विकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१६ (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकी लभ्स मोन्युमेन्ट्स
Wiki Loves Monuments
विकी लभ्स अमोन्युमेन्ट्सको लोगो
मिति(हरू)सन् २०१६
आरम्भसन् २०१६ सेप्टेम्बर १
समाप्तिसन् २०१६ सेप्टेम्बर ३०
सक्रिय वर्ष
उद्घाटन२०१३
हालैकोविकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१९ (नेपाल)
पछिल्लो संस्करणविकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१५ (नेपाल)
सहभागीहरूफोटोग्राफरहरू
आयोजनकर्ताविकिपिडियन

विकी लभ्स मोन्युमेन्ट्स (WLM) अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्छन् । सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पहिलो विकी लभ्स मोन्युमेन्ट्स प्रतिस्पर्धा पायलट परियोजनाको रूपमा नेदरल्याण्डमा सन् २०१० मा आयोजना गरिएको थियो । अर्को वर्ष यो प्रतियोगिता युरोपको अन्य देशहरूमा फैलियो, गिनिज बुक अफ वर्ल्ड रेकर्डसको अनुसार सन् २०११ को विकी लभ्स मन्युमेन्ट संस्करणले सबैभन्दा ठूलो फोटोग्राफी प्रतियोगिताको रेकर्डलाई तोड्यो भनेर पुष्टि गरेको थियो ।

नेपालले इसं २०१३ देखि विकी लभ्स मोन्युमेन्ट्समा सहभागिता जनाउदै आएको छ । यस प्रतियोगितामा नयाँ वा पेशेवर फोटोग्राफरहरू जो-सुकैले सहभागी हुन पाइन्छ ।

आयोजक राष्ट्रहरू
  • सुरू मिति: ०१ सेप्टेम्बर २०१६
  • अन्तिम मिति : ३० सेप्टेम्बर २०१६
  1. नविन सापकोटा- संयोजक
  2. बिजय चौरसिया
  3. विजय कुमार श्रेष्ठ
  4. मोहन दुवाल
  5. सन्तोष राज पाठक

प्रतियोगिताको नियमहरू[सम्पादन गर्नुहोस्]

विकी लभ्स मोन्युमेन्ट्स प्रतियोगितामा भाग लिने राष्ट्र तथा फोटोग्राफर दुवैको लागि नियमहरू एकदमै सरल रहेको छ । विकी लभ्स मोन्युमेन्ट्स फोटो प्रतियोगितामा विभिन्न पुरातात्विक धरोहर स्थलहरूको तस्वीर खिचेर भाग लिन सकिन्छ । कुनै देशको पुरातत्व विभागले धरोहरस्थल घोषित गरेका धरोहरका तस्वीरहरू प्रतियोगितामा सामेल गर्ने गरिन्छ । सहभागीले फोटो सिधै विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन । सहभागीले यदि पहिले देखि आफ्नो खाता बनाएको छ भने त्यस खाताबाट फोटो अपलोड गर्न सक्छ यदि खाता बनाएको छैन भने खाता बानाउनु आवश्यक हुन्छ किनभने खाता नभइकन फोटो अपलोड हुदैन । यस प्रतियोगितामा जहिलेसुकै खिचेका तस्वीर पनि अपलोड गर्न मिल्छ विशेष गरी पुराना तस्वीरहरू महत्वपूर्ण हुनछन् । फोटो सेप्टेम्बर महिना भरी अपलोड गर्न मिल्छ र फोटोहरू लाईसेन्स मुक्त तथा CC-by-SA 4.0 को मातहतमा हुनुपर्दछ ।

उत्कृष्ट १० तस्वीरहरु[सम्पादन गर्नुहोस्]

स्थान तस्वीर योगदानकर्ता नोट:
१.
Roshan Raj Adhikari
२.
Dinesh Shrestha
३.
Ajay Maharjan
४.
Bijay K. Shrestha
५.
Gerd Eichmann
६.
Bijay K. Shrestha
७.
Bijay K. Shrestha
८.
AngeshRathi
९.
Gerd Eichmann
१०.
Bijay K. Shrestha

प्रतियोगिताको लिङ्क[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

प्रतियोगिताको तथ्याङ्क[सम्पादन गर्नुहोस्]