रिगेज)लाई एउटा परिधि मानिनुपर्छ, जसले सबैखालका राजनीतिक विचारधारालाई स्वीकार गरोस, दक्षिणपन्थीहरूबाट, वामपन्थीहरूबाट, पूँजीवादीहरू तथा मार्क्सवादीप्रणालीहरूको बचेखुचेको सिध्दान्तसमेत यसैमा समाबेस गर्न सकियोस "[५७] आयरल्यान्डका राजनीतिक विश्लेषक ब्यारी क्याननले सुरूवातको समयमा बोलिभारवाद स्पष्ट रूपमा पूँजीवाद थियो भनेर टिप्पणी गरेका छन्। उनका अनुसार बोलिभारवाद विभिन्न सिध्दान्तहरूको जगमा निर्माण गरिएको थियो। उनले यसलाई विश्वव्यापी विचारधाराहरू, पूँजीवाद, मार्क्सवाद लगायत धेरै सिध्दान्तहरूको बहुगुणी मिश्रणको संज्ञा दिएका थिए। तर बोलिभारवादले हाल ल्याटीन अमेरिकामा लागू गरिएको नवउदारवाद अस्विकार गर्दै समाजवाद र पुरानो सोभियत ब्लकको साम्यवाद अवास्तविक सावित गरेको क्याननको दावी छ। "[५८]

सन् १९८१मा चाभेसलाई पहिला उनले नै अध्ययन गरेको सैनिक विद्यालयमा अध्यापन गर्ने जिम्मेवारी दिइयो, त्यतीबेला उनी सेनाको क्याप्टेन भइसकेका थिए। त्यहाँ उनले नयाँ विद्यार्थीहरूलाई कथित बोलिभारवादी सिध्दान्तले प्रशिक्षित गरेका थिए। नयाँ भर्ना गर्दा पनि एमबिआर–२०० को असल सदस्य बन्नका लागि तथा उनले आयोजना गर्ने खेलकुद तथा नाटकहरूका लागि उपयुक्त हुनसक्ने युवकहरू छानेर भर्ना गर्थे । यस्तो भर्ना अभियानमा सापेक्षिक रूपमा उनी सफल भएका थिए किनकी विद्यालयको अध्ययन पूरा गर्ने समयमा १३३ जना मध्ये कम्तिमा पनि तीसजवानले उनलाई साथ दिएका थिए ।[५९] सन् १९८४मा भर्खरै सम्बन्धबिच्छेद गरेकी इतिहास शिक्षिका हर्मा मार्क्सम्यानलाई भेटे । ती महिला भेनेजुएलाकै नागरिक भएपनि उनका पुर्खा जर्मनीमूलका थिए । उनीहरूका धेरै विचारधारा समान भएकाले हर्मा पनि चाभेजकै अभियानमा सहभागी भइन । बिस्तारै प्रेमबन्धनमा बाँधिन पुगेका यी दुईको सम्बन्ध करिब सातवर्षसम्म प्रगाढ रह्यो ।[६०][६१] चाभेजको उक्त अभियानमा सहभागी हुने अर्का व्यक्ति थिए फ्रान्सिस्को अरिअस कार्डेनस । कार्डेनस एक सैनिक भएपनि इसाई चर्चहरूले राजनीतिक हस्तक्षेप गर्नुपर्छ भन्ने धारणा राख्ने गर्दथे ।[६२] कार्डेनस एमबिआर–२०० (MBR-२००)को निकै माथिल्लो स्थानसम्म पुगेका भएपनि पछि चाभेज र उनीबिच सैध्दान्तिक दूरी बढ्दै गयो । कार्डेनस तत्काल सैन्य कारवाही गरी सरकारलाई सत्ताच्युत गराउनुपर्छ भन्ने विस्वास राख्दथे जुन अत्यन्तै खतरनाक र ठूलो सङ्ख्यामा हताहती गराउने खालको थियो तर चाभेज हिंशात्मकबाटो मनपराउँदैनथे ।[६३]

विस्तारै एमबिआर–२०० (MBR-२००)को बारेमा व्यापक हल्ला हुन थालेपछि केही उच्च सैनिक अधिकृतहरू चाभेजप्रति सशंकित हुनथाले । निलम्बन गर्न पर्याप्त आधार फेला पार्न नसकेपछि, अब त्यस विद्यालयबाट नयाँ जवानहरू उनको समूहमा भर्ना गर्न नदिन चाभेजलाई त्यस स्थानबाट सरूवा गरियो । चाभेजलाई त्यहाँबाट अप्युर राज्यको अत्यन्तै दूर्गम स्थान एलोर्जा भन्ने स्थानमा रहेको ब्यारेक सम्हाल्न पठाइयो ।[६४] एलोर्जामा उनी विभिन्न सामाजिक कार्यक्रमहरूको आयोजना गर्दथे जसले उनलाई त्यहाँको स्थानीय समुदायमा घुलमिलहुन मद्दत पुर्यायो । चाभेजले कुइभा तथा यारूरो जस्ता सांगठनिक वसोवासगर्ने जनजातिहरूसँग पनि भेटघाट गरे । उनीभन्दा पहिलाका सैनिकहरूले गरेको नराम्रो व्यवहारका कारण सुरूमा स्थानीय समुदायका मानिसहरूले चाभेजप्रति भरोस गरेनन् तर उनले एक मानवशास्त्रीसँग उक्तस्थानको स्थलगत भ्रमण गरी सबैसँग भेटघाट गरेर उनीहरूको विस्वास जित्न सफल भए । उनको त्यही समयको अनुभवबाट प्राप्त प्रेरणाकै कारण उनले सत्तामा पुगेपछि सांगठनिक वसोवासगर्ने जनजातिहरूको अधिकार रक्षाकोलागि कानुन निर्माण गरे ।[६५] एकपटक छुट्टीको समयमा आफ्नो परिवारको इतिहास बुझ्ने चाहनाले चाभेज उनका जिजुबाजेले धेरैवर्ष पहिला भ्रमण गरेको स्थानको भ्रमणमा निस्किए । उनका जिजुबाजेको नाम पेड्रो पेरेज डेलगाडो भएपनि स्थानीयहरू उनलाई मैसन्त नामले चिन्दथे । उक्त भ्रमणको समयमा उनले एक आइमाइलाई भेटे जसले चाभेजलाई मैसन्तले कसरी अपहरणमा परेकी एक केटीलाई बचाएर स्थानीय मानिसहरूबिच नायक सावित भएका थिए भन्ने सुनाएकी थिइन् ।[६६] सन् १९८८मा मेजर पदमा बढुवा भएपछि एक उच्च पदमा रहेका जनरल रोड्रिगेज ओचोआले चाभेजलाई मन पराउन थाले र काराकसमा आफ्नो सहयोगीको रूपमा नियुक्त गरे ।[६७]

अपरेसन जमोरा: १९९२[सम्पादन गर्ने]

सन् १९९८ मा, मध्यधारको डेमोक्र्याटिक एक्सन पार्टीका उम्मेदवार कार्लोस आन्द्रेस पेरेजले संयुक्त राज्य अमेरिकाको सरकारले पारित गरेको वासिङटन घोषणापत्र तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)ले शिफारिस गरेको आर्थिक नीतिको विरोध गर्ने वाचा गरेर राष्ट्रपति पदमा विजयी भए । तर राष्ट्रपति पद सम्हालेपछि उनले चुनावमा वाचा गरेअनुसार काम गरेनन् उल्टो अमेरिका र अन्तर्राष्ट्रिय मुद्रा कोषले सहयोग गर्ने नवउदारवादी आर्थिक नीति लागू गरे । उनले नाटकीय रूपमा खर्चकटौती गरे र ख्यातीप्राप्त केही व्यक्तिलाई सरकारी पदमा वहाली गरे । पेरेजको नीतिले केही सर्वसाधारणलाई आक्रोसित बनायो ।[६८][६९][७०] पेरेजले गरेको सामाजिक खर्च कटौतीको व्यापक विरोधसँगै देशभर विभिन्न प्रदर्शन तथा लुटपाट मच्चियो । सर्वसाधारणको विरोधलाई पेरेजले हिंसात्मक दमन र हत्यासमेतको आदेश दिए । एल काराकाजो नाम दिइएको उक्त विरोध प्रदर्शनलाई हिंसात्मक रूपमै दबाइयो । सरकारी तथ्याङ्क अनुसार उक्त हिंसाको क्रममा २७६ जनाको मृत्यु, ठूलो संख्यामा हताहाती, धेरै प्रदर्शनकारी बेपत्ता पारिए भने ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । तर स्वतन्त्र संस्थाहरूले गरेको अवलोकनका क्रममा धेरै सामूहिक चिहान भेटिएका थिए जसमा सरकारी तथ्याङ्कलाई अपर्याप्त भएको दावी गरिएको थियो ।[७१][७२][७३] पेरेजले एल काराकाजोमाथि दमन गर्न बोलिभारियन अनुसन्धान सेवा नामक राजनीतिक प्रहरी तथा सेना दुबैको प्रयोग गरेका थिए । तर चाभेजले भने उक्त दमनमा भाग लिनुपरेन किनकी त्यतीबेला उनी बिफरका कारण अस्पतालमा भर्ना भएका थिए । पछि उनले उक्त दमनलाई जेनोसाइडको संज्ञा दिएका थिए ।[७४][७५]

