पेइज (कुस्ती खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पेइज
सन् २०१६ मा पेइज
वास्तविक नामसायरा-जेड बेभिस
जन्म (1992-08-17) १७ अगस्ट १९९२ (उमेर ३१)
नर्विच, इङ्ल्यान्ड
निवासस्थानलस एन्जलस, क्यालिफोर्निया, अमेरिका
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामब्रिट्नी नाइट
पेइज[१][२]
सायरा
उचाई५ फिट ८ इन्च[२]
तौल१२० पाउन्ड
उत्पत्तिनर्विच, इङ्ल्यान्ड[२]
प्रशिक्षकजेसन क्रस[३]
रिकी नाइट
स्विट सायरा
जेक योभिच
पदार्पणसन् २००५
सन्यास९ अप्रिल २०१८[४]

सराया-जेड बेभिस (जन्म १७ अगस्ट १९९२) एक अङ्ग्रेजी व्यवसायीक कुस्ती व्यक्तित्व, अभिनेत्री, र अवकाश लिएकी व्यवसायीक कुस्ती खेलाडी हुन्। उनले डब्ल्युडब्ल्युईसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेकी थिइन् जसमा उनले आफ्नो रिङको नाम पेइजले कुस्ती खेल्ने गर्दथिन्। उनले डब्ल्युडब्ल्युई स्म्याकडाउन ब्याण्डमा महाप्रबन्धकको पद पनि सम्हालेकी थिइन्। बेभिसले दुई पटक डिभास उपाधिको विजेता रहेकी थिइन् भने डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीकी सर्वप्रथम उपाधि जित्ने महिला पनि हुन्।[५] उनले दुई डिभास र एनएक्सटी महिलाको उपाधि एकै पटक हात पार्न सफल भएकी थिइन्।

सन् २००५, उनी १३ वर्षको उमेर छँदा उनका परिवारले सञ्चालन गर्द‌ै आएका विश्व कुस्ती सङ्घमा रिङ नाम ब्रिटेनी नाइको रूपमा उनले प्रदापण गरेकी थिइन्। उनले युरोप भित्र स्वतन्त्र सर्किट अन्तरगत विभिन्न कुस्तीका उपाधिहरू हात पार्न पनि सफल भएकी थिइन्। सन् २०११ मा, उनले डब्ल्युडब्ल्युईसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेकी थिइन् जसमा उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। उनले डब्ल्युडब्ल्युईको मुख्य पर्दामा अप्रिल २०१४ मा प्रदापण गरेकी थिइन् जसमा उनको पहिलो ख्ल डिभास विजेता एजे लिसँग रहेको थियो। उक्त खेलमा उनले जित हासिल गर्दै इतिहासमै सबैभन्दा कम उमेरमै डिभास विजेताको उपाधि जित्न सफल भएकी थिइन्। उनले सोही बेला एनएक्सटी महिला विजेता पनि रहिन् जतिबेला उनी मात्र एक्काइस वर्षकी थिइन्।[६]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

बेभिस इङ्गल्याण्डको नर्विचको, नरफल्क नामक ठाउँमा जन्मिएकी थिइन्।[७] उनी सोही सहरमै हुर्किएकी थिइन्। उनी पूर्व व्यवसायीक कुस्ती खेलाडी प्याट्रिक बेभिसक र जुलिया हेमर-बेभिसकी छोरी हुन्।[८] उनकी आमाले नजानीकन उनी १० महिना भएको बेलामा उनीसँग एकपटक कुस्ती खेलेकी थिइन्।[९]

सानो छँदा, उनका परिवारले कुस्ती खेल्दा खाएको चोट र बाँच्नका लागि अरूसँग लड्नु पर्ने अवधारणाका कारण उनी कुस्ती खेल देखि डराउथिन्। उनले सानैमा प्राणीशास्त्री बनेको अभिप्राय गरेकी थिइन्।[१०] उनले मात्रै १३ वर्षउमेरमा आधिकारिक कुस्ती खेलाडीको रूपमा प्रदापण गरेकी थिइन्।[११] उनले सन् २००८ मा नर्विचको द हिवेट विद्यालयबाट स्नातक हासिल गरेकी थिइन्।[१२]

व्यावसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

युरोपेली स्वतन्त्र सर्किट (सन् २००५–२०११)[सम्पादन गर्नुहोस्]

