आमोदप्रसाद उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आमोदप्रसाद उपाध्याय

मोरङ, आमगाछीका पुराना राजनीतिकर्मी आमोदप्रसाद उपाध्याय मोरङ क्षेत्र नं. १बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। आधा शताब्दी अघि राजनीति शुरु गरेका ७४ वर्षीय उपाध्याय २०५६ सालको संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उहाँ पुनर्स्थापित व्यवस्थापिका-संसदमा समेत क्रियाशील हुनुहुन्थ्यो। २०५१ सालमा राष्‍ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देदि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री रहनुभयो। राजनीतिक संघर्षका क्रममा पटक-पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवन समेत बिताउनुभएको छ। हाल उहाँ नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य हुनुहुन्छ। भारतबाट राजनीतिशास्त्रका स्नातक उपाध्याय दुई छोरा, एक छोरीका पिता हुनुहुन्छ। समाजसेवा र अध्ययनमा विशेष रुचि राख्‍ने उहाँका लेख-रचना लामो समयदेखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। जनतासँगको निकट सम्बन्ध र नेपाली कांग्रेसको समाजवाद तथा बहुदलीय लोकतन्त्रप्रतिको प्रतिबद्धताले आफूलाई संविधानसभा निर्वाचनमा विजयी बनाएको उहाँको आकलन छ। सभासद उपाध्यायले संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका प्रमुख दुई मुद्दा हुन् - क. सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, ख. राज्यको पुनः संरचना गर्ने।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]