यसरी सर्वसाधारणमाथि भएको नृशंस दमनले चाभेजलाई असाध्यै विचलित तुल्यायो । त्यस्तै सरकारी निकायहरूमा बढ्दैगएको भ्रष्टाचार, पुन्टो फिजो सम्झौताका कारण भेनेजुएलाको राजनीति सिमीत व्यक्तिको मुठ्ठीमा हुनु र चाभेजकै भाषामा अन्तर्राष्ट्रिय मुद्रा कोषको तानाशाही प्रवृत्ति आदिले उनलाई सैनिक हस्तक्षेपको आवश्यक्ता महशुस गरायो र उनी डेट्याट नाम दिइएको सैनिक कुको तयारीमा लागे ।[७३][७६] यसलाई अपरेसन जमोरा भनेर पनि चिनिन्छ ।[७७] सुरूमा डिसेम्बरको योजना बनाइए पनि एमबिआर-२००(MBR-२००)को सैनिक हस्तक्षेपलाई सन् १९९२ को फेब्रुअरी ४ को झिसमिसे बिहानसम्मका लागि सारेका थिए । त्यस दिन चाभेजको नेतृत्वमा पाँच सैनिक टुकडी राष्ट्रपति भवनसहित मुख्य सैनिक इलाका तथा सञ्चार प्रणाली, रक्षा मन्त्रालय, ला कार्लोटा विमानस्थल र सैनिक सङ्ग्रहालयमाथि कब्जा गर्ने उद्देश्यले काराकसको सहरी क्षेत्रमा प्रवेस गर्यो । चाभेजले विदेश भ्रमणबाट फर्किरहेका राष्ट्रपति पेरेजलाई बिचबाटोमै रोकेर बन्दी बनाउने योजना बनाएका थिए । वर्षौं लगाएर योजना बनाइएको भएपनि उक्त हस्तक्षेपले सुरूवातमै संकटको सामना गर्नु पर्यो । भनिन्छ त्यतीबेला उनले भेनेजुएलाका सेनाको १०% बफादारिता मात्र प्राप्त गरेका थिए ।[७८] धेरै धोका, त्रुटी तथा अन्य विभिन्न अप्रत्याशित परिस्थितीका कारण अन्त्यमा चाभेज र उनको विद्रोही समूह सैनिक सङ्ग्रहालयमा लुक्न बाध्य भए । त्यतीबेला उनीहरूसँग भेनेजुएलाभर छरिएका आफ्ना गुप्तचरहरू तथा सहचारीहरूलाई सन्देश पठाउनसमेत कुनै सञ्चार साधन थिएन ।[७९] त्यस्तै चाभेजले आम नागरिकहरूलाई सरकारविरूध्द सडकमा आउन आग्रह गर्दै तयार पारिएको अडियो सामग्री राष्ट्रिय सञ्चार प्रणालीबाट प्रसारण गर्न पनि उनीहरू असफल भए । अन्ततः चाभेजका सेना राष्ट्रपति पेरेजलाई कब्जामा लिन पनि असफल भए, पेरेज उनीहरूबाट सजिलै फुत्किन सफल भए । सो क्रममा भएको हिंसामा परी चौध सेनाको मृत्यु भयो भने करिब पचास सेना तथा असी आम नागरिक घाइते भए ।[८०][८१][८२]

आफूले गरेको सैनिक हस्तक्षेपको प्रयास असफल भएको महशुस गर्दै चाभेजले सरकारसामु आत्मसमर्पण गरे । सैनिक हस्तक्षेपमा सम्लग्न चाभेजकासेनाले बन्दी बनाएकाहरूलाई छोड्ने सर्तमा चाभेजलाई राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्न दिइयो । चाभेजले उक्तसमयमा सैनिक पोशाक लगाउन पाउनुपर्ने अडान लिएका थिए । उक्त सम्बोधनका क्रममा उनले सिमोन बोलिभारलाई राष्ट्र नायक मान्दै जनताहरूमाझ आफ्ना कुरा यसरी राखे..." कमरेडहरूः दुर्भाग्यवस अहिलेका लागि हामीले हाम्रा लागि तय गरेको उद्देश्य राजधानी काराकसमा पूरा गर्न सकेनौं । काराकसमा भएका हामी शक्ति हत्याउन सफल भएनौं । तर तपाईँहरूको ठाउँमा तपाईँहरूले अत्यन्तै राम्रो भुमिका निभाउनुभयो, अबको समय परावर्तनको समय हो । नयाँ मौकाहरू उदाउनेछन, निश्चित रूपमा देश एउटा उज्वल भविश्यतिर लम्किने छ ।"[८३] धेरै दर्शकहरूले चाभेजले आफूहरू अहिलेका लागि ("por ahora") मात्र असफल भएको भन्ने कुरामा जोड दिएका याद गरे [२३][८४][८५][८६][८७] र उनी त्यतीबेला नै देशभरका जनतामाझ परिचित हुन पुगे । अझै भेनेजुएलाका गरीव वर्गका जनताहरूले त चाभेजलाई सरकारी भ्रष्टाचार र लुटतन्त्रको विरूध्दमा उठेको नायकको रूपमा हेर्न थालेका थिए ।[८८][८९][९०]

त्यसपछि चाभेजलाई पक्राउ गरियो र सान कार्लोस सैनिक बन्दिगृहमा रहेको कारागारमा राखियो । कारागारमा चाभेज सैनिक हस्तक्षेप आफ्नै कारणले असफल भएको भन्दै अत्यन्तै विचलित हुने गर्दथे ।[९१][९२] केही समयपछि सान कार्लोस सैनिक बन्दिगृह अगाडि चाभेजको समर्थनमा प्रदर्शन हुन थालेपछि सरकार उनलाई यार बन्दिगृहमा स्थानान्तरण गर्न वाध्य भयो ।[९३] त्यसपछि सरकार चाभेजको समर्थक सञ्चार माध्यम तथा सैनिक हस्तक्षेपका सहयोगीहरूमाथि खनिन थाल्यो ।[९४] त्यही वर्षको नोभेम्बरमा अर्को सैन्य हस्तक्षेपको प्रयास पनि भयो तर पेरेजको सरकार त्यसलाई पनि दबाउन सफल भयो ।[७६][९५] तर त्यसकै कारण करिब एक वर्ष पछि पेरेजमाथि सरकारी सम्पत्ति गैरकानुनी काममा खर्च गरेको अभियोग लाग्यो ।[९६][९७]

राजनीतिक उदय: १९९२–१९९८[सम्पादन गर्ने]

चाभेज र एमबिआर–२०० (MBR-२००) का अन्य ठूला नेताहरू थुनामा परे, यही समयमा चाभेजको हर्मा मार्क्सम्यानसँगको सम्बन्ध पनि सन् १९९३को जुलाईमा टुट्यो ।[९८] उनी विस्तारै चाभेजको आलोचक बन्दै गएकी थिइन् ।[९९] सन् १९९४ मा भएको चुनावमा मध्यधारको नेसनल कन्भर्जेन्स नामक पार्टीका नेता रफाएल क्याल्डेरा (१९१६-२००९) भेनेजुएलाका राष्ट्रपतिको रूपमा विजयी भए । चुनावी प्रचारको समय वाचा गरे अनुसार उनले भेनेजुएला बागडोर हातमा लिनासाथ चाभेज र एमबिआर–२०० (MBR-२००) का अन्य सदस्यहरूलाई थुनामुक्त गरे । तर क्याल्डेराले उनीहरू सेनामा गए फेरि अर्को सैन्य कुको प्रयास गर्लान भनेर उनीहरू समक्ष सेनामा फिर्ता जान नपाउने सर्त राखेका थिए ।[१००][१०१] थुना मुक्त भएर बाहिर आउनेबेलामा स्वतस्फुर्तरूपमा खुसीयाली मनाउन जम्मा भएको ठूलो भिडले चाभेज निकै प्रभावित भए, लगत्तै उनी १०० दिने देश भ्रमणमा निस्किए । त्यतीबेला उनले जनतालाई बोलिभारवादी सामाजिक क्रान्ति किन आवस्यक छ भनेर बुझाउने काम गरे ।[१०२] आफू थोरै आउने सेनाको निवृतिभरण र समर्थकहरूले दिएको सहयोग रकमको भरमा गुजारा गर्नु परेको समयमा पनि उनले आफूसँग सम्बन्ध विच्छेद गरिसकेकी श्रीमती नान्सी र उनका तीन सन्तानलाई आर्थिक रूपमा सहयोग गर्ने गर्दथे । देश भ्रमणमा निस्केको बेलामा उनको भेट मारिसाबेल रोड्रिगेजसँग भयो जसले सन् १९९७ मा विवाह हुनुभन्दा केही समय पहिला नै एक छोरीलाई जन्म दिएकी थिइन् ।[१०३][१०४]

ल्याटिन अमेरिकाको भ्रमणका क्रममा उनले आफ्नो बोलिभारवादी आन्दोलनका लागि समर्थन जुटाउने प्रयास गरे । उनले सोही क्रममा अर्जेन्टिना, उरुग्वे, चिली, कोलम्बिया र अन्त्यमा क्युवाको भ्रमण गरे जहाँ उनले कम्युनिस्ट नेता फिडेल क्यास्ट्रो (१९२६-२०१३)सँग भेट्ने मौका पाए । एकआपसमा केही दिन बिताएपछि चाभेज र क्यास्ट्रोबिचको घनिष्ठता बढ्यो, भनिन्छ चाभेजले क्यास्ट्रोलाई पितासमान मानेका थिए ।[१०५] भेनेजुएला फर्किएपछि पनि चाभेजको राजनीतिक अभियानतिर मुलधारका सञ्चारमाध्यमहरूको ध्यान गएन । तर साना, मोफसलका पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यममा उनी चर्चित भए ।[१०६] शासकवर्गको विरोध गर्ने क्रममा चाभेज राष्ट्रपति क्याल्डेराको पनि आलोचक भए किनकी क्याल्डेराले नव उदारवादी अर्थव्यवस्थाको समर्थन गरेका कारण मूल्यवृध्दिले सीमा नाघेको थियो । त्यस्तै उनले विभिन्न सम्वैधानिक अधिकारहरू निलम्बन गर्दै चाभेजका समर्थकहरूलाई पक्राउ गरेका थिए ।[१०७] संयुक्त राष्ट्रसंघका अनुसार सन् १९९०मा ५,१९२ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय सन् १९९७ सम्ममा २,८५८ अमेरिकी डलरमा झरेको थियो । त्यस्तै सन् १९८० देखि गरीवीदर १७.६५% ले बढको थियो भने विशेष गरी राजधानी सहर काराकसमै हत्या, अपहरण जस्ता अपराधहरू सन् १९८६को भन्दा दोब्बर बढेको थियो ।[१०८] जीवनयापनको स्तरमा आएको कमि र भेनेजुएलामा रहेको प्रतिनिधिमुलक प्रजातान्त्रिक व्यवस्थाप्रति जनताको व्यापक असन्तुष्टिले शासित जनता र शासकहरूबिचको खाडल झन् फराकिलो बनाइदिएकै कारण एउटा पपुलिस्ट नेताको उदय सहज भयो ।[१०९]