बेभिसले सन् २००५ मा १३ वर्षको हुँदा कुस्तीमा प्रदापण गरेकी थिइन् जसमा उनले आफ्ना बाबुले चलाइरहेको एक कुस्ती कार्यक्रममा आई आफुलाई समावेश गर्न आग्रह गरेकी थिइन्।[१३] उनको पहिलो आधिकारिक दर्ता गरिएको खेल भने उनले अप्रिल २००६ मा रिङ नाम ब्रिटेनी नाइटको रूपमा उनकी आमाको साथ ट्रिपल थ्रेट ट्याग टिम खेल विश्व कुस्ती सङ्घको लागि खेलेकी थिइन्। जसमा उनीहरूको टोली पराजित हुन पुगेको थियो।[१४] उनले त्यस पश्चात् मेलोडी नामक महिला कुस्ती खेलाडीसँग मिलेर ट्याग टोलीको गठन गरेकी थिइन् जसमा उनीहरूले क्यालिफोर्निया डल्स नामक एक चलचित्रमा आधारित आफ्नो रिङको नाम नरफल्क डल्स राखेका थिए। उनीहरूले त्यसपछि विभिन्न अङ्ग्रेजी पदोन्नतिको लागि कुस्ती खेलेका थिए।[१५][१६] जुन २००७ मा द नरफल्क डल्सले नयाँ विश्व कुस्ती सङ्घको महिला (ट्याग टिम) चट्टी टोलीको उपाधि हात पार्न सफल भएका थिए जसमा उनीहरूले लिजन अफ ओम्बलाई पराजित गरेका थिए। तर उक्त उपाधि हात पारे पछि उनीहरू कुनैपनि खेल नखेलेका कारण यसलाई निस्कृय पारिएको थियो।[१७] १४ वर्षको उमेरमा उनले स्कटल्यान्ड, वेल्स, बेल्जियम, फ्रान्स, टर्की, डेनमार्क, नर्वे, जर्मनी र अमेरिका लगायतका विभिन्न देशहरूका विभिन्न कुस्ती निकायहरूसँग सहकार्य गर्नका लागि रेजुमेहरू पठाएकी थिइन्।

सन् २०१० नोभेम्बरमा ब्रिट्नी नाइट

उनले थोरैमात्र सफलता हासिल गरेता पनि विभिन्न एकल प्रतियोगितामा सहभागीता जनाइरहिन्। सन् २००७ स्कटल्याण्डमा, नाइटले वल्ड वाइड रेस्लिङ लिगको महिला उपाधिको लागि एक खेल खेलिन् जसमा उनले अन्तिम प्रतिस्पर्धामा सारासँग हार बेहोरिन्। सन् २००७ डिसेम्बरमा, नाइटले एक प्रतियोगितामा भाग जनाइन् जसमा उक्त खेलको विजेताले भने पहिलो वल्ड वाइड रेस्लिङ लिगको उपाधि हात पार्ने थियो। तर उनले अन्तिम खेलमा जेट्टासँग पराजित हुन पुगिन्।[१८] सन् २००८ मा, नाइटले दुबै सारा र जेट्टालाई चुनौती दिएकी थिइन् तर उनी उपाधिको नजिक पुग्न भने असमर्थ रहेकी थिइन्। नाइटले सन् २००९ मा धेरै एकल प्रतियोगितामा सफलता हासिल गरिन्।[१९] अगस्ट २००९ मा, नाइटले आफ्नी आमा स्वीट सरायालाई टु आउट अफ थ्रि फल म्याच (दुई पटक हराएमा आधिकारिक रूपमा विजेता घोषित हुने एक प्रकारको कुस्ती खेल) मा हराउँदै खाली रहेको हेर्ट्स एण्ड एक्सेस (एच इ डब्ल्यु) महिला विजेता बन्न सफल भएकी थिइन्। त्यही महिना, नाइटले पुन: सारायालाई पराजित गर्दै डब्ल्युएडब्ल्युडब्ल्यु बेलायती उपाधि हात पार्न सफल भएकी थिइन्।[२०] नोभेम्बर २००९ मा, नाइटले उनकी आमाबाट रियल डिल रेस्लिङ (आरडिडब्ल्यु) महिला उपाधि हात पारेकी थिइन् जसमा उनले उक्त इलिमेन्सन खेलमा (एक जनालाई हराउँदैमा विजेता नहुने वा सबैलाई एकअर्काले हराउनै पर्ने) चेस्लि लभ र स्टेसि बेबि र सारायालाई पराजित गरेकी थिइन्।[२१] डिसेम्बर २००९ मा, उनी एचइडब्ल्युमा हुँदा, नाइटले आरक्युडब्ल्यु महिला उपाधि पनि हात पर्न सफल भएकी थिइन् जसमा उनले विजेता विरुद्ध विजेताको खेलमा जेट्टालाई पराजित गरेकी थिइन्।[२२] मे २०१० मा, नाइट र उनकी आमाले अमेजन र एनायालाई पिडब्ल्युएफ महिला ट्याग टिम उपाधिको लागि चुनौती दिएका थिए जसमा उनीहरूकै टोली विजेता बन्न सफल भएका थिए।[२३] १७ जुलाई २०१० मा, नाइटले एचइडब्ल्यु महिला उपाधि उनकै आमा विरुद्ध गुमाउन पुगेकी थिइन्। २२ जनवरी २०११ मा, नाइटले जर्मन स्टेम्पेड रेस्लिङ लेडिजको उपाधि हात पारेकी थिइन् जसमा उनले ब्लु निकितालाई पराजित गरेकी थिइन्।[२४] नाइटले टर्किस पावर रेस्लिङमा पनि प्रदापण गरेकी थिइन् जसमा उनले जनवरी २०११ आङ्कारामा, पहिलो खेल टिडब्ल्युपी लेडिज क्राउनको उपाधिको लागि खेलेकी थिइन्। तर उनले उक्त खेलमा सानासँग हार बेहोरेकी थिइन्। ११ मार्चमा, उनले आफ्नी आमाबाट पुन: एचइडब्ल्यु महिला उपाधि हात पार्न सफल भएकी थिइन्। नाइट अप्रिल ८ मा प्रो रेस्लिङ: इभमा फर्किएकी थिइन् जसमा उनले दुई रातसम्म आयोजना गरिएको एक प्रतियोगितामा सहभागीता जनाएकी थिइन् जसको विजेता घोषित हुनेले पहिलो प्रो-रेस्लिङ: इभको उपाधि हात पार्ने थियो। पहिलो रात, नाइटले फोरवे म्याचमा जेनी स्जोडिनसँग पराजित हुन पुगेकी थिइन् तर उनले ब्याटल रोयलको विजेता बन्दै क्वाटरफाइनलमा स्जोडिनलाईनै पराजित गरेकी थिइन्। अर्को दिनको सेमिफाइनल खेलमा उनले जेट्टालाई पराजित गरेकी थिइन् र उनले फाइनलमा निकी स्ट्रोमलाई पराजित गर्दै प्रो रेस्लिङ: इभको उपाधि हात पारेकी थिइन्।[२५][२६] ३० अप्रिलमा, नाइटले विजेता एमी कुपरलाई पराजित गर्दै एससिडब्ल्यु महिला उपाधि हात पारेकी थिइन्। सन् २०११ मा, नाइटले इलिमिनेसन खेलको विजेता बन्दै डब्ल्यूएडब्ल्यूडब्ल्यू हार्डकोर उपाधि हात पारेकी थिइन्।

