जवाहर लाल नेहरू पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जवाहर लाल नेहरू पुरस्कार भारत सरकार द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो, यो पुरस्कारको स्थापना सन् १९६५ मा गरिएको हो । जवाहर लाल नेहरू पुरस्कार भारतीय सांस्कृतिक सम्बन्ध परिषद् ( Indian council for cultural relation) द्वारा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय समझदारी र शान्तिका लागि समर्पित व्यक्तिलाई प्रदान गरिन्छ ।[१]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

भारतीय भूतपुर्व प्रधानमन्त्री जवाहर लाल नेहरुको स्मृतिमा सन् १९६५ देखि प्रदान गर्न थालिएको हो ।

जवाहर लाल नेहरू पुरस्कार राष्ट्रियता, जाति, धर्म वा लिङ्ग लाई मध्यनजर नगरी सबै व्यक्तिहरूलाई प्रदान गरने गरिन्छ । तर यो पुरस्कार कुनै पनि सङ्घ, संस्था वा सङ्गठन लाई प्रदान गरिएको छैन । पुरस्कारको लागि सिफारिस गरिएको समयको ठीक ५ वर्ष भित्र गरिएको, पुरस्कारको मर्म अन्र्तगत पर्ने कुनै कार्य गरेको हुनुपर्छ । तर यो पुरस्कार कुनै पनि सङ्घ, संस्था वा सङ्गठन लाई प्रदान गरिएको छैन । पुरस्कारको लागि सिफारिस गरिएको समयको ठीक ५ वर्ष भित्र गरिएको, पुरस्कारको मर्म अन्र्तगत पर्ने कुनै कार्य गरेको हुनुपर्छ । तर पुराना कार्यलाई पनि विचार गरेर पुरस्कार प्रदान गरिन्छ यदि त्यस्तो कार्यको महत्त्व अहिलेको समयमा पनि समाप्त नभएको भए । यदि परस्तावित वा सिफारिस गरिएका व्यक्तिहरु मध्ये कोहि पनि पुरस्कारको लागि स्वीकार योग्य नभएको खण्डमा निर्णायक मण्डलले त्यो वर्ष पुरस्कार रोक्न सक्छ । जवाहर लाल नेहरू पुरस्कार कुनै उच्च पदमा आसीन सरकारी वा गैरसरकारी व्यक्तिलाई मात्र नभएर कुनै पनि व्यक्ति जसले अन्तर्राष्ट्रिय समझदारी र शान्तिका लागि काम गरेको हुन्छ त्यस्ता व्यक्तिलाई यो पुरस्कार प्रदान गरिन्छ । सिफारिस भएको व्यक्तिले गरेको कार्य कुनै ठाउँमा प्रकाशित भएको हुनुपर्ने हुन्छ । पुरस्कारको लागि स्वीकार योग्य हुन अर्को कुनै व्यक्तिले सिफारिस गरिएको व्यक्तिको क्षमता र समाजमा पारेको प्रभाव लाई उल्लेख गरेर सिफारिस गर्नु पर्छ ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

जवाहर लाल नेहरू पुरस्कारको राशि भारु. २५ लाख रहेको छ । पुरस्कारमा नगद २५ लाख भारतीय रुपैया र प्रसंसा पत्र प्रदान गरिन्छ । सन् १९८६ मा जवाहर लाल नेहरू पुरस्कारबाट सम्मानित कोहि पनि भएन । त्यस्तै गरी सन् १९९६ देखि सन् २००२ सम्म मा पुरस्कारबाट सम्मानित कोहि पनि भएन ।

प्राप्तकर्ता[सम्पादन गर्नुहोस्]

जवाहर लाल नेहरू पुरस्कार सन् १९६५ मा तत्कालीन संयुक्त राष्ट्र सघंका महासचिव ऊ थान्तलाई प्रदान गरिएको थियो । जवाहर लाल नेहरू पुरस्कार नेपालका समाजसेवी तुलसी मेहर श्रेष्ठलाई सन् १९७७ मा प्रदान गरिएको थियो । नेपालबाट जवाहर लाल नेहरू पुरस्कार पाउने एक मात्र व्यक्ति तुलसी मेहर श्रेष्ठ हुन् । जवाहर लाल नेहरू पुरस्कार सम्म पाउने व्यक्तिहरूको सूची तल दिइएको छ ।

  • सन् १९६५: ऊ थान्ट
  • सन् १९६६: डा. मार्टिन लूथर किंग, जूनियर, (मरणोपरान्त)
  • सन् १९६७: खान अब्दुल गफ्फार खान,
  • सन् १९६८: येहुदी मेनुहिन
  • सन् १९६९:आंद्रे मेलरॉक्स
  • सन् १९७०: केनेथ कुंडा,
  • सन् १९७१ जोसिप बरोजÞ टिटो,
  • सन् १९७२ मदर टेरेसा,
  • सन् १९७३ जूलियस न्येरेरे,
  • सन् १९७४ राउल प्रेबिस्च,
  • सन् १९७५ जोनास सा‘ल्क,
  • सन् १९७६ ग्यूसेप तुक्की,
  • सन् १९७७ तुलसी मेहेर्जी श्रेष्ठ,
  • सन् १९७८ निचिदात्सू फुजी,
  • सन् १९७९ नेल्सन मंडेला,
  • सन् १९८० बारबरा वार्ड,
  • सन् १९८१ अल्वा और गुन्नार म्यर्दल,
  • सन् १९८२ लेओपोल्ड सदर सेंघोर,
  • सन् १९८३ ब्रुनो क्रेइस्क्य,
  • सन् १९८४ इंदिरा गांधी, (मरणोपरान्त)
  • सन् १९८५ ओलोफ पाल्मे, (मरणोपरान्त)
  • सन् १९८७ जेविएर पेरेज डे क्यूलार,
  • सन् १९८८ यासिर अराफÞात,
  • सन् १९८९ रा‘बर्ट मुगाबे गाब्रिएल,
  • सन् १९९० हेल्मुट कोल,

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

जवाहर लाल नेहरू पुरस्कार हिन्दी मा