त्यतीबेला बोलिभारवादीहरूकाबिचमा बोलिभारवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने बहस चलेको थियो । केही नेताहरू चुनावमा गएर जनताको समर्थनले शक्ति प्राप्त गर्ने पक्षमा थिए भने केही सैनिक हस्तक्षेप गरेर शक्ति हत्याउनुपर्छ भन्ने पक्षमा थिए । चाभेज पछिल्लो तर्कको पक्षमा थिए किनकी उनलाई थाहा थियो कि शासक वर्गहरूले उनी र उनका समर्थकहरूलाई कुनैपनि हालतमा चुनाव जित्न दिनेछैनन् ।[११०] तर अर्का नेता फ्रान्सिस्को अरिअस कार्डेनस प्रतिनिधिमुलक प्रजातान्त्रिक प्रणालीको चुनावमा भाग लिनुपर्ने अडानमा थिए । कार्डेनसले आफ्नो तर्कलाई र्याडिकल कज नामक समाजवादी पार्टीमा लागे पछि प्रमाणित पनि गरेर देखाइिदए । उनी सन् १९९५ को डिसेम्बरमा भएको चुनावमा तेलको लागि प्रख्यात जुलिया राज्यको गभर्नर पदमा विजयी भए ।[१११] त्यस लगत्तै चाभेज तथा बोलिभारवादी आन्दोलनमा उनका समर्थकहरूले आफ्नो धारणा परिवर्तन गरी आफ्नै अलग पार्टी स्थापना गर्ने निर्णय गरे । त्यस अनुरूप सन् १९९८ को राष्ट्रपतीय चुनावमा चाभेजको उम्मेद्वारीलाई लक्ष्यित गरेर सन् १९९७ जुलाईमा पाँचौं गणतान्त्रिक आन्दोलन (फिफ्थ रिपव्लीक मुभमेन्ट MVR – Movimiento Quinta República) नामक राजनीतिक पार्टीको स्थापना गरियो ।[८०][११२][११३][११४]

सन् १९९८को चुनाव[सम्पादन गर्ने]

भेनेजुएलामा सन् १९९८ को वामपन्थी राष्ट्रपतिको चुनावले अग्रिम नतिजा देखाइसकेको थियो, विगत सात वर्षमा ल्याटिन अमेरिकामा वामपन्थी झुकाव भएका राष्ट्रपतीय उम्मेद्वारहरू विजयी हुने लहर नै चलेको छ... ब्राजिलमा सन् २००२ अक्टोबरमा लुइस इनासियो लुला दा सिल्भा, त्यसपछि इकुवेडरमा सन् २००३ जनावरीमा लुसियो गुटेरेज, अर्जेन्टिनामा सन् २००३ मेमा नेस्टर किर्च्नर, उरूग्वेमा सन् २००४ अक्टोबरमा टबारे भाजक्वेज, बोलिभियामा सन् २००५ डिसेम्बरमा इभो मोरालेस, इकुवेडरमा सन् २००६ नोभेम्बरमा रफायल करिया र निकारागुवामा सन् २००६ नोभेम्बरमा दानियल अर्टेगा । यी नेताहरू मध्ये केही सत्तामा पुगेको केही समयपछि परिवर्तन भएर मध्यधार तथा केही दक्षिणपन्थी झुकाव पनि देखा परेको पाइन्छ, गुटेरेज र लुला दा सिल्भा त्यस्ता नेताहरू हुन् जसले मध्यधारको वामपन्थी पक्षलाई प्रतिनिधित्व गर्दछन् । यी नेताहरूको चुनावी परिणाम अलि आश्चर्यजनक आएको छ जसले... विश्वभरका वामपन्थीहरूमा भड्काव देखापरेको छ ।

ग्रेगरी विलपर्ट, जर्मन-अमेरिकी राजनीतिक विश्लेषक (२००७)[११५]

चुनावी रस्साकस्सीमा सुरूवातको समयमा प्राय मत सर्वेक्षणले काराकसको सबैभन्दा धनि जिल्ला चकाओका पूर्व मेयर इरेन साएजलाई अग्रस्थानमा देखाएको थियो । एक स्वतन्त्र उम्मेद्वार भनिएको भएपनि, भेनेजुएलाका दुई मुख्य पार्टीहरू मध्येको एक कोपेइ नामक पार्टीको समर्थन उनलाई प्राप्त थियो ।[११६] उनको दक्षिणपन्थी तथा जडसुत्रवादी विचारधाराकोविरूध्दमा चाभेज र उनका समर्थकहरूले तत्कालिन व्यवस्थालाई हटाएर गणतन्त्रको नयाँ जग हाल्ने उद्देश्य अघि सारेका थिए जुन व्यक्ति भन्दा पार्टी प्रधान व्यवस्था बनाउने उनीहरूको लक्ष्य थियो । उनीहरूले तत्कालिन अवस्थामा विद्यमान संविधान पुन्टोफिजो सम्झौताको कानुनी तथा राजनीतिक उद्देश्यलाई मात्र समेटेर बनाइएको आरोप लगाएका थिए । देशको परम्परागत दुई दलीय कठपुतली सरकारको चर्को आलोचना गरेका थिए ।[११७] यो क्रान्तिकारी प्रचारवाजीकै कारण चाभेज र उनको पार्टी एमभिआरले पार्टिया पारा टोडोस (सबैका लागि मात्रीभूमी पार्टी), पार्टिडो कम्युनिस्ट भेनेजोलानो (भेनेजुएली कम्युनिस्ट पार्टी) तथा मुभिमिन्टो अल सोसियालिज्मो (समाजवादका लागि अभियान पार्टी) लगायत धेरै वामपन्थी पार्टीहरूको समर्थन प्राप्त गर्यो । उनीहरूले चाभेजको उम्मेदवारीलाई समर्थन गर्न 'पोलो प्याट्रियोटिक' (राष्ट्रवादी चुनाव) नामक राजनीतिक गठबन्धनसमेत तयार गरेको थिए ।[११४][११८]

चाभेजले देशमा व्यापक सामाजिक तथा आर्थिक सुधार ल्याउन जनता सामु गरेको प्रतिबध्दताले गरीव र गरिखाने वर्गका मानिसहरूको विश्वास जित्न सफल भयो । सन् १९९८ को मेमा गरिएको अर्को सर्वेक्षणमा चाभेजको समर्थन बढेर ३०% पुगेको थियो भने अगस्टमा ३९% पुगेको थियो ।[११९] चाभेजले 'बलियो मान्छे'को रूपमा जनतामाझ बनाएको छवी र अत्यन्तै क्रान्तिकारी प्रचारवाजीले गर्दा नै उनले धेरै समर्थन प्राप्त गरेका थिए ।[१२०] चाभेजको बढ्दो लोकप्रियताले उनका विरोधीहरू विचलित हुन थाले, फलस्वरुप शासकवर्गहरू आफ्नो अधिनमा रहेका मुलधारका सञ्चारमाध्यमहरू मार्फत श्रृङ्खलाबध्द रूपमा चाभेज माथि विभिन्न आरोप लगाउन थाले । त्यतीबेला उनीहरूले चाभेज अत्यन्तै मुर्ख भएकाले उनलाई बर्खास्त गरिएको तथा उनी बालबालिकाहरूको मासु खाने नरभक्षी भएको जस्ता प्रचारवाजी गरे ।[१२१] चाभेजको बढ्दो र साएजको घट्दो समर्थनबाट अतालिएर दुई मुख्य पार्टीहरू कोपेइ र डेमोक्र्याटिक एक्सन पार्टीले अर्को उम्मेदवारको समर्थन गर्ने निर्णय गरे । दुबैले प्रोजेक्ट भेनेजुएला नामक पार्टीका उम्मेदवार हेनरिक सलास रोमरको समर्थन गरे । रोमर यल विश्वविद्यालयमा अध्ययन गरेका अर्थविद थिए ।[१२२]

चाभेजले कुल मतको ५६.२०% मत प्राप्तगरी चुनावमा विजय प्राप्त गरे । सलास रोमरले ३९.९७% मतसहित दोस्रो स्थान प्राप्त गरे भने इरेन साएज तथा अल्फारो युसेरो लगायत अन्य उम्मेदवारहरूले अत्यन्तै कम मत प्राप्त गरे ।[९७][१२३] अध्ययनकर्ताहरूले गरेको चुनावी विश्लेषण अनुसार चाभेजले मुख्यरूपमा विगत केही दशकदेखि जीवनस्तरमा व्यापक गिरावट झेल्दैआएका गरीव तथा अवसरविहीन मध्यमवर्गको मत प्राप्त गरेका थिए[१२४] भने अधिकांश मध्यमवर्ग तथा उच्च वर्गको मत सलास रोमरलाई गएको थियो ।[१२५] उनको चुनावी परिणाम घोषणा लगत्तै एक सम्बोधन मार्फत चाभेजले यस्तो घोषणा गरे- "भेनेजुएलाको पुनर्जिवन सुरू भएको छ, अब केही अथवा कसैले पनि यसलाई रोक्न सक्दैन"[१२३]