४ जुनमा नाइटले प्रो-रेस्लिङ: इभको उपाधि जेनी स्जोडिनको विरुद्धमा गुमाउन पुगेकी थिइन् र २६ जुनमा, नाइटले फेटल फोर वे खेलमा आफ्नो एससिडब्ल्यु महिला उपाधि आफ्नी आमासँग गुमाउन पुगेकी थिइन्।[२७] उक्त खेलमा लौरा वेलिङ्स र एमी कुपरको पनि सहभागीता रहेको थियो। २ अगस्टमा, नाइट र उनकी आमाले पिडब्ल्युएफ महिला चट्टी टोली उपाधि टु आउट आफ थ्रि फल्स खेलमा अमेजन र डेस्टिनीसँग गुमाउन पुगेका थिए। १२ नोभेम्बरमा, नाइटले एचइडब्ल्यु महिला उपाधि छोडिन्। नाइटले १९ नोभेम्बर २०११ मा, डब्ल्युएडब्ल्युडब्ल्यु बेलायती उपाधि लिबर्टिको विरुद्ध गुमाइन् र उनले सोही दिन आरक्यूडब्ल्यू महिला उपाधि पनि छोडिन्।[२८]

सिमर विमेन एथलेटिक्स (सन् २०११)[सम्पादन गर्नुहोस्]

बेभिसले पुनः आफ्नो कुस्ती खेलको नाा ब्रिट्नी नाइट राख्दै अमेरिकी अल फिमेल पदोन्नति सिमर विमेन एथलेटिक्सको ३७औँ संस्करणमा उक्त पदोन्नति अन्तर्गत सन् २०११ मार्च २६ का दिन पर्दापण गरेकी थिइन्।[२९][३०] उनले उक्त पदोन्नतिमा पहिलो खेल आफ्नो आमाको साथमा नाइट डाइनेष्ट्रिको रूपमा निकी रक्स र एरियलको विरुद्धमा खेलेको थिइन् भने उनीहरूको टोलीलाई रेबेका नक्सले साथ दिएकी थिइन्।[३१] सिमर विमेन एथलेटिक्सको ३८औँ शृङ्खलामा द नाइट डाइनेष्ट्रिक‍ सामना सिमर ट्याग टिम उपाधिका लागि सेभेज स्टार सिस्टर्सको विरुद्धमा भएको थियो तर उक्त खेलमा द नाइट डाइनेष्ट्रि पराजित भएका थिए।[३२] सन् २०११ अक्टोबर सिमर विमेन एथलेटिक्सको ४२औँ शृङ्खलामा द नाइट डाइनेष्ट्रि तात्कालिक सिमर ट्याग टिम विजेताहरूसँग पराजित भएका थिए। सिमर विमेन एथलेटिक्सको ४३औँ शृङ्खलामा ब्रिट्नी जेसिका म्याक्केसँग पराजित भएकी थिइन् जुन उनक‍ लगातार तेस्रो हार थियो।[३३] ब्रिट्नीले उक्त पदोन्नतिका लागि अन्तिम खेल सरायाको विरुद्धमा सिमर विमेन एथलेटिक्सको ४४औँ शृङ्खलामा खेलेकी थिइन्।

