कनैया कुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कनैया कुमार
जन्म (1987-01-02) २ जनवरी १९८७ (उमेर ३७)
राष्ट्रियताभारतीय
शिक्षाभारतीय जवारलाल नेरु विश्वविद्यालय (विद्यावारिधी)[१]
संस्थान
गृहनगरबरौनी, बिगुसराई, बिहार
राजनीतिक दलभारतिय राष्ट्रिय काङ्ग्रेस

कनैया कुमार जवारलाल नेरु विश्वविद्यालय विद्यार्थी युनियनका पूर्व अध्यक्ष, अखिल भारतीय छात्र परिषद्का राष्ट्रिय अगुवा र भारतिय कम्युनिस्ट पार्टीका कार्यकारी सदस्य रहेका कन्यैया हाल भारतिय राष्ट्रिय काङ्ग्रेसमा आबद्ध छ्न । फेब्रुअरी 2016 मा jnu मा अफजल गुरुको फासिको बिरोधमा छात्र संघको एक बिरोध र्यालिमा राष्ट्रबाद बिरोधी नारा लगाएको आरोपमा मुद्दा चलाईयो । तर यो प्रमाणित हुन सकेन पछि उनी धरौटीमा छुटे । बिहार टु तिहार उनिद्वारा लिखित किताब प्रकाशित छ ।[२] उनले फेब्रुअरी २०१९ मा विद्यावारिधी हासिल गरेका हुन् ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

कनैया कुमारको जन्म जनवरी १९८७ को बिहार को बिगुसराई जिल्लामा भएको थियो । कुमारका बाबुका नाम जयशङ्कर सिङ हो । उनका आमाको नाम मिना देवी हुन् भने उनका दाजु मनिकान्त आसाममा एक कम्पनीमा सुभरभाइजर छन् । उनका परिवारका सदस्य पहिले देखि नै कम्युनिस्ट पार्टीको समर्थक रहेका छन् ।

मध्य विद्यालय मसन्दपुर, बिहारमा कक्षा ६ सम्म पढेका थिए र पछि आर के सी स्कुलमा भर्ना भएका थिए । उनले सन् २००२ मा कक्षा १० पास गरेका थिए । पछि, राम रटन सिङ कलेजबाट उनले कक्षा ११ र १२ मा विज्ञान विषय लिई अध्ययन गरे । उनले सन् २००७ मा डिग्री र सन् २०१९ मा विद्यावारीधी हासिल गरेका हुन् ।

राजनीति[सम्पादन गर्नुहोस्]

कलेज हुदाँ नै उनको विद्यार्थी राजनीतिमा संलग्नता थियो । उनी अखिल भारतीय छात्र परिषदमा संलग्न भए र पटनाका गोष्ठीका लागि प्रतिनिधि पनि बने । उनको नालान्दा खुल्ला विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर रहेको छ । उनको जवरलाल नेरु विश्वविद्यालयबाट नै अप्रिकी अध्ययनमा विद्यावारिधी रहेको छ ।

सन् २०१६ अक्टोबरमा उनको पुस्तक बिहार टु तिहार: मइ पोल्टिकल जोर्नी नामक पुस्तक प्रकाशन भएको थियो ।

२९ अप्रिल २०१८ मा उनी भारतीय कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए र सन् २०१९ मा उक्त पार्टीको कार्यकारी परिषदको सदस्यमा चुनिएका थिए । हाल उनी भारतीय राष्ट्रिय काङ्ग्रेसमा आबद्ध रहेका छ्न

विवाद[सम्पादन गर्नुहोस्]

सन् २०१९ फेब्रुअरी १२ मा उनलाई प्रहरीद्वारा पक्राउ गरिएको थियो । भारतीय संविधानको धारा 120 A (अपाराधिक संलग्नता), 124 A (राज द्रोह) लगाई उनको विरुद्ध मुद्दा दायर गरिएको थियो । उनले आफू माथि लागेको सम्पूर्ण आरोपको खण्डन गरेका थिए । उनले आफुले देशको द्रोही ठहरिने कुनै पनि शब्द नबोलेका कुरा सोधपुछमा बताएका थिए । छात्र संघको बिरोध र्यालिको तोडमरोड गरि अफबाह फैलाइयो । परन्तु न्यायालयमा उपयुक्त प्रमाण पेश गर्न प्रहरी प्रशासन असक्षम रह्यो र उनी धरौटीमा छुटे ।

हमला[सम्पादन गर्नुहोस्]

१० मार्च २०१६, १५ मार्च २०१६ मा गरी बेला बेला उनलाई हमलाहरू भएका थिए ।

२०१९ लोक सभा चुनाव[सम्पादन गर्नुहोस्]

उनले बेगुसाराइबाट भारतीय कम्युनिस्ट पार्टीबाट चुनावमा उम्मेदवार बन्ने अवसर पाएका थिए । उक्त मतदानमा उनले कुल मतदानबाट २२.०३% भोट प्राप्त गरेका थिए । उनको हारको बारे आजतक को अन्तर्वटर्तामा उनले यो चुनावमा आफुले हार्नु केही नभएको, आफुले धनी र ठुलाको विरोधको लडाइँमा साथ पाएको र यही नै प्रजातन्त्रको सन्देश भएको, बताएका थिए ।

प्रकाशन[सम्पादन गर्नुहोस्]

किताब[सम्पादन गर्नुहोस्]

  • बिहार टु तिहार: माइ पोलिटिकल जोर्नी

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Kanhaiya Kumar’s PhD done, he wants to be a professor", "द टाइम्स अफ इन्डिया", 15 फेब्रुअरी 2019
  2. https://www.nationalheraldindia.com/india/kanhaiya-kumar-elevated-to-cpis-top-decision-making-body नेसनल हेरल्ड इन्डिया

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]