राष्ट्रपतिको रूपमा चाभेजः १९९९-२०१३[सम्पादन गर्ने]

प्रथम कार्यकाल २ फेब्रुअरी १९९९-१० जनावरी २००१[सम्पादन गर्ने]

चाभेजको राष्ट्रपतीय कार्यकालको सुरूवात २ फेब्रुअरी १९९९बाट भयो । राष्ट्रपति पदको सपथग्रहण समारोहमा सपथ खाँदै गर्दा सपथपत्रमा लेखिएकोभन्दा अघि बढ्दै चाभेजले भने- "म जनताका सामु कसम खान्छु कि, यो जीर्ण संविधानलाई म प्रजातान्त्रिकरूपमा यसरी परिवर्तन गर्नेछु कि नयाँ गणतन्त्रले एउटा म्याग्ना कार्टा पाउनेछ, जो वर्तमान परिप्रेक्षमा सान्दर्भिक हुनेछ ।" "[१२६][१२७] राष्ट्रपति पद सम्हाल्नासाथ चाभेजले धेरै सरकारी पदहरूमा नयाँ अनुहारलाई नियुक्त गर्न थाले, त्यस्तै धेरै वामपन्थी विचारधाराका कर्मचारीहरूको मुख्य पदमा बढुवा पनि गरे । उनले एमबिआरका स्थापनाकालिन सदस्य जिसस अर्दानेतालाई केन्द्रीय अनुसन्धान संस्था, बोलिभारियन इन्टेलिजेन्स सर्भिसको प्रमुख बनाइदिए भने सन् १९९२ को सैनिक विद्रोहका एक नेता हर्नान ग्रुबर अर्डेमनलाई फेडेरल डिस्ट्रिक्ट अफ काराकसको गभर्नर नियुक्त गरे ।[१२८] चाभेजले केही रूढिवादी, मध्यधारका तथा मध्य-दक्षिणपन्थी व्यक्तिहरूलाई पनि सरकारी कर्मचारीको रूपमा नियुक्त गरे, त्यस्तै क्याल्डेराका अर्थमन्त्री मारिट्जा इजाक्विरलाई पहिलाकै पदमा वहाली गरे भने व्यापारी रोबर्टो मन्दिनीलाई सरकारले सञ्चालन गरेको तेल कम्पनी पेट्रोलियोस दि भेनेजुएलाको प्रमुखको रूपमा नियुक्त गरे ।[१२९] चाभेजका आलोचकहरूले सरकारमा रहेको यो समूहलाई बोलिभारवादी बुर्जुवाको संज्ञा दिदै,[१३०][१३१] नागरिक प्रशासनमा अनुभव प्राप्त थोरै व्यक्ति सहभागी गरिएको तथ्यलाई महत्त्व दिएर प्रचार गरेका थिए ।[१२६] उनले धेरै राष्ट्रपतीय सुविधाहरूलाई कटौति गरे, राष्ट्रपतिले पाउने सुविधायुक्त गाडि पनि उनले लिएनन्, प्रत्येक महिना तलबको रूपमा पाउने १२०० अमेरिकी डलर पनि उनले एउटा छात्रवृत्ती कोषलाई प्रदानगरे,[१३२] र सरकारी स्वामित्वमा रहेका धेरै हवाइजहाजहरू पनि बेचिदिए । यद्यपी उनका आलोचकहरूले उनको, उनका परिवार तथा साथीहरूको व्यक्तिगत खर्च अत्याधिक भएको आरोप लगाउने गरेका थिए ।[१३३] उनको परिवारका धेरै सदस्यहरू भेनेजुएलाको राजनीतिमा समावेस भएका हुनाले उनलाई नातावादको पक्षपोषकको रूपमा पनि आलोचना गरिन्थ्यो तर यसलाई चाभेजले इन्कार गरेकाछन् ।[१३४] त्यतिनैबेला सन् २००० को जुनमा उनी दोस्री श्रीमती मारिसाबेलसँग पनि अलग भए र उनीहरूको सम्बन्धविच्छेदको प्रक्रिया सन् २००४ को जनावरीमा पूरा भयो ।[१३५]

सन् २००३ मा ब्राजिल भ्रमणको क्रममा ह्युगो चाभेज

राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नासाथ चाभेजले जनताकासामु अत्यन्तै क्रान्तिकारी परिवर्तनको आश्वासन दिएपनि सुरूका दिनहरूमा उनको सरकारले मध्यमार्गी, पूँजिवादी तथा मध्य-वामपन्थी नीति अबलम्बन गर्यो जुन ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको सरकार अथवा त्यतिबेलाका ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूभन्दा फरक थिएन ।[१३६][१३७] सुरूमा चाभेज पूँजिवाद अझैपनि भेनेजुएलाको लागि उपयुक्त आर्थिक नीतिको ढाँचा भएको, तर पूँजिवाद पनि पश्चिम युरोपमा प्रचलित अथवा दक्षिणपन्थी र वामपन्थी धारलाई मिलाएर बनाइएको तेस्रो बाटोलाई अबलम्बन गर्नु राम्रो हुने कुरामा विस्वास गर्थे । उनको विरोध यसभन्दा अगाडिका सरकारहरूले अमेरिकी उक्साहटमा आएर लागू गरेका नवउदारवादप्रति मात्र लक्षित थियो ।[१३८] उनले अन्तर्राष्ट्रिय मुद्राकोषले लागू गरेको आर्थिक दिशानिर्देशहरू पालना गरे र विदेशी लगानीकर्ताहरूलाई भेनेजुएलामा लगानीलाई निरन्तरता दिन हौसला प्रदान गरे ।[१३९] त्यसको लागि उनले अमेरिकामा रहेको न्युयोर्क स्टक एक्स्चेन्जको पनि भ्रमण गरी त्यहाँका पूँजीपति लगानीकर्ताहरूलाई भेटेर छलफल गरे ।[१४०][१४१] विदेशमा आफ्नो उपस्थिति देखाउन राष्ट्रपति बनेको पहिलो वर्ष नै बाउन्न दिन देश बाहिर बिताए । उक्त बाउन्न दिनमा उनले विभिन्न राष्ट्रहरूको भ्रमण गरी तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, टेक्सास राज्यका गभर्नर जर्ज डब्लु बुस तथा चीनिया प्रधानमन्त्री जियाङ जेमिन लगायत विभिन्न देशका प्रमुख नेताहरूसँग भेटघाट गरे ।[१४२]

आर्थिक रूपमा पूँजिवादी भएपनि चाभेजले भेनेजुएलाका गरिखाने वर्गका जनताको जीवनस्तर उकासेर गरीवी निवारण गर्नका लागि सरकारी स्तरबाट केही उल्लेख्य कदम चाले । उनले तत्काल 'प्लान बोलिभार २०००' नामक सामाजिक कल्याणकारी योजना लागू गरे । उक्त योजना काराकाजो हत्याकाण्डको दशौँ स्मृति दिवसको दिन सन् १९९९ को फेब्रुअरी २७ मा सुरू गरिएको थियो । ११३,०००,००० अमेरिकी डलर खर्च गरिएको प्लान बोलिभार २००० मा ७०,००० सैनिक अधिकारीहरूलाई पनि सहभागि गरिएको थियो । यस योजना अनुसार सैनिक अधिकारीहरू भेनेजुएलाभर फैलिएर सडक तथा अस्पतालहरू निर्माण गर्ने, जनतालाई निशुल्क स्वास्थ्य सेवा तथा खोप उपलब्ध गराउने र सस्तो मूल्यमा खाद्यसामग्री बेच्नेकाममा खटाइएका थिए ।[१४३][१४४][१४५] चाभेजले यो योजनालाई यसरी चिनाएका थिए "दश वर्ष पहिला हामी जनताको हत्या गर्न आयौं । अहिले हामी उनीहरूलाई मायाले भर्न गइरहेकाछौं । जाउ र भूमिलाई खोतलेर हेर, गरीवी तथा मृत्युलाई खोजेर नाश गर । हामी जनताहरूलाई नेतृत्व गर्न होइन मायाले भर्न जाँदैछौं ।"[१४६] भेनेजुएलाका जनताहरूलाई उनका विचार तथा योजनाहरूको बारेमा जानकारी दिन मे महिनामा उनले हेल्लो प्रेसिडेन्ट (Aló Presidente) नामक रेडियो कार्यक्रम पनि चलाए । प्रत्येक हप्ता आइतबार बिहान प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रम सरकारद्वारा सञ्चालित रेडियोमा प्रसारण हुन्थ्यो । त्यस्तै प्रत्येक हप्ता बिहीबार राति राष्ट्रपतिसँग साक्षात्कार (De Frente con el Presidente) कार्यक्रम पनि चलाईएको थियो । चाभेजले त्यसै वर्षको जुलाई महिनामा राष्ट्रपतिको सन्देश (El Correo del Presidente) नामक पत्रिका पनि प्रकाशित गरे जसमा उनी आफैं प्रधान सम्पादककोरूपमा काम गरेमा थिए । तर व्यबस्थापनमा भ्रष्टाचारको आरोप लागेका कारण यो पत्रिका केही समय पछि बन्द भयो ।[१४७] टेलिभिजन तथा रेडियो कार्यक्रमहरूमा चाभेजले नागरिकका जिज्ञाशाहरूको जवाफ दिने, नयाँ नीतिहरूको बारेमा छलफलगर्ने, गीत गाउने र चुट्किला भन्ने गर्दथे । यसरी जनतासामु प्रस्तुत भएर उनले ल्याटिन अमेरिकामात्र नभएर पूरै विश्वलाई छक्क पारे ।[१४८]