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ (सन् २०११ –२०१२[सम्पादन गर्नुहोस्]

पेइज एनएक्सटी महिला विजेताको रूपमा

बेभिसलाई सन् २०१० मा डब्ल्युडब्ल्युई द्वारा इङ्ल्याण्डमा सञ्चालन गरिएको एक प्रशिक्षण कार्यक्रममा उनी सहभागी हुँदै छिन् भन्ने जानकारी गराइएको थियो।[३४] सन् २०११ को सेप्टेम्बर महिनामा उनले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनी तात्कालिक समयमा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा आवद्ध भएकी थिइन्।[३५] सन् २०१२ जनवरी ५ का दिन उनले एफसीडब्ल्यूई द्वारा सञ्चालन गरिएको एक खेलमा उनी सारायाको रूपमा उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन् भने उनको रिङ नाम पछि पेइजमा परिवर्तन गरिएको थियो।[३६] उनले २६ फेब्रुअरी २०१२ का दिन एफसीडब्ल्यूक‍ एक शृङ्खलामा पहिलो आधिकारिक खेल खेलेकी थिइन्।[३५] मार्च २०१२ देखि उनी सोफिया कोर्टेजसँग सहकार्य गर्दै एक टोली गठन गर्न सफल भएकी थिइन् जसको नाम एण्टी डिभा आर्मी राखिएको थियो।[३७] पेइजले टोलीको रूपमा उनको पहिलो खेल अण्ड्रे मेरी र क्याटलिनको विरुद्धमा खेलेकी थिइन् जहाँ उनीहरू टोली मेरी र क्याटलिनसँग पराजित भएका थिए। ६ मेका दिन आयोजित एफसिडब्ल्यूको एक शृङ्खलामा उनले तात्कालिक एलसीडब्ल्यू महिला विजेता रकिल डियाजलाई एक उपाधि रहित् खेलमा पराजित गर्न सफल भएकी थिइन्।[३८] २७ मे २०१२ का दिन आयोजित एफसिडब्ल्यूक‍ एक शृङ्खलामा पेइजले एफसिडब्ल्यू डिभास उपाधिका लागि खेल खेल्ने मौका प्राप्त गरिन् तर उनले उक्त खेल जित्न असमर्थ रहिन्।[३९] ११ जुन एफसिडब्ल्यूको एक शृङ्खलामा उनी मेरीसँग पराजित भएकी थिइन् जब उनको साथी कोर्टिजले उक्त खेलमा अवरोध पुर्‍याइन् जसकारण उनी र कोर्टिजको टोली विघटन भएको थियो।[४०] १५ जुलाई २०१२ का दिन एफसिडब्ल्यूको अन्तिम शृङ्खलामा पेइज र कोर्टिजको खेल आयोजना गरिएको थियो भने उक्त खेल पश्चात् उनीहरू बीचको द्वन्द्वको पनि अन्त्य भएको थियो।[४०][४१]

एनएक्सटी महिला विजेता (सन् २०१२–२०१४)[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युईले सन् २०२२ मा आफ्न‍ नयाँ विकासशील क्षेत्र एनएक्सटीको सुरुवात गरेको थियो। पेइजले उक्त पदोन्नति अन्तर्गत उनको पहिलो खेल सोफिया कोर्टिजको विरुद्धमा खेलेकी थिइन् जुन खेलमा उनी पराजित भएकी थिइन्।[४२][४३] सन् २०१२ देखि पेइज अचानक दर्शम माझ लोकप्रिय बन्न पुगिन् जब उनले अन्ड्रे मेरी, सासा बेङ्क्स, एमा, अक्साना, अलिसा फक्स जस्ता महिला कुस्ती खेलाडीहरूलाई पराजित गर्दै एक अपराजित यात्रा कायम गरेकी थिइन्।[४४][४५][४६] सन् २०१३ जनवरी ३० का दिन पेइजको लोकप्रियता देखेर तात्कालिक रिङ उद्घोषक समर रेले उनको निन्दा गरेकी थिइन्।[४७][४८] १३ फेब्रुअरी २०१२ का दिन आयोजित एनएक्सटीको एक शृङ्खलामा पेइजले रेलाई आक्रमण गरेकी थिइन् तर उक्त घटनामा उनको पाखुरामा चोट लागेको थियो।[४९][५०] पेइजले पछि रेलाई सन् २०१२ मे १ का दिन आयोजित एनएक्सटीको एक शृङ्खलामा पराजित गर्न सफल भएकी थिइन्।[४९][५१][५२]

