मेल डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेल डटकम
व्यवसायको प्रकारवेब मेल
साइटको प्रकार
वेबमेल प्रदायक
उपलब्ध भाषाअङ्ग्रेजी, स्पेनी, फान्सेली, रूसी, पोर्चुगाली, रोमानियाली
मुख्यालयहरूचेष्टरबुक, पेन्सिलभेनिया, अमेरिका
सेवा क्षेत्रविश्वव्यापी
उद्योगइण्टरनेट
अभिभावकसंयुक्त इण्टरनेट
युआरएलमेल.कम
विज्ञापनहो
दर्ताहो
चालु भएको मिति१९९५; २९ वर्ष अघि (१९९५)

मेल डट कम एक वेब पोर्टल तथा वेबमा आधारित एक ई-डाँक सेवा प्रदायक हो जून जर्मनेली इण्टरनेट कम्पनी युनाइटेड इण्टरनेटको स्वामित्वमा रहेको छ। यसले समाचार लेख र श्रव्य दृश्य र असीमित भण्डारणको साथ नि: शुल्क वेब डाँक अनुप्रयोगको प्रदान गर्दछ।[१]

विशेषता[सम्पादन गर्नुहोस्]

मेल डटकमले ई-डाँकहरूका लागि असीमित भण्डारण, २०० भन्दा बढी डोमेनहरूको छनौट, अनलाइन फाइल भण्डारण, अन्य खाताहरूबाट ई-डाँक सङ्कलन (जसले प्रदान गरिएको हालको सेवाहरूको लागि भुक्तानी गर्दछ), आयोजक, फेसबुक एकीकरण, स्पाम र भाइरसहरूबाट सुरक्षाको प्रस्ताव गर्दछ।[२]

डोमेनहरू[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ताहरूले भौगोलिक स्थान, व्यवसाय, विश्वास र रुचिहरू जस्तै बुमा डटकम, कन्सलट्याण्ट डटकम, एकाउण्टेण्ट डटकम इन्जिनियर डटकम, र क्याटलभर डटकम सहित आफ्नो व्यक्तिगत ई-डाँक ठेगानाहरूको लागि २०० भन्दा बढी डोमेनहरूको छनौट गर्न सक्दछन्। [३]

भण्डारण[सम्पादन गर्नुहोस्]

मेल डटकमले आफ्ना प्रयोगकर्ताहरूलाई ई-डाँकहरूकम लागि असीमित भण्डारण साथै २ गिगाबाइट सम्मको अनलाइन फाइल भण्डारण प्रदान गर्दछ।[४]

आयोजक[सम्पादन गर्नुहोस्]

आयोजकले प्रयोगकर्ताहरूलाई कार्य तालिका र कार्यक्रमहरू सञ्चालन गर्न अनुमति दिन्छ। डेस्कटप आयोजक अनुप्रयोगहरूमा जस्तै, प्रयोगकर्ताले अनुस्मारकहरू निर्माण, पाहुनाहरूलाई आमन्त्रण र तथ्याङ्क आयात र निर्यात गर्न सक्दछन्

मोबाइल ग्राहकहरू[सम्पादन गर्नुहोस्]

मेल डटकमले एन्ड्रोइड र आइओएसको लागि अनुप्रयोगहरू प्रदान गर्दछ।

निष्क्रियता[सम्पादन गर्नुहोस्]

मेल डटकमले ६ महिनाको लागि निष्क्रिय भएका नि: शुल्क खाताहरूलाई बन्द र मेटाउँदछ। मेटाइएको नि: शुल्क ई-डाँका खाता र यसमा समावेश डाटा पुन: प्राप्ति गर्न कुनै तरिकाहरू हाल सम्म उपलब्ध छैन।[५][६]

इतिहास[सम्पादन गर्नुहोस्]

मेल डट कम सुरुमा सन १९९५ मा भ्यानिटी मेल सेवाको रूपमा गठन गरिएको थियो (संयुक्त नाम ग्लोबेकम निगम)।[७] यसलाई जेराल्ड गोर्मन, लुफकिन र जेनेट र ग्यारी मिलिनले संयुक्त रूपमा हार्वर्ड व्यापारीक विद्यालयका विद्यार्थीको रहेको बेलामा स्थापना गरेका थियो।[८]

कुल ५४४ डोमेनहरूलाई दर्ता र प्रवर्द्धन गर्नका लागि उनीहरूले अधिक गोर्मनको सम्पत्तिको खर्च गरेका थिए र पछि उनीहरूले अन्य कम्पनीहरूबाट डोमेन नाम खरीद गर्न सुरु गरेका थिए।[९]

एक समय कम्पनीले अनुमानित १,२०० भन्दा बढी डोमेनको नियन्त्रण गरेका थिए जसमा वर्ल्ड डटकम, युएसए डटकम, इण्डिया डटकम, युरोप डटकम, एसिया डटकम, डाक्टर डटकम, साइण्टिष्ट डटकम, र लवेर डटकम आदी समावेश छ।[१०] आइनेम ब्राण्डको स्वामित्वमा रहेको डोमेनबाट वार्षिक डोमेन दर्ता शुल्क तिर्न पैसा जुटाउनका लागि उनीहरूले मानिसहरूलाई भ्यानिटी डोमेन ई-डाँक सेवाहरू प्रस्ताव गरेका थिए र पछि उनीहरूले अन्य डोमेनहरूका मालिक, र इण्टरनेट सेवा प्रदायकहरूको तर्फबाट डाँक सेवाहरूको सञ्चालन गर्न थालेका थिए। कम्पनीले सन् १९९९ मा क्रोसर डटकम, लण्डन डटकम र इङ्ल्याण्ड डटकमलाई २० लाख अमेरिकी डलरमा बेचेका थिए।[११]

