ऐश्वर्या राय बच्चन[२] (जन्म: १ नोभेम्बर १९७३) एक भारतीय अभिनेत्री,मोडेल तथा पूर्व मिस वोर्ल्ड हुन । उनले अभिनय जीवनमा प्रवेश गर्नु पूर्व १९९४मा विश्व सुन्दरीको ताज जितेकी थिईन । ऐश्वर्याले हिन्दी, अङ्ग्रेजी, तमिल, तेलगु र बङ्गाली भाषाका ४० भन्दा बढि चलचित्रहरूमा अभिनय गरी सकिन ।
एेश्वर्याले १० पटक फिल्मफेयर अवार्डको नोमिनेसन प्राप्त गरिसकेकी छिन् । यीमध्ये दुईवटामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिकि छिन् । उनले १९९९ मा हम दिल दे चुके सनमर २००२ मा देवदासबाट यो अवार्ड जितेकी हुन् ।[३][४][५] २००९ मा उनले पद्म श्री अवार्ड प्राप्त गरिन् । भारतीय नागरिकले भारतीय सरकारबाट प्राप्त गर्ने यो चौथो ठूलो अवार्ड हो । कला क्षेत्रमा उनले पुर्याएको योगदान स्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको हो ।[६][७] २०१२ मा उनले फ्रान्सबाट प्राप्त हुने अवार्ड पनि जितेकी थिइन् ।[६]