पेइज सन् २०१२ को जुन महिनामा आयोजित पहिलो एनएक्सटी महिला विजेता बन्नका लागि एक प्रतियोगितामा भाग लिएकी थिइन्।[५३][५४][५५] उनले उक्त प्रतियोगिताको पहिलो चरण र दोस्रो चरणमा टमिना र अलिसा फक्सलाई जित्दै फाइनलसम्मक‍ यात्रा तय गरेकी थिइन् भने उनले उक्त प्रतियोगिताको फाइनल खेलान एमालाई पराजित गर्दै पहिलो एनएक्सटी महिला विजेता बन्न सफल भएकी थिइन्।[५६][५७][५८][५९] पेइजले उनको उपाधि पहिलोपटक सन् २०१२ अगष्ट १४ मा दिन आयोजित एनएक्सटीको एक शृङ्खलामा समर रेका विरुद्धमा आफूसँगै कायम गर्न सफल भएकी थिइन्।[६०] उक्त खेलको अर्क‍ महिना पेइजले एमासँग सहकार्य गर्दै सासा बेङ्क्स र समर रेको टोलीसँग द्वन्द्वको सुरुवात भएको थियो।[६१] ४ डिसेम्बरमा आयोजित एनएक्सटीको एक शृङ्खलामा पेइजक‍ उपाधिका लागि नेटालिया मैदान उत्रिएकी थिइन् तर उक्त खेलमा पेइजले नेटालियालाई पराजित गर्न सफल भएकी थिइन्।[६२] पेइजले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा देखा पर्दै डिभास उपाधि जितेपछि उनले एनएक्सटी उपाधि त्यागेकी थिइन्।[६३]

डिभास विजेता (सन् २०१४–२०१५)[सम्पादन गर्नुहोस्]

सन् २०१४ अप्रिलमा पेइज डिभास विजेताको रूपमा

सन् २०१४ अप्रिल ७ का दिन पेइज डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र को एक शृङ्खलामा देखा परेकी थिइन् जुन शृङ्खला डब्ल्युडब्ल्युई रेसलमेनिया ३० को भोलिपल्ट आयोजना गरिएको थियो।[६४] उक्त कार्यक्रम अन्तर्गत पेइजले तत्कालका डिभास विजेता एजे लीले डिभास उपाधि जितेका कारण उनलाई शुभकामना दिन आएकी थिइन्।[६५][६६]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

