सामग्रीमा जानुहोस्

फिलिप ह्यूज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिलिप ह्यूज
व्यक्तिगत जानकारी
नामफिलिप जोएल ह्यूज
जन्म(१९८८-११-३०)३० नोभेम्बर १९८८
न्यु साउथ वेल्स, अस्ट्रेलिया
मृत्यु२७ नोभेम्बर २०१४(2014-11-27) (उमेर २५)
सिड्नी, न्यु साउथ वेल्स, अस्ट्रेलिया
उपनामहगसे, लिटिल डन[]
उचाई१७० सेमी (५ फिट ७ इन्च)[]
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते अफ ब्रेक
भूमिकाशिर्ष क्रम बल्लेबाज, प्रतिस्थापन विकेटकिपर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४०८)२६ फेब्रुअरी २००९ विरुद्ध दक्षिण अफ्रिका
अन्तिम टेस्ट१८ जुलाई २०१३ विरुद्ध  इङ्ल्यान्ड
ओडिआई पहिलो खेल (क्याप १९८)११ जनवरी २०१३ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१२ अक्टोबर २०१४ v पाकिस्तान
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक६४
घरेलु टोली जानकारी
वर्षटिम
२००७-२०१२न्यु साउथ वेल्स क्रिकेट टोली
२००९मिडीलसेक्स काउन्टी क्रिकेट क्लब
२०१०ह्याम्पसायर काउन्टी क्रिकेट क्लब
२०११-२०१२सिड्नी थन्डर
२०१२वार्सेस्टरसायर काउन्टी क्रिकेट क्लब
२०१३-२०१४दक्षिण अस्ट्रेलिया क्रिकेट टोली
२०१२-२०१४एडिलेड स्ट्राइकरस
२०१३-१४मुम्बई इन्डियनस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआई प्रथम ए क्रिकेट
खेल २६ २५ ११४ ९१
कुल रन १,५३५ ८२६ ९,०२३ ३,६३९
ब्याटिङ औसत ३२.६५ ३५.९१ ४६.५१ ४७.२५
१००/५० ३/७ २/४ २६/४६ ८/२३
शीर्ष अङ्क १६० १३८* २४३* २०२*
कुल बल २४
विकेट
बलिङ औसत
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ
क्याच/स्टम्प १५/– ५/– ७२/– ३०/–
स्रोत: क्रिकेटआर्चिभ, २५ नोभेम्बर २०१४

फिलिप जोएल ह्यूज (३० नोभेम्बर १९८८  – २७ नोभेम्बर २०१४) एउटा अस्ट्रेलियाली क्रिकेट खेलाडी हुन्। उनी बायाँ हाते शीर्ष क्रमका ब्याट्सम्यान थिए जो अस्ट्रेलियाकातर्फबाट अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने गर्दथे। उनले आफ्नो टेस्ट क्रिकेटको सुरुवात सन् २००९ मा २० वर्षको उमेरमा गरेका थिए।[]

अन्तर्राष्ट्रिय क्यारीयर

[सम्पादन गर्नुहोस्]

उनी अस्ट्रेलियाका एउटा राम्रा ब्याट्सम्यान थिए जसको प्रमाण उनले आफ्नो क्रिकेट जीवनको दोस्रो टेस्टमै दिएका थिए जब उनले दक्षिण अफ्रिका को बिरुद्ध डरबन को तेज रफ्तार पिचमा मात्र २० वर्षको उमेरमा आफ्नो पहिलो शतक (११५ रन) बनाएका थिए। यस शतकले ह्यूजलाई अस्ट्रेलियाको सबैभन्दा कम उमेरमा शतक हिर्काउने खेलाडीको सूचीमा राखेको थियो। त्यसै म्याचको अर्को इनिङमा उनले फेरि शतक (१६० रन) बनाए जसको मद्दतले अस्ट्रेलियाले दक्षिण अफ्रिका जस्तो प्रतिद्वन्दीलाई १७५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। ह्यूज क्रिकेट इतिहासमा सबैभन्दा कम उमेरमा टेस्ट क्रिकेटको दुवै इनिङमा शतक बनाउने खेलाडी बन्न पुगे। सन् २०१३ जनवरी ११ मा ह्यूजले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का को बिरुद्ध शतक बनाएर क्रिकेट इतिहासमा अस्ट्रेलियाको तर्फबाट खेल्दै आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा शतक बनाउने पहिलो खेलाडी बने।[]

