मीना कुमारी
स्वरूप
मीना कुमारी | |
---|---|
जन्म | माहजबीं बानो अगस्ट १, १९३३ मुम्बई, बम्बे प्रेसिडेन्सी, ब्रिटिस भारत |
मृत्यु | मार्च ३१, १९७२ मुम्बई, महाराष्ट्र, भारत | (उमेर ३८)
उचाइ | 5' 3" |
मीना कुमारी (१ अगस्ट १९३२ - ३१ मार्च १९७२) भारतकी एक प्रसिद्ध अभिनेत्री थिइन् । उनलाई खासगरि दुखान्त चलचित्रमा उनको यादगार भूमिकाहरूको लागि याद गर्ने गरिन्छ । सन् १९५२ मा प्रदर्शित भएको चलचित्र बैजू बावराबाट उनी निक्कै लोकप्रिय भइन ।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]मीना कुमारीको वास्तविक नाम माहजबीं बानो थियो र उनी मुम्बईमा जन्मेकी थिइन् । उनको पिता अली बक्श पनि चलचित्रमा र रङ्गमन्चको प्रसिद्ध कलाकार थिए । मीनाकी आमा प्रभावती देवी (पछि इकबाल बानो), पनि एक प्रसिद्ध नृत्यांगना र अदाकारा थिइन् जसको सम्बन्ध टैगोर परिवारसँग थियो ।
नामांकन र पुरस्कार
[सम्पादन गर्नुहोस्]- १९६६ - फिल्मफेयर उत्कृष्ट अभिनेत्री पुरस्कार - काजल
- १९६३ - फिल्मफेयर उत्कृष्ट अभिनेत्री पुरस्कार - साहिब बीबी और ग़ुलाम
- १९५५ - फिल्मफेयर उत्कृष्ट अभिनेत्री पुरस्कार - परिनीता
- १९५४ - फिल्मफेयर उत्कृष्ट अभिनेत्री पुरस्कार - बैजू बावरा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "महजबीं नहीं होती तो शायर बनती "ट्रेजेडी क्वीन" मीना कुमारी", पत्रिका समाचार समूह, १ अगस्त २०१४, अन्तिम पहुँच १ अगस्त २०१४।
वाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- मीना कुमारीको जीवनी (अङ्ग्रेजीमा) वेब्याक मेसिन अभिलेखिकरण २००५-०२-०६ मिति
- मीना कुमारीको रचनाहरू कविताकोशमा वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-०४ मिति