पेइजले दुईपटक डब्ल्युडब्ल्युई डिभास उपाधि जितेकी थिइन्
पेइज पहिलो एनएक्सटी महिला विजेता हुन्
  • जर्मन स्ट्यामप्याट रेस्लिङ
    • जिएसडब्ल्यू महिला विजेता (१ पटक)[६७][६८]
  • हर्ट्स एन्ड इसेक्स रेस्लिङ
  • प्रिमियर रेस्लिङ फेडेरेसन
    • पिडब्ल्यूएफ महिला ट्याग टिम विजेता (१ पटक) – स्विट सायराको साथ
  • प्रो रेस्लिङ: इडब्ल्यूइ
    • इडब्ल्यूइ महिला विजेता (१ पटक)
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्ये शीर्ष स्थानमा पर्न सफल (सन् २०१४) [७२]
  • रियल डिल रेस्लिङ
    • आरडिडब्ल्यू महिला विजेता (१ पटक)[७३]
  • रियल क्वालिटी रेस्लिङ
    • आरक्युडब्ल्यू महिला विजेता (१ पटक)[७४][७५]
  • रोलिङ स्टोन
    • वर्ष महिला खेलाडी (सन् २०१४)[७६]
  • स्विस च्याम्पियनसिप रेस्लिङ
    • एससिडब्ल्यू महिला विजेता (१ पटक)
  • वर्ल्ड एसोसिएसन अफ विमेन्स रेस्लिङ
    • डब्ल्यूएडब्ल्यूडब्ल्यू बेलायती महिला विजेता (१ पटक)[७७][७८]
    • डब्ल्यूएडब्ल्यूडब्ल्यू बेलायती ट्याग टिम विजेता (१ पटक)
    • डब्ल्यूएडब्ल्यूडब्ल्यू महिला हार्डकोर विजेता (१ पटक)
  • रेस्लिङ अब्जर्भस न्युजलेटर
    • वर्षको खराब द्वन्द्व (सन् २०१५) टोली पिसिबी विरुद्ध टोली ब्याड विरुद्ध टोली बेला[७९]
  • डब्ल्युडब्ल्युई
    • एनएक्सटी महिला विजेता (१ पटक, पहिलो)[८०]
    • डब्ल्युडब्ल्युई डिभास विजेता (२ पटक)[८१]
    • एनएक्सटी महिला उपाधि प्रतियोगिता (सन् २०१३)
    • डब्ल्युडब्ल्युई वर्ष समाप्ति पुरस्कार (१ पटक)
      • वर्ष महाप्रबन्धक (सन् २०१८)[८२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Paige profile", Florida Championship Wrestling/NXT, मूलबाट १९ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०१४ 
  2. २.० २.१ २.२ "WWE Bio", डब्ल्युडब्ल्युई, मूलबाट १६ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०१४ 
  3. "A NEW PAIGE IN HISTORY – Interview with Paige (Issue 106 May 2014)", Fighting Spirit Magazine, ९ फेब्रुअरी २०१५, मूलबाट ५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ५ अक्टोबर २०१५ मिति
  4. "Paige retires from in-ring competition", डब्ल्युडब्ल्युई, मूलबाट १० अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  5. "WWE Divas Champion Paige: 'I lost my mind when I beat AJ Lee'", ९ अप्रिल २०१४, मूलबाट २८ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१७ 
  6. "Where does Tyler Bate rank among the youngest champions in WWE history?", WWE, मूलबाट ३० जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०१७ 
  7. Gledhill, Ruth (१४ अप्रिल २०१४), "Girl from Norwich who is taking on the world (and beating it up)", The Times, मूलबाट १८ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१७ 
  8. "PROWRESTLING.NET WWE Raw in Anaheim (correspondents needed), John Cena teaming up with a WWE wrestler for the first time, Lilian Garcia, Percy Watson, Tom Prichard, Buddy Landel, Paige, Cheerleader Melissa, wrestling on ESPN Classic", www.prowrestling.net, मूलबाट १८ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१७ 
  9. "Paige profile", Internet Wrestling Database, मूलबाट १८ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०१४ 
  10. Saxton, Bryon (२५ जुलाई २०१३), "Meet the first NXT Women's Champion: Paige", डब्ल्युडब्ल्युई, मूलबाट ४ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०१४ 
  11. Wortman, James (१४ मे २०१४), "Exclusive interview: How Paige became the youngest Divas Champion ever in only 7,903 days", डब्ल्युडब्ल्युई, पृ: 1–3, मूलबाट १९ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मे २०१४ 
  12. "Hewett Highlights", The Hewett Academy, २५ अप्रिल २०१४, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१५ [dead link]
  13. "Britani Knight profile", Pro Wrestling: EVE, मूलबाट ३ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २०१४ मिति
  14. "Matches of Paige: 2006", CageMatch, मूलबाट १५ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१४ 
  15. "WAWW Women At War II", World Association of Women's Wrestling, मूलबाट १७ जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१४ 
  16. "Matches of Paige: 2007", CageMatch, मूलबाट ९ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१४ 
  17. "WAWW Tag Team Championship matches", CageMatch, मूलबाट २८ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०१४ 
  18. "Matches of Paige: 2008", CageMatch, मूलबाट २७ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०१४ 
  19. "Matches of Paige: 2009", CageMatch, मूलबाट १५ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०१४ 
  20. "Britney Knight – RDW profile", मूलबाट १७ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १७ फेब्रुअरी २०१० मिति
  21. "History of the PWF Ladies Tag Team Championship", WrestlingData, मूलबाट २० मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०१४ 
  22. "Matches of Paige: 2010", CageMatch, मूलबाट ३० जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०१४ 
  23. "NEW Pro-Wrestling:EVE Champion!", Pro Wrestling EVE, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
  24. "Summer Bash 2011 results", Swiss Championship Wrestling, मूलबाट ७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  25. "Premier Wrestling Federation Champions & Most Recent Championship Matches", Premier Wrestling Federation, मूलबाट २० अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २० अक्टोबर २०११ मिति
  26. "Recent results include", Premier Wrestling Federation, मूलबाट २० अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २० अक्टोबर २०११ मिति
  27. "HERTS & ESSEX WRESTLING November 12, 2011 – Due to circumstances from a higher source Britani Knight has vacated the HEW women's championship", Herts and Essex Wrestling, मूलबाट १ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४ 