संवैधानिक सुधार[सम्पादन गर्ने]

सन् १९९९ मा चाभेजले भेनेजुएला भरका विभिन्न समुदायका प्रतिनिधि सहभागि हुने संविधान सभा गठनको लागि जनमतसंग्रहको आह्वान गरे । यो जनमतसंग्रहले आदिवासी जनजातिका प्रतिनिधिहरूलाई पनि समेटेर देशको लागि नयाँ संविधान पुनर्लेखनको काम गर्ने उनको योजनालाई मद्दत पुर्याउने विश्वास चाभेजले राखेका थिए । सन् १९९९ अप्रिल २५ तारिखका दिन जनमतसंग्रह सम्पन्न भयो जसले चाभेजको सफलतालाई सुनिश्चित गर्यो । चाभेजको योजनाको समर्थनमा ८८ % मत खस्यो ।[१४९][१५०]

ब्राजिलमा भएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा भेनेजुएलाको संविधानको पुस्तक बोकेका चाभेज

यस लगत्तै चाभेजले २५ जुलाईको लागि संविधान सभाको चुनावको घोषणा गरे । [१५१] उक्त चुनावमा कुल १,१७१ उम्मेदवार मध्ये ९०० जना चाभेजका विरोधिहरू थिए । तर उनका समर्थकहरूले यसपालाको चुनावमा पनि अप्रत्यासित नतिजा निकाल्दै विजय प्राप्त गरे । चाभेजका समर्थकहरूले कुल १२५ स्थानबाट विजय प्राप्त गरे जुन कुल स्थानको ९५ % हो । उनका समर्थक आदिवासी जनजातिका सबै प्रतिनिधिले चुनावमा सफलता प्राप्त गरे भने चाभेजका विरोधिहरू जम्मा ६ स्थानमा सिमित भए ।[१४९][१५२][१५३] सन् १९९९ को अगस्टमा संविधान सभाले मतदानबाट सरकारी संस्थानहरू खारेज गर्ने तथा भ्रष्टाचार वा व्यक्तिगत स्वार्थका लागि काम गरेको आरोप लागेका सरकारी अधिकारीहरूलाई निलम्बन गर्ने अधिकार प्राप्त गर्यो । यसका समर्थकहरूले यो अधिकार संविधान सभालाई गएपछि भ्रष्टाचारी राजनीतिज्ञ तथा कानुनी अधिकारीहरूले रोकेर राखेका सामाजिक सुधारका कार्यक्रमहरू अगाडि बढ्ने विश्वास लिएका थिए भने चाभेजको शासन विरोधीहरूले उक्त कदमले चाभेज र बोलिभारवादीहरूलाई विरोधीहरूमाथि प्रयोग गर्न अत्याधिक शक्ति प्रदान गरेकोले यो तानाशाही भएको आरोप लगाएका थिए ।[१५४][१५५]

संविधान सभाका सदस्यहरूले नयाँ संविधानलाई पूर्णता दिए र सन् १९९९ को डिसेम्बरमा नयाँ संविधान लागू गर्ने कि नगर्ने भन्ने विषयमा पुनः जनमतसंग्रह गरियो । जनमतसंग्रहले ५०% मतदाता उक्त विषयमा तटस्थ रहेको देखायो भने पक्ष विपक्ष लिनेहरूमध्ये ७२%ले नयाँ संविधानलाई कार्यान्वयन गर्ने पक्षमा मतदान गरे ।[१५३][१५६][१५७] नयाँ संविधानमा आदिवासी जनजाति तथा महिलाहरूका लागि आरक्षण, नागरिकहरूको स्वास्थ्य, शिक्षा, आवास तथा खानाको सुनिश्चितता आदि समेटिएको थियो । यसमा वातावरण संरक्षण तथा सरकारको अत्याधिक पारदर्शिताको आवश्यकता जस्ता नयाँ विषयहरू पनि समावेस गरिएका थिए । यसले राष्ट्रपतिको पाँच वर्षे कार्यकाललाई बढाएर छ वर्षे बनायो, जनमतसंग्रहबाट राष्ट्रपतिलाई पुनर्स्थापना गर्ने अधिकार जनतालाई प्रदानगर्यो र एउटै व्यक्ति दुई पटकभन्दा बढि राष्ट्रपति हुन नपाउने नयाँ व्यवस्था लागू गर्यो । उक्त संविधानले दुई सदनात्मक व्यवस्थापिकालाई परिवर्तन गरी एक सदनात्मक राष्ट्रिय सभाको व्यवस्था गर्यो । [१५८][१५९][१६०][१६१] यो संविधानले राष्ट्रपतिको कार्यकाल बढाएर तथा उनीहरूलाई पहिलाको संविधानमा व्यवस्था नभएका नागरिक अधिकार, अर्थव्यवस्था तथा अन्य आर्थिक कारोवारका विषयहरूमा कानुन निर्माण गर्ने अधिकार राष्ट्रपतिलाई दिएर अझ धेरै शक्तिशाली बनायो ।[१६२] यसले सेनालाई देश विकासमा लगानी गर्ने तथा नागरिक व्यवस्था कायम गर्ने भुमिका प्रदान गरी सरकारमा सेनाको भुमिका पनि सुनिश्चित गर्यो ।[१६२] पहिला गणतन्त्र भेनेजुएला भनेर चिनिने देशलाई चाभेजको विशेष अनुरोधमा सरकारको सिद्धान्तमा बोलिभारवाद र देशभर महान नेता सिमोन बोलिभारको प्रभाव झल्कने गरी नयाँ संविधानमा बोलिभारवादी गणतन्त्र भेनेजुएला (República Bolivariana de Venezuela) लेखियो । [१५२][१५३]

दोस्रो राष्ट्रपतीय कार्यकाल: १० जनावरी २००१-१० जनावरी २००७[सम्पादन गर्ने]

नयाँ संविधान जारी भएपछि सरकार र राष्ट्रपतिलाई वैधता दिन चुनाव गराउनु कानुनी रूपमा आवश्यक थियो । सन् २००० को जुलाईमा गरिएको राष्ट्रपतिको चुनाव भेनेजुएलाको महाचुनावको एक अंश थियो । उक्त महाचुनावमा भेनेजुएलाको इतिहासमै पहिलो पटक राष्ट्रपति, गभर्नरहरू, विभिन्न राज्य तथा क्षेत्रका प्रतिनिधिहरू, मेयर तथा परिषदका पदाधिकारीहरूको चुनाव एकै दिन भएको थियो । [१६३][१६४][१६५] राष्ट्रपति पदका लागि चाभेजका मुख्य प्रतिस्पर्धीका रूपमा सन् १९९२ को सैनिक हस्तक्षेपको योजना बनाउन उनकै सहयोगी रहेका फ्रान्सिस्को अरिअस कार्डेनस उभिएका थिए । एमबिआर-२०० छोडेर जुलिया राज्यको गभर्नरको रूपमा मध्यधारको राजनीतिमा प्रवेस गरेका उनले त्यहीबेलादेखि नै चाभेजलाई निरंकुस भएको आरोप लगाएका थिए ।[१६६] यसभन्दा अघिल्लो चुनावमा उनको समर्थन गरेका मध्यम वर्गीय जनता तथा रोमन क्याथोलिक चर्चसँग सम्बन्धित मानिसहरूले चाभेजलाई यसपाला समर्थन नगरेका कारण चाभेजका समर्थकहरू चुनावी नतिजासँग डराएका थिए तर उनी ५९.७६% (३७५७००) मत प्राप्त गर्दै दोस्रो राष्ट्रपतीय कार्यकालका लागि निर्वाचित भए जुन सन् १९९८ को चुनावी विजयभन्दा अधिक थियो । [१६७][१६८] यस पटक पनि उनको विजय भेनेजुएलाका गरीव वर्गका जनताहरूको समर्थनकै कारण सुनिश्चित भएको थियो ।[१६९]

त्यसै वर्ष चाभेजले फिडेल क्यस्ट्रोको क्युबाली सरकारसँग एक सम्झौता गरेर भूराजनीतिक तथा सैद्धान्तिक गठबन्धनलाई मजबुत बनाउन महत्त्वपूर्ण भुमिका खेले । उक्त सम्झौता अनुसार २०,००० तालिम प्राप्त स्वास्थ्यकर्मी तथा शिक्षकहरूको बदलामा भेनेजुएलाले क्युबालाई दैनिक ५३,००० ब्यारेल तेल सहुलियत दरमा उपलब्ध गराउनु पर्ने भयो । त्यस्तै त्यस लगत्तै आउने दशकमा त्यो मात्रा बढेर प्रतिदिन ९०,००० ब्यारेल तेल (४०,००० तालिम प्राप्त स्वास्थ्यकर्मी तथा शिक्षकहरूको बदलामा) भेनेजुएलाले क्युबालाई उपलब्ध गराउनु पर्ने थियो । उक्त सम्झौताले १९९० को दशक पार गर्दा त्यस क्याराबियन टापुको अर्थव्यवस्था तथा जीवनको गुणस्तरमा नाटकीय रूपमा सुधार ल्यायो त्यसैले उक्त दशकलाई "विशेष कालको" संज्ञा दिइएको छ ।[१७०] भेनेजुएला र क्युबाको यो बढ्दो सुमधुर सम्बन्धसँगै सन् २००१ को अन्त्यमा आउँदा भेनेजुएलाको अमेरिकासँगको सम्बन्ध चिस्सिँदै गयो । सन् २००१ सेप्टेम्बर ११ मा मुस्लिम आतंकवादीहरूले हवाइ हमला गरेको बदलामा अमेरिकी नेतृत्वमा अफगानिस्तान माथि भएको सैनिक हस्तक्षेपको चाभेजले कडा विरोध गरेका थिए । उनले आफ्नो टेलिभिजन कार्यक्रममा अमेरिकी बम हमलामा मारिएका बालबालिकाहरूको तस्विर देखाउँदै यस्तो टिप्पणी गरेका थिए-" ओसामा बिन लादेन वा अरू कोहीले गरेको आतंककारी हमलाको दोष यिनीहरूलाई कसरी लगाउन सकिन्छ ? चाभेजले अमेरिकी सरकारलाई निर्दोष जनताको हत्या बन्दगर्न आग्रह गर्दै आतंकवादको विरूद्धको लडाईं अर्को आतंक फैलाएर जित्न नसकिने धारणा सार्वजनिक गरेका थिए । यही टिप्पणीलाई अमेरिकी सरकारले नकारात्मक रूपमा लियो, जसलाई विश्भरका सञ्चारमाध्यामले महत्त्वकासाथ प्रकाशन तथा प्रसारण गरे ।[१७१]

