फिल्मफेयर पुरस्कार
फिल्मफेयर पुरस्कार | |
---|---|
[[File:|40px|alt=]] ६०औ फिल्मफेयर पुरस्कार | |
![]() पुरस्कारको ट्रफी | |
पुरस्कृत (कारण) | चलचित्र क्षेत्रमा उत्कृष्ट उपलब्धि |
देश | भारत |
प्रस्तुतकर्ता | फिल्मफेयर |
प्रथम पुरस्कृत | १९५३ |
वेबसाइट | www |
Television/radio coverage | |
सञ्जाल | सोनी इन्टरटेनमेन्ट टेलिभिजन (भारत) (२०००-वर्तमान) |
फिल्मफेयर पुरस्कार भारतको व्यावसायिक हिन्दी भाषा चलचित्र उद्योग अन्तर्गत कलात्मक र प्राविधिक क्षेत्रमा उत्कृष्टतालाई सम्मान गर्ने उद्देश्यले टाइम्स ग्रुप द्वारा प्रत्येक वर्ष यसको आयोजन गरिन्छ । फिल्मफेयर पुरस्कार समारोह भारतीय चलचित्र इतिहासको सबैभन्दा पुरानो र प्रमुख घटनाहरू मध्ये एक हो । यसको सुरुवात सबैभन्दा पहिले सन् १९५४ मा भएको हो जब राष्ट्रिय चलचित्र पुरस्कारको पनि स्थापना भएको थियो । [१][२][३][४] पुरस्कार जनताको मत र ज्युरी सदस्यहरूको मतको आधारमा प्रत्येक वर्ष बितरण गर्ने गरिन्छ ।
इतिहास[सम्पादन गर्नुहोस्]
यसको प्रारम्भ फिल्मफेयर पत्रिकामा लोकप्रिय अभिनेता र अभिनेत्रीहरूमाथि गराइएको पाठकहरूको मतदानद्वारा सन् १९५३ मा भएको थियो । त्यस समय लगभग २०,००० पाठकहरूले यसमा भाग लिएका थिए । २१ मार्च १९५४ मा भएको पहिलो पुरस्कार समारोहमा मात्र पाँच लाख पुरस्कार राखिएको थियो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Mishra, Vijay, Bollywood Cinema: A Critical Genealogy, Victoria University of Wellington, पृ: ९, अन्तिम पहुँच २०११-०२-२४।
- ↑ Mehta, Monika (२००५), "Globalizing Bombay Cinema: Reproducing the Indian State and Family", Cultural Dynamics 17 (2): 135–154 [145], डिओआई:10.1177/0921374005058583।
- ↑ Boltin, Kylie (Autumn २००३), "Saathiya: South Asian Cinema Otherwise Known as 'Bollywood'", Metro Magazine: Media & Education Magazine (136): 52–5, आइएसएसएन 0312-2654।
- ↑ Filmfare history from dnnworld.com
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