सन् १९९९ सम्ममा कम्पनीले प्रिमस क्यापिटल  कोष र साइकमोर भेञ्चर्सबाट उद्यमका लागि आवश्यक वित्त जुटाएको थियो र पछि यसले नाम परिवर्तन गरी मेल डटकम राखेको थियो। जून १९९९ मा यसले प्रारम्भिक सार्वजनिक प्रस्तावको सञ्चालन गरेको थियो। सन् २००० सम्ममा यसले १४.६ मिलियन ई-डाँक खाताहरूलाई समर्थन गरेको थियो जुन प्राय: नि: शुल्क र लाभ रहित थियो। यसले मेल डटकम डोमेन र उपभोक्ता ई-डाँक सेवाको विभागलाई नेट टु फोनमा बेचेको थियो र यसले आफ्नो नाम इजी लिङ्कमा परिवर्तन गरेको थियो।[१२] स्विफ्ट दूरसञ्चार प्राप्ति पछि अप्रिल २००१ मा व्यवस्थित फाइल आदन प्रदान सेवामा ध्यान केन्द्रित गर्न यसले आफ्नो व्यवसायिक कार्यहरूमा परिवर्तन ल्याएको थियो।[१३]

सन् २००४ मा रोगर पेन्स्केका छोरा, जे पेन्स्के कम्पनीमा आवद्ध भएका थिए। उनी अङ्किय प्रकाशन समूहको रूपमा कार्यरत एक इण्टरनेट सेवा कम्पनी भेलोसिटि सर्भिसका प्रमुख कार्यकारी अधिकृत बनेका थिए।[१३] कम्पनीले मेल डटकम डोमेनको अधिग्रहण गर्दै यसलाई सन् २००७ मा नयाँ सेवाको रूपमा पुन: सुरु गरेको थियो। यसको अभिभावक कम्पनी मेल डटकम मिडियाले डेडलाइन हलिउड , मुभिलिन र ब्वाई जीनियस जस्ता वेबसाइटहरूको अधिग्रहण गरेको थियो। [१४][१५][१६]

सेप्टेम्बर २०१० मा, मेल डटकम मिडियाले मेल डटकमलाई युनाइटेड इण्टरनेटमा बिक्री गरेको थियो जसले जिएमएक्स मेलमा एकीकृत गर्ने उद्देश्य राखेको थियो। यसमा अवस्थित खाताहरू  जहाँ पनि पहुँच गर्न सकिन्छ।[१७]

सेप्टेम्बर २०१३ को सुरूमा, मेल डटकमले म्याड्रिड डटकम, लण्डन डटकम र टोकियो डटकम ठेगानाका सबै खातावालाहरूलाई इ-डाँक गर्दै उनीहरूले अब उप्रान्त २८ सेप्टेम्बर २०१३बाट इ-डाँक पठाउन वा प्राप्त गर्न सक्षम नहुने जनाएको थियो।[१८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Tsotsis, Alexia, "Mail.com Media Sells Mail.com To United Internet Group", टेक क्रञ्च डटकम, अन्तिम पहुँच २४ अप्रिल २०१७ 
  2. "mail.com", Facebook.com, अन्तिम पहुँच २४ अप्रिल २०१७ 
  3. "mail.com more than 200 domains", Mail.com, अन्तिम पहुँच २४ अप्रिल २०१७ 
  4. "Secure & free webmail features for your mails", Mail.com, अन्तिम पहुँच २४ अप्रिल २०१७ 
  5. "mail.com TOS; 2. Term and Termination, clause 2.4" 
  6. "Know When Your Mail.com Account Will Expire" 
  7. "EasyLink Services Corp. To Appear on MN1.com", M2 Communications (press release), ६ सेप्टेम्बर १९९६। 
  8. Andrea Peterson (११ फेब्रुअरी १९९९), "Mail.com Intends to Profit by Giving Away Its Product", Wall Street Journal। 
  9. Lawson, Stephen (२८ मार्च २०००), "Mail.com Buys Chinese Portal, Plans World.com", ComputerWorld, अन्तिम पहुँच १ अगस्ट २०१७ 
  10. Michael Bociurkiw (२०००-०६-०२), "Mail.com Shouldn't Stay Master of Its Domains", Forbes। 
  11. Stephanie Gruner (१९९९-०६-१७), "European Firms Pay Big Money to Obtain '.Com' Domain Names", Wall Street Journal। 
  12. Larry Barrett (३० जुन १९९९), "Mail.com surges on ISP deals", cnet। 
  13. १३.० १३.१ Gwendolyn Mariano (२००१-०६-२१), "Outages delay Mail.com service", cnet। 
  14. "Mail.com to Acquire Swift Telecommunications, Including AT&T's EasyLink", internetnews.com, २००१-०२-२१। 
  15. Faith Keenan (२००१-०७-०४), "On the Third Try, a Dot-Com Charm?", Business Week। 
  16. "Mail.com Changes Corporate Name and Identity to EasyLink Services Corporation", Easylink (press release), २ अप्रिल २००१। 
  17. Shipnuck, Alan (जुलाई १२, २००४), "Hitting Cleanup", Sports Illustrated 101 (2): ८९, अन्तिम पहुँच २६ अक्टोबर २०१७ 
  18. Amit Chowdhry (२००८-१०-२२), "Quadrangle Capital, WI Harper Group, and Novel TMT Ventures Delivers $35 Million to Mail.com", Pulse2, मूलबाट २०१४-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-१०-०७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]