  28. "WAWW: The Return November 19th 2011", World Association of Wrestling, मूलबाट २६ नोभेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१४ 
  29. "Shimmer Volume 1–44 results", Shimmer Women Athletes, मूलबाट २० मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१४ 
  30. Davis, Gregory (२९ मार्च २०११), "Complete live reports from weekend SHIMMER DVD tapings", PWInsider, मूलबाट १९ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१३ 
  31. Davis, Gregory (३ अक्टोबर २०११), "Shimmer Volumes 41 and 42 live report from Berwyn, IL", PWInsider, मूलबाट १२ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१४ 
  32. Martin, Adam (३ अक्टोबर २०११), "Shimmer Volume 43, 44 taping results", WrestleView, मूलबाट २ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०११ 
  33. "Joe Babinsack looks at Shimmer 44", Wrestling Observer, मूलबाट ९ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१४ 
  34. Scherer, Dave (१९ अप्रिल २०११), "Hulk Hogan's New Venture, Tonight's SmackDown Taping, Tryout Scheduled and More", PWInsider, मूलबाट ९ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१२ 
  35. ३५.० ३५.१ Namako, Jason (२७ फेब्रुअरी २०१२), "FCW Results – 2/27/12", WrestleView, मूलबाट २९ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१२ 
  36. Martin, Adam (६ जनवरी २०१२), "New UK Female Wrestler Debuts in FCW this week", WrestleView, मूलबाट ९ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २०१२ 
  37. Namako, Jason (१९ मार्च २०१२), "FCW Results – 3/19/12", WrestleView, मूलबाट २२ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१२ 
  38. Brummitt, Matt (१५ अप्रिल २०१२), "Brummitt's FCW TV Report 4/8: WWE Developmental TV coverage – Claudio vs. Steamboat, Ross & Regal commentary, Regal-Ambrose feud, Hero promo, new gimmicks for O'Brian & Harris", Pro Wrestling Torch, मूलबाट २७ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०१२ 
  39. Namako, Jason (९ मे २०१२), "FCW Results – 5/6/12", WrestleView, मूलबाट ५ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१२ 
  40. ४०.० ४०.१ Martin, Adam (११ जुन २०१२), "FCW RESULTS – 6/11/12", WrestleView, मूलबाट १९ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१४ 
  41. Trionfo, Richard (१७ जुलाई २०१२), "FCW Television Report 7/15", PWInsider, मूलबाट ६ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१२ 
  42. Meltzer, Dave (१४ अगस्ट २०१२), "WWE News: FCW name being phased out", रेस्लिङ अब्जर्भर न्युजलेटर, मूलबाट २७ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१२ 
  43. James, Justin (१० जुलाई २०१२), "JAMES'S WWE NXT Report 7/4 – Week 3: Chris Hero (Ohno) debuts, Vader's son, Bateman, six-man main event; Overall Reax", Pro Wrestling Torch, मूलबाट ८ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१२ 
  44. Chiverton, George (२९ अगस्ट २०१२), "Chiverton's NXT Evaluation 8/8 & 8/15 – The real Rankings of top Developmental stars", Pro Wrestling Torch, मूलबाट ८ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०१३, "Paige was the star and is super-over with the Full Sail audience." 
  45. James, Justin (१७ अक्टोबर २०१२), "James' WWE NXT Report 10/10 – Week 17: WWE champ on commentary for excellent NXT Title match, Overall Reax", Pro Wrestling Torch, मूलबाट १ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०१३, "Incredibly, Paige gets a bigger pop than Alicia Fox or Kaitlyn, and the crowd is chanting her name." 
  46. James, Justin (१३ सेप्टेम्बर २०१२), "James' WWE NXT Results 9/5: Hero (Ohno) vs. Steamboats feud, Ross interviews new NXT champ, Clay, Usos, more", Pro Wrestling Torch, मूलबाट १६ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१२ 
  47. James, Justin (२१ डिसेम्बर २०१२), "James' WWE NXT Report 12/12 – Week 25: Rollins defends NXT Title, Paige in action, Overall Reax", Pro Wrestling Torch, मूलबाट ३१ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१३, "Banks foes for the hair but runs into a side kick." 
  48. James, Justin (१० जनवरी २०१३), "James' WWE NXT Report 1/9: Big E. captures NXT Title, Shield involved, Pac debut promo, Overall Reax", Pro Wrestling Torch, मूलबाट १७ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१३ 
  49. ४९.० ४९.१ James, Justin (३१ जनवरी २०१३), "James' WWE NXT Results 1/30: Tournament continues, Bo Dallas in main event, returns of Bateman, A-Ry & Mason Ryan", Pro Wrestling Torch, मूलबाट १० फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३, "Paige with a sort of Liontamer for a submission win. Dawson calls it a "Rampage Finish"" 
  50. James, Justin (२६ सेप्टेम्बर २०१२), "James' WWE NXT Report 9/19 – Week 14: Hero (Ohno) sparring sessions, Barreta returns, stand-out Divas match, Overall Reax", Pro Wrestling Torch, मूलबाट ४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २०१२ 
  51. James, Justin (२८ नोभेम्बर २०१२), "James' WWE NXT Report 11/21 – Week 22: Ohno vs. Steamboat main event, Paige vs. A. Fox, Overall Reax", Pro Wrestling Torch, मूलबाट २ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१२, "Paige counters an Irish Whip with a side kick." 
  52. James, Justin (८ फेब्रुअरी २०१३), "James' WWE NXT Report 2/6 – Week 32: Tag Tournament continues, Bo Dallas's main-roster debut carries over, Overall Reax", Pro Wrestling Torch, मूलबाट २१ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१३ 
  53. James, Justin (१५ फेब्रुअरी २०१३), "James' WWE NXT Results 2/13 – Week 33: First NXT tag champions crowned, Paige vows to take over the show", Pro Wrestling Torch, मूलबाट २१ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१३ 