सन् २०१४ नोभेम्बर २५ मङ्गलबार सिड्नीको एसजीसी क्रिकेट मैदानमा घरेलु क्रिकेट शेफिल्ड शिल्ड प्रतियोगितामा साउथ अस्ट्रेलिया र न्यु साउथ वेल्सको म्याचमा ह्युज ६३ रन बनाएर खेल्दै थिए जुन बेला उनलाई शन एबटको बाउन्सरले घांटीमा लाग्न पुग्यो र तत्कालै उनी अचेत भएर लडे र बेहोस भए। उनलाई अस्पताल लगियो र त्यहाँ उनको गहन चिकित्सा विभागमा शल्यक्रिया गरियो। २०१४ नोभेम्बर २७ तारिखमा निधन भएको थियो। सन् २०१४, डिसेम्बर ३ तारिखमा उनलाई गृहजिल्ला म्याक्सविल, अस्ट्रेलियामा अन्तिम संस्कार गरियो।[] सन् २०१४ नोभेम्बर २७ मा अचेत अवस्थामै उनको मृत्यु भयो।[]

टेस्ट क्रिकेट

[सम्पादन गर्नुहोस्]

प्रत्येक टोली विरुद्ध प्रदर्शन

[सम्पादन गर्नुहोस्]
विरुद्धम्याचइनिङअविजितरनसर्वाधिक१००५०औषत
 इङ्ल्यान्ड१३२३७८१*१९.७५
 भारत१४७६९१८.३७
 न्युजिल्यान्ड१४७८६*२९.४०
 दक्षिण अफ्रिका१०५३२१६०५३.२०
 श्रीलङ्का१०४३५१२६४३.५०
जम्मा२६४९१,५३५१६०३२.६५
फिलिप ह्यूज टेस्ट शतक
क्र.स.स्कोरम्याचविरुद्धसहर/देशस्थानवर्ष
११५ दक्षिण अफ्रिकाडरबन, दक्षिण अफ्रिकाकिङ्गस्मीड क्रिकेट ग्राउन्ड२००९
१६० दक्षिण अफ्रिकाडरबन, दक्षिण अफ्रिकाकिङ्गस्मीड क्रिकेट ग्राउन्ड२००९
१२६१३ श्रीलङ्काकोलम्बो, श्रीलङ्कासिङहालीज स्पोर्ट्स क्लब ग्राउन्ड२०११

एकदिवसीय अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]

एक दिवसीय अंतर्राष्ट्रिय शतक

[सम्पादन गर्नुहोस्]
फिलिप ह्यूज एक दिवसीय अंतर्राष्ट्रिय शतक
क्र.स.स्कोरम्याचविरुद्धसहर/देशस्थानवर्ष
११२ श्रीलङ्कामेलबर्न, अस्ट्रेलियामेलबर्न क्रिकेट ग्राउन्ड२०१३
१३८* श्रीलङ्काहोबार्ट, अस्ट्रेलियाबेलेरीभ ओभल२०१३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Craddock, Robert, "Phillip Hughes is liked by fellow pros for his uncomplaining attitude when things go wrong", foxsports.com.au, अन्तिम पहुँच २८ नोभेम्बर २०१४
  2. "Phillip Hughes", cricket.com.au, Cricket Australia, अन्तिम पहुँच १५ जनवरी २०१४
  3. "Boofa goes from bushie to Blue", Fox Sports News, अन्तिम पहुँच ४ डिसेम्बर २००७
  4. "Remembering Phillip Hughes: His greatest batting performances", The Daily Telegraph (Australia), २७ नोभेम्बर २०१४, अन्तिम पहुँच २८ नोभेम्बर २०१४
  5. "फिलिप ह्यूज रहेनन्", अनलाईन खबर, अन्तिम पहुँच २७ नोभेम्बर २०१४
  6. "घाइते क्रिकेट खेलाडी फिलिप ह्युजको निधन", नागरिक न्यूज, अन्तिम पहुँच २७ नोभेम्बर २०१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]