चाभेजको दोस्रो कार्यकालमा विभिन्न सामाजिक अभियान लागू गरियो, ती मध्ये भेनेजुएलाबाट असाक्षरता हटाउने अभियान एक थियो ।

सन् २००० को महाचुनावमा राष्ट्रियसभाका कुल १६५ प्रतिनिधी मध्ये १०१ सिटमा चाभेजका समर्थकहरू विजयी भएका थिए । त्यसैले सन् २००१ को नोभेम्बरमा राष्ट्रियसभाले मतदान गरेर चाभेजलाई विभिन्न ४९ सामाजिक तथा आर्थिक अभियान लागू गर्न अनुमति दियो ।[१७२][१७३] यो कदमले चाभेजका विपक्षीहरूलाई अझै आक्रोशित बनायो [१६५]

एक्काइसौं सताब्दीको सुरूवातमा भेनेजुएला विश्वमै पाँचौं ठूलो कच्चातेलको निर्यातकर्ता राष्ट्र भइसकेको थियो । यसले देशको कुल निर्यातको ८५.३% ओगटेको थियो त्यसैले कच्चातेलको निर्यातले देशको अर्थव्यवस्था धानेको थियो ।[१७४][१७५] पहिलाका सरकारले तेल उद्योगहरूलाई निजी स्तरमै रहन दिएका थिए जसको सञ्चालनमा अमेरिकी निगमहरूको नियन्त्रण हुने गर्दथ्यो । तर चाभेजको सरकारले आफ्नो देशको प्राकृतिक सम्पदामाथिको विदेशी नियन्त्रणलाई सिमीत गर्दै धेरै तेल कम्पनीहरूलाई राष्ट्रियकरण गरेर सरकारी तेल कम्पनी पिडिभिएसए (Petróleos de Venezuela S.A.)को मातहतमा सञ्चालित हुने बनायो । सन् २००१ मा भेनेजुएलाको सरकारले नयाँ हाइड्रोकार्बन कानुन जारी गर्यो जसमार्फत सरकारले तेल उद्योगहरू माथि अझ नियन्त्रणको दाबी गर्न पाउने भयो । त्यसको लागि देशभरका निजी तेल कम्पनीहरूले सरकारी तेल कम्पनी पिडिभिएसएसँग मिलेर मात्र तेलको कारोबार गर्न पाउने व्यवस्था गरियो भने सञ्चालन वापत तिर्नुपर्ने रोयल्टी पनि बढाइयो । सन् २००६ सम्ममा नब्बेको दशकसम्म सम्पुर्ण रूपमा निजीस्तरमा सञ्चालनमा रहेका तेल उद्योगहरूलाई पिडिभिएसएको ५१% नियन्त्रण हुने गरी ३२ बुँदे सञ्चालन सम्झौतामा हस्ताक्षर गराइयो । [१७४]

तेस्रो राष्ट्रपतीय कार्यकाल: १० जनावरी २००७-१० जनावरी २०१३[सम्पादन गर्ने]

सन् २००६ को डिसेम्बरमा सम्पन्न राष्ट्रपति पदको चुनावमा ६३% मत प्राप्त गर्दै चाभेज पुनः विजयी भए । उक्त चुनावमा भेनेजुएलाका ७४% मतदाताले मतदानमा भाग लिएका थिए । यसपटक चाभेजका निकटतम प्रतिद्वन्द्वी म्यानुएल रोजालेस थिए, जसले चाभेजको विजय स्वीकार गरेका थिए ।[१७६] उक्त चुनावलाई अर्गनाइजेसन अफ अमेरिकन स्टेटस (OAS) तथा कार्टर सेन्टरले स्वतन्त्र तथा वैधानिक भएको प्रमाणित गरे ।[१७७][१७८][१७९] यो विजय पश्चात चाभेजले आफूले सुरू गरेको परिवर्तनलाई अझै फैलाउने प्रतिबद्धता व्यक्त गरे ।[१८०]

चौथो राष्ट्रपतीय कार्यकाल: १० जनावरी २००१३-५ मार्च २०१३[सम्पादन गर्ने]

चाभेजले सन् २०१२ अक्टोबर ७ मा राष्ट्रपतिको रूपमा चौथो पटक र ६ वर्षे राष्ट्रपतीय कार्यकालका लागि तेस्रो पटक चुनाव जिते । उनले निकटतम प्रतिद्वन्द्वी हेनरिक क्यप्रिलेसलाई ४५% का विरूद्ध ५४% मतले हराए जुन यसभन्दा अघि सन् २००६ मा भएको चुनावमा प्राप्त मतभन्दा कम थियो ।[३][१८१] यसपटकको चुनावमा हालसम्मकै सर्वाधिक ८०% मतदाता सहभागी भएका थिए जसका कारण दुई प्रतिस्पर्धीबीच ठूलो टक्कर हुने अनुमान गरिएको थियो ।[१८२] चाभेजलाई सधैं जस्तो भेनेजुएलाका तल्लो वर्गका जनताहरूको उल्लेख्य समर्थन प्राप्त थियो । चाभेजका प्रतिपक्षीहरूले उनलाई सरकारी ढुकुटीको व्यापक दुरूपयोग गर्दै चुनाव अघि उनको आधार इलाकामा रहेका तल्लो वर्गका जनताहरूलाई पैसा बाँडेको आरोप लगाएका थिए । [१८१]

चाभेजको नयाँ कार्यकालका लागि सपथग्रहणको कार्यक्रम सन्र २०१३ जनावरी १० का दिन तय गरिएको भएपनि त्यतीबेला क्युबामा उनको स्वास्थ्य उपचार चलिरहेका कारण चाभेज उक्त दिनमा भेनेजुएला फर्किन सकेनन् । राष्ट्रिय सभाका अध्यक्ष डिअसडाडो क्याबेलोले उक्त समारोहलाई स्थिगत गर्ने प्रस्ताव राखे र भेनेजुएली सर्वोच्च अदालतले पनि अौपचारिक कार्यक्रमविना नै अर्को कार्यकाल सञ्चालन गर्नसक्ने फैसला गर्यो । तर भेनेजुएली रोमन क्याथोलिकहरूको सम्मेलनले उक्त निर्णयको विरोध गर्दै, संविधानको अवज्ञा गरेको र चाभेजको स्वास्थ्य अवस्थालाई सरकारले पारदर्शी नगरेको आरोप लगाएका थिए ।[१८३]

कार्यकारी सरकारी अधिकारीहरूले चाभेजले हस्ताक्षर गरेको भन्दै विभिन्न आदेश सार्वजनिक गरे पनि विपक्षीहरूले चाभेज कुनै काम सम्हाल्नै नसक्नेगरी विरामी भएको र उक्त दस्तावेजहरू किर्ते भएको दावी गरे । केही समय अघि पानामी राजदूतबाट निलम्बित गुइलेर्मो कोइचेजले त डिसेम्बर ३१ तारिखदेखि नै चाभेजको मस्तिष्क मृत अवस्थामा पुगेको दावी गरे ।[१८४][१८५]

चाभेजको मृत्युका कारण उपराष्ट्रपति निकोलस मडुरोले राष्ट्रपतीय चुनावसम्मको लागि भेनेजुएलाको राष्ट्रपति पदको जिम्मेवारी लिए । तर भेनेजुएलाको संविधान अनुसार राष्ट्रपति पद खाली भएमा अन्तरिम सरकारको राष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष डिअसडाडो क्याबेलोले सम्हाल्नु पर्ने व्यवस्था छ ।[१८६]

मृत्यु[सम्पादन गर्ने]

सन्र २०१३ मार्च ५ तारिखमा उपराष्ट्रपति निकोलस मडुरोले सरकारी टेलिभिजनमार्फत भेनेजुएलाको स्थानीय समय अनुसार १६ बजेर २५ मिनेटमा (नेपाली समय राति १:४०) चाभेजको मृत्यु भएको घोषणा गरे ।[१८७] मडुरोले करिब दुई वर्षसम्म खतरनाक बिमारीसँग लडेका चाभेजको मृत्यु भएको उल्लेख गरेका थिए ।"[१८७] भेनेजुएली राष्ट्रपति सुरक्षा गार्डका अनुसार अत्याधिक हृदयघातका कारण चाभेजको मृत्यु भयो, त्यतीबेला उनको शरीरमा क्यान्सरले उग्ररूप लिएको थियो ।[१८८] जनरल जोसे अर्नेलाका अनुसार अन्तिम सास फेर्नु अघि ठूलो आवाजले बोल्न नसके पनि "Yo no quier morir, por favor no me dejen morir" (म मर्न चाहन्न, कृपया मलाई मर्न नदेऊ) भन्ने शब्द निकालेका थिए । [१८८] चाभेजको अन्त्येष्टि काराकसमा गर्ने योजना बनाइयो ।[१८९][१९०][१९१][१९२][१९३] चाभेजका चार सन्तान र चार नातिनातिनी थिए । [१९४]

