ट्विङ्कल खन्ना
ट्विंकल खन्ना | |
---|---|
![]() भारतीय अभिनेत्री ट्विंकल खन्ना | |
जन्म | टीना जतिन खन्ना २९ डिसेम्बर १९७४ पुणे, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री, |
कार्यकाल | १९९५–२००१ |
जीवनसाथी | अक्षय कुमार (२००१–वर्तमान) |
सन्तान | २ (१ छोरा , १ छोरी) |
मातापिता | राजेश खन्ना (बुबा) डिम्पल कपाडिया (आमा) |
आफन्त | रिंकी खन्ना (बहिनी) सिंपल कपाडिया (काकी) |
ट्विंकल खन्ना (जन्म २९ डिसेम्बर १९७३[१][२]; अङ्ग्रेजी:Twinkle Khanna) एक भारतीय लेखक तथा पूर्व अभिनेत्री हुन्। अभिनेता डिम्पल कपाडिया र राजेश खन्नाको छोरी, उनले सन् १९९५ मा फिल्म बर्षातबाट प्रमुख भूमिकामा अभिनय गर्दै आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन। उनले जान (१९९६), जब प्यार किसीसे होता है (१९९८), बादशाह (१९९९), र लभ के लिए कुछ भी करेगा (२००१) जस्ता फिल्महरूमा मुख्य अभिनेत्रीको रूपमा अभिनय गरेपछि अभिनय क्षेत्र छोडिन्।
खन्नाले सन् २००१ मा अभिनेता अक्षय कुमारसँग विवाह गरिन्। केही वर्ष उनले इन्टेरियर डिजाइनको क्षेत्रमा काम गरिन् र पछि विचार स्तम्भ लेख्न थालिन्। लेखकको रूपमा उनले मिसेस फनीबोन्स (२०१५) नामक गैर-आख्यान पुस्तक, द लिजेन्ड अफ लक्ष्मी प्रसाद (२०१६) नामक कथासंग्रह, तथा पाइजामाज आर फर्गिभिङ (२०१८) र वेलकम टु प्याराडाइज (२०२३) नामक उपन्यासहरू लेखेकी छिन्।
जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Das, Tina (२२ डिसेम्बर २०२३), "Twinkle Khanna is fun, fearless and 50. Her Delhi book launch was all about ladies who laugh", ThePrint, मूलबाट २२ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०२३।
- ↑ "Twinkle Khanna reveals she had 'existential crisis' on the thought of turning 50: It is tougher for women to age", Hindustan Times, ११ डिसेम्बर २०२३, मूलबाट २१ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०२३।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
- इन्टरनेट चलचित्र डेटाबेसमा ट्विङ्कल खन्ना
- ट्विङ्कल खन्ना ट्विटरमा
- Twinkle Khanna at Bollywood Hungama