भूमि पेडनेकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भूमि पेडनेकर
Bhumi Pednekar
पेडनेकर सन् २०१९ मा 'सोनचिडिया' प्रचार गर्दै
जन्म (1989-07-18) १८ जुलाई १९८९ (उमेर ३४)
बम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकालसन् २०१५ – वर्तमान

भूमि पेडनेकर (जन्म १८ जुलाई १९८९) एक भारतीय अभिनेत्री हुन्। उनी मुख्य रूपमा हिन्दी चलचित्रहरूमा अभिनय गर्ने गरेकी छिन्। यश राज फिल्म्समा ६ वर्षसम्म सहायक कास्टिङ निर्देशकको रूपमा काम गरेपछि, उनले कम्पनीद्वारा निर्माण गरिएको प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र 'दम लगा के हइसा' (सन् २०१५) मा अधिक वजन भएकी दुलहीको रूपमा अभिनय जीवनको सुरुवात गरेकी थिइन्। यस चलचित्रमा उनको दमदार अभिनयको कारणले उनलाई सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार दिलाएको थियो।

पेडेनेकर हास्य नाटक चलचित्र 'ट्वाइलेट: एक प्रेम कथा' (सन् २०१७), 'शुभ मङ्गल सावधान' (सन् २०१७), 'बाला' (सन् २०१९), र 'पति पत्नी और वो' (सन् २०१९) जस्ता चलचित्रमा अभिनय गरेर लोकप्रिय भएकी थिइन्।[१] 'सान्ड की आँख' (सन् २०१९) मा सत्तरी वर्षकी बुजुर्ग निसानाबाज महिला चन्द्रो तोमरको वास्तविक जीवनलाई चलचित्र भूमिकामा उत्कृष्ट तरिकाले पेश गरे वापत उनले सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर समीक्षक पुरस्कार जितेकी थिइन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

पेडनेकरको जन्म बम्बई (वर्तमान मुम्बई) मा सन् १९८९ जुलाई १८ मा भएको थियो।[२][३] उनी मराठी र हरियाणवी मूलकी हुन्। उनका बुबा सतीश महाराष्ट्रका पूर्व गृह तथा श्रम मन्त्री थिए र उनकी आमा सुमित्राले उनको पतिको मुखको क्यान्सरबाट मृत्यु भएपछि सुर्तीजन्य पदार्थ विरोधी कार्यकर्ताको रूपमा काम गरेकी थिइन्।[४][५] उनले जुहूको आर्य विद्या मन्दिरबाट स्कूली शिक्षा गरेकी थिइन्।[६] १५ वर्षको उमेरमा, उनका आमाबुबाले उनको लागि ह्विसलिङ वुड्स इन्टरनेसनलमा अभिनय अध्ययन गर्नका लागि अध्ययन ऋण लिएका थिए, तर कम उपस्थितिको कारण उनलाई बाहिर निकालिएको थियो।[४] डेढ बर्षभित्रै, उनले यश राज फिल्म्समा सहायक चलचित्र निर्देशकको रूपमा सम्मिलित भएकी थिइन् र आफ्नो परिवारले उनको अध्ययनको लागि लिएको ऋण चुक्ता गरेकी थिइन्।[४] उनी शानो शर्माको नेतृत्वमा ६ बर्ष यशराज फिल्म्समा काम गरेकी थिइन्।[६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dubey, Rachana (१६ अक्टोबर २०१९), "Bhumi Pednekar: I don't mind being the face of small-town India, it is home to beautiful stories", The Times of India, अन्तिम पहुँच २७ डिसेम्बर २०१९ 
  2. "Bhumi Pednekar is not throwing a big bash for her 30th birthday. Here is why", India Today, १७ जुलाई २०१९। 
  3. "15 women of courage share their inspiring stories", India Today, ११ जुन २०१५, मूलबाट २२ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१६ 
  4. ४.० ४.१ ४.२ Khandekar, Omkar (२७ डिसेम्बर २०१९), "Bhumi Pednekar: 'As I get more successful, I realize how sexist the world is'", Mint, अन्तिम पहुँच २७ डिसेम्बर २०१९ 
  5. Raja, Aditi (५ अक्टोबर २०१२), "Ex-minister's wife takes on gutka manufacturers", India Today, अन्तिम पहुँच २७ डिसेम्बर २०१९ 
  6. ६.० ६.१ Presenting Dum Laga Ke Haisha's leading lady Bhumi Pednekar, the slim-fit version वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०१६ मिति, Retrieved 26 January 2015.
  7. ‛Lose it' like Bhumi Pednekar! वेब्याक मेसिन अभिलेखिकरण २६ नोभेम्बर २०१५ मिति, Bhumi Pednekar has shared "the fun little things" she did to lose weight.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]