  54. James, Justin (१५ मार्च २०१३), "James' WWE NXT Report 3/13 – Week 37: Champ vs. Champ, Brother vs. Brother, plus Hero vs. Bateman; Overall Reax", Pro Wrestling Torch, मूलबाट ३ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मार्च २०१४ 
  55. James, Justin (१२ अप्रिल २०१३), "James' WWE NXT Report 4/3 – Week 40: Big E. defends NXT Title, final hype for Regal-Ohno, Overall Reax", Pro Wrestling Torch, मूलबाट १४ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१३ 
  56. James, Justin (६ जुन २०१३), "James' WWE NXT Results 5/29 & 6/5: Wyatts defend Tag Titles, NXT Women's Title introduced, #1 contender battle royal, Parade of released NXT wrestlers in matches", Pro Wrestling Torch, मूलबाट २५ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुलाई २०१३ 
  57. James, Justin (४ जुलाई २०१३), "James' WWE NXT Report 7/3 – Week 53: Bo Dallas defends NXT Title, Women's Tourney continues, Mason Ryan", Pro Wrestling Torch, मूलबाट २८ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुलाई २०१३ 
  58. Caldwell, James (२१ जुलाई २०१३), "WWE News: NXT spoilers summer episodes – first NXT Women's champ, Flair, more, plus NXT TV in the U.S.?", Pro Wrestling Torch, मूलबाट २६ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१३ 
  59. James, Justin (२५ जुलाई २०१३), "James' WWE NXT Results 7/24: First NXT Women's champion crowned & Triple H makes appearance, Overall Reax", Pro Wrestling Torch, मूलबाट ८ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१३, "Paige with a fisherman's suplex into a cover for two. Rapid knee lifts to Emma dangling through the ropes." 
  60. James, Justin (१७ अक्टोबर २०१३), "James' WWE NXT Report 10/16: Dallas vs. Zayn/Generico for NXT Title, plus Tag Title match, Divas tag, Overall Reax", Pro Wrestling Torch, मूलबाट २१ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०१३ 
  61. James, Justin (५ डिसेम्बर २०१३), "James' WWE NXT Report 12/4 – Week 75: Bo Dallas vs. Neville NXT Title match, Kidd in action, Paige vs. Natalya full-length Divas match, Overall Reax", Pro Wrestling Torch, मूलबाट ७ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ डिसेम्बर २०१३ 
  62. Namako, Jason (२७ फेब्रुअरी २०१४), "WWE NXT Arrival Results – 2/27/14 (New NXT Champion)", WrestleView, मूलबाट २८ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०१४ 
  63. Howell, Nolan, "NXT: Tag champions collide with rivaling partners", SLAM! Wrestling, Canadian Online Explorer, मूलबाट १ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०१४ 
  64. Caldwell, James, "Raw news: Bryan's first night as champ, Taker update, Cesaro joins Heyman, Warrior returns, RVD returns, Paige debuts & wins Divas Title, other NXT intros, more", Pro Wrestling Torch, मूलबाट १० अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१४ 
  65. Caldwell, James, "Caldwell's WWE Raw results 4/7: Ongoing "virtual-time" coverage of live Raw – WM30 fall-out, WWE World Title match, Bryan's first night as champ, Undertaker, Warrior, more", Pro Wrestling Torch, मूलबाट ८ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०१४ 
  66. Bishop, Matt, "Raw: A night of new beginnings", SLAM! Wrestling, Canadian Online Explorer, मूलबाट २७ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०१४ 
  67. "Britani new GSW Ladies champion, beats Blue Nkkita in Germany", World Association of Wrestling, मूलबाट २७ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१४ 
  68. "History of the GSW Ladies Championship", WrestlingData, मूलबाट २ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१४ 
  69. "History of the HEW Women's Championship", WrestlingData, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१४ 
  70. "Devil's Playboys", Herts & Essex Wrestling, मूलबाट १ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  71. "HEW Womens Championship Britani Defends against an unknown opponent", Herts & Essex Wrestling, मूलबाट १ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  72. "Pro Wrestling Illustrated (PWI) Female 50 for 2014", प्रो रेस्लिङ इलुस्ट्रेटेड, The Internet Wrestling Database, मूलबाट २७ डिसेम्बर २०१४-मा सङ्ग्रहित। 
  73. "History of the RDW Women's Championship", WrestlingData, मूलबाट १९ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१४ 
  74. "Bellatrix Champions", Bellatrix, मूलबाट २५ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २५ जुन २०१४ मिति
  75. "History of the RQW Women's Championship", WrestlingData, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१४ 
  76. Herzog, Kenny (१७ डिसेम्बर २०१४), "WWE Wrestler of the Year: Dolph Ziggler", रोलिङ स्टोन, मूलबाट २४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०१६ 
  77. "Current Champions and Rules of Competition", World Association of Wrestling, मूलबाट २६ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१४ 
  78. "History of the WAWW British Ladies Championship/Bellatrix British Championship", WrestlingData, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१४ 
  79. Meltzer, Dave (२५ जनवरी २०१६), "January 25, 2016 Wrestling Observer Newsletter: 2015 Observer Awards Issue", रेस्लिङ अब्जर्भर न्युजलेटर (Campbell, California): ४३, आइएसएसएन 1083-9593 
  80. "History of the NXT Women's Championship", WWE, मूलबाट १६ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०१४ 
  81. "History of the WWE Divas Championship", डब्ल्युडब्ल्युई, मूलबाट १६ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०१४ 
  82. Thomas, Jeremy (२३ डिसेम्बर २०१८), "WWE Announces Year-End Awards on Instagram", 411mania, मूलबाट २४ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]