कनैया कुमार
कनैया कुमार | |
---|---|
![]() | |
जन्म | २ जनवरी १९८७ |
राष्ट्रियता | भारतीय |
शिक्षा | भारतीय जवारलाल नेरु विश्वविद्यालय (विद्यावारिधी)[१] |
संस्थान | |
गृहनगर | बरौनी, बिगुसराई, बिहार |
राजनीतिक दल | भारतीय कम्तुनिष्ट पार्टी |
कनैया कुमार जवारलाल नेरु विश्वविद्यालय विद्यार्थी युनियनका पूर्व अध्यक्ष, अखिल भारतीय छात्र परिषद्का राष्ट्रिय अगुवा र हाल, भारतीय कम्युनिस्ट पार्टीका राष्ट्रिय कार्यकारी परिषद्का सदस्य हुन् ।[२] उनले फेब्रुअरी २०१९ मा विद्यावारिधी हासिल गरेका हुन् ।
सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]
कनैया कुमारको जन्म जनवरी १९८७ को बिहार को बिगुसराई जिल्लामा भएको थियो । कुमारका बाबुका नाम जयशङ्कर सिङ हो । उनका आमाको नाम मिना देवी हुन् भने उनका दाजु मनिकान्त आसाममा एक कम्पनीमा सुभरभाइजर छन् । उनका परिवारका सदस्य पहिले देखि नै कम्युनिस्ट पार्टीको समर्थक रहेका छन् ।
मध्य विद्यालय मसन्दपुर, बिहारमा कक्षा ६ सम्म पढेका थिए र पछि आर के सी स्कुलमा भर्ना भएका थिए । उनले सन् २००२ मा कक्षा १० पास गरेका थिए । पछि, राम रटन सिङ कलेजबाट उनले कक्षा ११ र १२ मा विज्ञान विषय लिई अध्ययन गरे । उनले सन् २००७ मा डिग्री र सन् २०१९ मा विद्यावारीधी हासिल गरेका हुन् ।
राजनीति[सम्पादन गर्नुहोस्]
कलेज हुदाँ नै उनको विद्यार्थी राजनीतिमा संलग्नता थियो । उनी अखिल भारतीय छात्र परिषदमा संलग्न भए र पटनाका गोष्ठीका लागि प्रतिनिधि पनि बने । उनको नालान्दा खुल्ला विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर रहेको छ । उनको जवरलाल नेरु विश्वविद्यालयबाट नै अप्रिकी अध्ययनमा विद्यावारिधी रहेको छ ।
सन् २०१६ अक्टोबरमा उनको पुस्तक बिहार टु तिहार: मइ पोल्टिकल जोर्नी नामक पुस्तक प्रकाशन भएको थियो ।
२९ अप्रिल २०१८ मा उनी भारतीय कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए र सन् २०१९ मा उक्त पार्टीको कार्यकारी परिषदको सदस्यमा चुनिएका थिए ।
विवाद[सम्पादन गर्नुहोस्]
सन् २०१९ फेब्रुअरी १२ मा उनलाई प्रहरीद्वारा पक्राउ गरिएको थियो । भारतीय संविधानको धारा 120 A (अपाराधिक संलग्नता), 124 A (राज द्रोह) लगाई उनको विरुद्ध मुद्दा दायर गरिएको थियो । उनले आफू माथि लागेको सम्पूर्ण आरोपको खण्डन गरेका थिए । उनले आफुले देशको द्रोही ठहरिने कुनै पनि शब्द नबोलेका कुरा सोधपुछमा बताएका थिए ।
हमला[सम्पादन गर्नुहोस्]
१० मार्च २०१६, १५ मार्च २०१६ मा गरी बेला बेला उनलाई हमलाहरू भएका थिए ।
२०१९ लोक सभा चुनाव[सम्पादन गर्नुहोस्]
उनले बेगुसाराइबाट भारतीय कम्युनिस्ट पार्टीबाट चुनावमा उम्मेदवार बन्ने अवसर पाएका थिए । उक्त मतदानमा उनले कुल मतदानबाट २२.०३% भोट प्राप्त गरेका थिए । उनको हारको बारे आजतक को अन्तर्वटर्तामा उनले यो चुनावमा आफुले हार्नु केही नभएको, आफुले धनी र ठुलाको विरोधको लडाइँमा साथ पाएको र यही नै प्रजातन्त्रको सन्देश भएको, बताएका थिए ।
प्रकाशन[सम्पादन गर्नुहोस्]
किताब[सम्पादन गर्नुहोस्]
- बिहार टु तिहार: माइ पोलिटिकल जोर्नी
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "Kanhaiya Kumar’s PhD done, he wants to be a professor", "द टाइम्स अफ इन्डिया", 15 फेब्रुअरी 2019
- ↑ https://www.nationalheraldindia.com/india/kanhaiya-kumar-elevated-to-cpis-top-decision-making-body नेसनल हेरल्ड इन्डिया