उपराष्ट्रपति निकोलस मडुरो र अन्य चाभेजका समर्थकहरूले उनको बिमारी तथा मृत्युको पछाडि कसैको षड्यन्त्र भएको दावी गरेकाछन् । [१८७][१९५] मडुरोले चाभेजलाई सत्रुहरूले बिष खुवाएको वा संक्रमण गराइएको हुनसक्ने दावी गर्दै कुनै दिन यो कुराको वैज्ञानिक परीक्षणबाट पुष्टि हुने विश्वास व्यक्त गरे । तर मडुरोले यो कुरा चाभेजको क्यान्सर वा स्वासप्रस्वासको संक्रमण केलाई लक्षित गरेका थिए भन्ने खुलेको छैन । उक्त सम्बोधनका क्रममा मडुरोले भेनेजुएली सरकारको विरूद्धमा योजना बनाएको आरोप लगाउँदै अमेरिकी दुतावासका कर्मचारीलाई बलपुर्वक निष्कासन गर्ने घोषणा गरे ।[१९६][१९७][१९८][१९९][२००] चाभेज आफैंले पनि आफू अमेरिकी हत्या प्रयासको शिकार भएको दावी गरेका थिए । [२०१] तर उक्त आरोपलाई तत्काल अस्विकार गर्दै अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले यसलाई मुर्खताको संज्ञा दियो । [२०२] एक अर्जेन्टिनी डाक्टर एडुअर्डो क्याजापले बिबिसीसँगको एक अन्तर्वार्तामा क्यान्सर फैलाउने हतियारको प्रयोगको बारेमा भेनेजुएली सरकारको दावीलाई खण्डन गर्दै भनेका थिए-"हाम्रो शरीरले आफूलाई असर गर्न सक्ने तत्वहरूलाई ग्रहण नगर्ने क्षमता राख्छ, त्यसैले षड्यन्त्र गरेर शरीरमा क्यान्सर उत्पादन गर्ने हो भने लामो समयसम्म अत्याधिक मात्रामा विषाक्त खानाको प्रयोग गर्नु पर्ने हुन्छ ।"[२०३]

चाभेजको मृत्युसँगै ३० दिन भित्र राष्ट्रपतिको चुनाव गर्नुपर्ने संवैधानिक आवश्यकता आइपर्यो । भेनेजुएलाका तत्कालिन विदेशमन्त्रीले उपराष्ट्रपति मडुरोले नै अन्तरिम राष्ट्रपतिको कार्यभार सम्हाल्ने घोषणा गरे ।[२०४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Ian James (४ अक्टोबर २०१२), "Venezuela vote puts 'Chavismo' to critical test", Yahoo, अन्तिम पहुँच २ फेब्रुअरी २०१३ 
  2. २.० २.१ Charlie Devereux & Raymond Colitt. March 7, 2013. Venezuelans’ Quality of Life Improved in UN Index Under Chavez. Bloomberg. Retrieved: 7 March 2013. मानव विकास सूचाकाङ्क
  3. ३.० ३.१ "Venezuela's Chávez re-elected to extend socialist rule", Reuters, अन्तिम पहुँच ८ अक्टोबर २०१२ 
  4. Ellner 2002
  5. "Hugo Chavez: Memorable moments", BBC News, ६ मार्च २०१३, अन्तिम पहुँच १४ मार्च २०१३ 
  6. Chavez calls bush Satan
  7. Golinger, Eva (३० मार्च २००५), "Venezuela and Chavez Target of Bush Propaganda Campaign", Truthout, अन्तिम पहुँच १४ मार्च २०१३ 
  8. "US Attempts to Demonize and Destabilize Venezuela Will Not Work", Pravda, १० फेब्रुअरी २०१०, अन्तिम पहुँच १० मार्च २०१३ 
  9. Weisbrot, Mark (३ अक्टोबर २०१२), "Why the US demonises Venezuela's democracy", The Guardian, अन्तिम पहुँच १० मार्च २०१३ 
  10. Jones, Owen (६ मार्च २०१३), "Hugo Chavez was a democrat, not a dictator, and showed a progressive alternative to neo-liberalism is both possible and popular", अन्तिम पहुँच १० मार्च २०१३ 
  11. Virginia Lopez in Caracas, "Hugo Chávez names successor after confirming need for cancer surgery", Guardian, अन्तिम पहुँच २०१३-०२-०२ 
  12. "Chavez swearing-in delay legal, rules Venezuela Supreme Court", World.myjoyonline.com, २०१३-०१-०९, अन्तिम पहुँच २०१३-०३-०८ 
  13. Castillo, Mariano (५ मार्च २०१३), "Venezuelan leader Hugo Chávez dies", CNN, अन्तिम पहुँच ५ मार्च २०१३ 
  14. Cawthorne, Andrew (५ मार्च २०१३), "Venezuela's Hugo Chávez dies from cancer: VP", Reuters, अन्तिम पहुँच ५ मार्च २०१३ 
  15. Beaumont 2006.
  16. Marcano and Tyszka 2007. pp. 7–8, 247.
  17. Jones 2007. p. 21.
  18. Marcano and Tyszka 2007. pp. 08–09.
  19. Chávez quoted in Jones 2007. pp. 22, 25.
  20. Jones 2007. p. 24.
  21. Chávez quoted in Jones 2007. pp. 23, 25–26.
  22. Marcano and Tyszka 2007. pp. 07, 24–26.
  23. २३.० २३.१ २३.२ Cannon 2009. p. 55.
  24. Marcano and Tyszka 2007. p. 30.
  25. Jones 2007. p. 38.
  26. Jones 2007. pp. 49–50.
  27. Marcano and Tyszka 2007. p. 31.
  28. Marcano and Tyszka 2007. p. 35.
  29. Jones 2007. pp. 40–47.
  30. Marcano and Tyszka 2007. pp. 29–30.
  31. ३१.० ३१.१ Marcano and Tyszka 2007. p. 36.
  32. Chávez quoted in Jones 2007. p. 40-47.
  33. Jones 2007. pp. 52–53.
  34. Jones 2007. p. 54.
  35. Chávez quoted in Marcano and yszka 2007. pp. 36–37.
  36. "Hugo Chávez Frías / Venezuela / América del Sur / Biografías Líderes Políticos / Documentation / CIDOB home page", Cidob.org, २३ मार्च २०१२, अन्तिम पहुँच १४ अप्रिल २०१२ 
  37. Jones 2007. pp. 54–56.
  38. Marcano and Tyszka 2007. p. 37.
  39. Chávez quoted in Jones 2007 pp. 54–55.
  40. Marcano and Tyszka 2007. p. 38.
  41. Jones 2007. pp. 57–59.
  42. Jones 2007. p. 9.
  43. ४३.० ४३.१ Chávez, quoted in Jones 2007. p. 59.
  44. Marcano and Tyszka 2007. p. 39.
  45. ४५.० ४५.१ Marcano and Tyszka 2007. p. 41.
  46. Chávez, quoted in Jones 2007. pp. 60–64.
  47. Jones 2007. pp. 63–65.
  48. Wilpert 2007. p. 15.
  49. Cannon 2009. p. 54.
  50. Jones 2007. pp. 65–77.
  51. Jones 2007. p. 634.
  52. Marcano and Tyszka 2007. pp. 48–49, 56.
  53. Wilpert 2007. p. 16.
  54. Gott 2005. pp. 23–24.
  55. Cannon 2009. p. 56.
  56. Chávez, quoted in Jones 2007. p. 80.
  57. Chávez, quoted in Jones 2007. p. 81.
  58. Cannon 2009. p. 58.
  59. Jones 2007. pp. 83–85.
  60. Marcano and Tyszka 2007. pp. 51–53.
  61. Jones 2007. pp. 86–90.
  62. Jones 2007. pp. 92–93.
  63. Cárdenas, quoted in Jones 2007. pp. 92–93.
  64. Marcano and Tyszka 2007. p. 50.
  65. Jones 2007. p. 98-102.
  66. Jones 2007. p. 103.
  67. Jones 2007. pp. 105, 108.
  68. Cannon 2009. pp. 36–37.
  69. Kozloff 2006. pp. 43–44.
  70. Gibbs 2006. p. 270.
  71. Inter-American Court of Human Rights 1999.
  72. Pretel 2005.
  73. ७३.० ७३.१ Kozloff 2006. pp. 46–47.
  74. Marcano and Tyszka 2007. p. 55.
  75. Jones 2007. pp. 122–123, 126.
  76. ७६.० ७६.१ Cannon 2009. pp. 55–56.
  77. Marcano and Tyszka 2007. p. 64.
  78. Gott 2005. p. 64.
  79. Gott 2005. p. 63.
  80. ८०.० ८०.१ Sylvia and Danopolous 2003. p. 66.
  81. Gott 2005. p. 69.
  82. Jones 2007. pp. 131–155.
  83. Chávez quoted in Jones 2007. p. 157.
  84. Gott 2005. p. 23.
  85. Jones 2007. p. 157.
  86. Marcano and Tyszka 2007. p. 75.
  87. International Crisis Group 2007. p. 04.
  88. Gott 2005. p. 67.
  89. O'Keefe 2005.
  90. Cannon 2009. p. 41.
  91. Marcano and Tyszka 2007. pp. 75–77.
  92. International Crisis Group 2007. pp. 04–05.
  93. Marcano and Tyszka 2007. pp. 91–92.
  94. Jones 2007. pp. 161–165.
  95. Marcano and Tyszka 2007. p. 95.
  96. Tarver and Frederick 2005. p. 167.
  97. ९७.० ९७.१ Cannon 2009. p. 37.
  98. Marcano and Tyszka 2007. pp. 104–105.
  99. Jones 2007. pp. 177–181.
  100. Marcano and Tyszka 2007. pp. 107–108.
  101. Jones 2007. pp. 182–186.
  102. Jones 2007. pp. 187–188.
  103. Marcano and Tyszka 2007. pp. 235–236.
  104. Jones 2007. pp. 190–191, 219.
  105. Marcano and Tyszka 2007. pp. 214–215, 220.
  106. Jones 2007. pp. 192–95.
  107. Jones 2007. pp. 195–198.
  108. Cannon 2009. pp. 35–36.
  109. [[#Can09|Cannon 2009] p. 48.
  110. Marcano and Tyszka 2007. p. 116.
  111. Jones 2007. pp. 202–203.
  112. Marcano and Tyszka 2007. p. 119.
  113. Jones 2007. p. 204.
  114. ११४.० ११४.१ Cannon 2009. p. 59.
  115. Wilpert 2007. pp. 01–02.
  116. Jones 2007. pp. 205–207.
  117. "Chávez's onstitutional reform; A hard look at the rationale & proposals", Latin America Weekly Report, 12 January 1999, Venezuela; Politics; WR-99-02; P. 18
  118. Jones 2007. p. 214.
  119. Trinkunas, Harold; Jennifer McCoy (February १९९९), "Observation of the 1998 Venezuelan Elections: A Report of the Council of Freely Elected Heads of Government" (PDF), Carter Center, पृ: p. 49, अन्तिम पहुँच ३० डिसेम्बर २००६  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता); |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  120. Sylvia and Danopolous 2003. p. 67.
  121. Jones 2007. p. 218.
  122. Jones 2007. pp. 220–223.
  123. १२३.० १२३.१ Jones 2007. p. 223.
  124. Wilpert 2007 pp. 18–19.
  125. Cannon 2009. pp. 41–42.
  126. १२६.० १२६.१ Marcano and Tyszka 2007. p. 127.
  127. Jones 2007. p. 226.
  128. Jones 2007. p. 229.
  129. Jones 2007. p. 230.
  130. Marcano and Tyszka 2007. p. xx.
  131. Romero 2010.
  132. Jones 2007. p. 234.
  133. Marcano and Tyszka 2007. pp. 151–153, 250–251.
  134. Marcano and Tyszka 2007. pp. 250–255.
  135. Marcano and Tyszka 2007. p. 243.
  136. Wilpert 2007 p. 03.
  137. Ellner 2005.
  138. Sackur and Chávez 2010.
  139. Marcano and Tyszka 2007. pp. 148–149.
  140. Kozloff 2006. p. 61.
  141. Jones 2007. pp. 234–236.
  142. Marcano and Tyszka 2007. p. 154.
  143. Gott 2005. pp. 178–179.
  144. Kozloff 2006. pp. 83–84.
  145. Marcano and Tyszka 2007. p. 138.
  146. Chávez quoted in Jones 2007. p. 231.
  147. Marcano and Tyszka 2007. pp. 193–195.
  148. Jones 2007. p. 237.
  149. १४९.० १४९.१ Marcano and Tyszka 2007. p. 130.
  150. Jones 2007. p. 238.
  151. Jones 2007. p. 239.
  152. १५२.० १५२.१ Jones 2007. p. 240.
  153. १५३.० १५३.१ १५३.२ International Crisis Group 2007. p. 05.
  154. Jones 2007. p. 241.
  155. Belos 1999.
  156. Kozloff 2006. p. 94.
  157. Cannon 2009. pp. 61–62.
  158. Wilpert 2007. pp. 31–41.
  159. Wilpert 2003.
  160. "Bolivarian Constitution of Venezuela", Embassy of Venezuela in the US, २०००, अन्तिम पहुँच ३० डिसेम्बर २००६ 
  161. International Crisis Group 2007. pp. 05–06.
  162. १६२.० १६२.१ International Crisis Group 2007. p. 06.
  163. Marcano and Tyszka 2007. p. 140.
  164. Kozloff 2006. p. 88.
  165. १६५.० १६५.१ Cannon 2009. p. 63.
  166. Cannon 2009. p. 42.
  167. Marcano and Tyszka 2007. p. 141.
  168. Ramírez 2005. p. 79.
  169. Cannon 2009. pp. 42–44.
  170. Kozloff 2008. pp. 23–24.
  171. Marcano and Tyszka 2007. pp. 208–209.
  172. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named InternationalCrisisGroup07
  173. Marcano and Tyszka 2007. p. 143.
  174. १७४.० १७४.१ Kozloff 2008. pp. 18–23.
  175. Cannon 2009. p. 32.
  176. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Cannon2009 64
  177. International Crisis Group 2007. p. 01.
  178. BBC News 2006.
  179. "Chávez wins Venezuelan election", Gulf News, ४ डिसेम्बर २००६, अन्तिम पहुँच ३० डिसेम्बर २००६ 
  180. Ireland On-Line. j=203189624&p=zx3y9x33x Chávez promises more-radical turn toward socialism. (4 December 2006). Retrieved 4 December 2006.
  181. १८१.० १८१.१ "Venezuelan President Hugo Chávez wins another 6-year term, electoral council says", Fox News Channel, ८ अक्टोबर २०१२, अन्तिम पहुँच ३० डिसेम्बर २०१२ 
  182. "Chávez Wins a Third Term in Venezuela Amid Historically High Turnout", NYT, ७ अक्टोबर २०१२, अन्तिम पहुँच ८ अक्टोबर २०१२ 
  183. "Church warns Venezuela govt on constitution", France 24, Agence France-Presse, ७ जनवरी २०१३, मूलबाट ११ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०१३ 
  184. "Nuevos rumores de muerte para Hugo Chávez", Univision Communications Inc., २७ फेब्रुअरी २०१३, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३  (स्पेनी)
  185. "Former envoy claims Venezuela's Chávez is dead", PanARMENIAN.Net, २८ फेब्रुअरी २०१३, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३ 
  186. "Even after death, Hugo Chavez gets his choice of successor", National Post, अन्तिम पहुँच ६ मार्च २०१३ 
  187. १८७.० १८७.१ १८७.२ "Venezuelan President Hugo Chávez dead, VP says", Foxnews.com, Associated Press, अन्तिम पहुँच २०१३-०३-०७ 
  188. १८८.० १८८.१ Associated Press. March 07, 2013.Heart attack killed a suffering Hugo Chavez, head of Venezuela's presidential guard says. FOX News. Retrieved: 9 March 2013.
  189. http://www.telegraph.co.uk/news/worldnews/southamerica/venezuela/9780372/Hugo-Chavez-dies.html, अन्तिम पहुँच २०१३-०३-०६  |title= रितो (सहायता)[dead link]
  190. "Venezuelan President Hugo Chávez dead, VP says", Fox News, २०१३-०३-०५, अन्तिम पहुँच २०१३-०३-०५ 
  191. Frank Bajak (२०१३-०३-०५), "Hugo Chávez, Fiery Venezuelan Leader, Dies at 58", ABC News, अन्तिम पहुँच २०१३-०३-०५ 
  192. Jonathan Watts (२०१३-०३-०५), "Hugo Chávez, president of Venezuela, dies in Caracas", the Guardian, अन्तिम पहुँच २०१३-०३-०५ 
  193. Kraul, Chris, "Venezuelan strongman Hugo Chávez dead after struggle with cancer", latimes.com, अन्तिम पहुँच २०१३-०३-०५ 
  194. Associated, The, "Chavez Family", Npr.org, अन्तिम पहुँच २०१३-०३-०७ 
  195. "Hugo Chávez, Venezuelan President, Dead at 58", ABC News, अन्तिम पहुँच ५ मार्च २०१३ 
  196. "Venezuela Expels 2 US Diplomats; Vice President Claims Hugo Chávez was Poisoned | Fox News Latino", Latino.foxnews.com, अन्तिम पहुँच २०१३-०३ -०५ 
  197. "Venezuelan VP: Chávez was Poisoned – Latest News Briefs", Israel National News, अन्तिम पहुँच २०१३-०३-०५ 
  198. Cawthorne, Andrew, "Venezuela's Hugo Chávez dies from cancer", Reuters, अन्तिम पहुँच २०१३-०३-०५ 
  199. "Hugo Chávez, Venezuela's Anti-U.S. Socialist Leader, Dies at 58", SFGate, अन्तिम पहुँच २०१३-०३-०५ 
  200. "Venezuela accuses enemies of Chávez plot – This Just In – CNN.com Blogs", News.blogs.cnn.com, अन्तिम पहुँच २०१३-०३-०५ 
  201. "FOX News Confirms: Venezuelan President Hugo Chávez Dies " FOX News Radio", Radio.foxnews.com, अन्तिम पहुँच २०१३-०३-०५ 
  202. "S rejects Venezuela's conspiracy claims", AFP, ५ मार्च २०१३, अन्तिम पहुँच ५ मार्च २०१३ 
  203. Alexander, Ruth (जनवरी १४, २०१२), "Hugo Chavez's US 'cancer plot' put to the numbers test", BBC News, अन्तिम पहुँच मार्च ७, २०१३ 
  204. "FOREIGN MINISTER: VP MADURO IS INTERIM PRESIDENT", Associated Press, अन्तिम पहुँच ६ मार्च २०१३