क्यामिलो (गायक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कामिलो
सन् २०१९ मा, कामिलो
जन्मकामिलो एचेभेरी कोर्रेआ
(1994-03-16) १६ मार्च १९९४ (उमेर २९)
मेदेयिन, कोलोम्बिया[१]
पेशा
  • गायक
  • गीतकार
  • निर्माता
कार्यकालसन् २००७–हाल
जीवनसाथी
एभालुना मोन्तानेर
(
वि २०२०)
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रस्वर, गीतार, पियानो
लेबल
  • सोनी सङ्गीत ल्याटिन
  • एचो आ मानो सङ्गीत
सहयोगी

कामिलो एचेभेरी कोर्रेआ (स्पेनी: Camilo Echeverry Correa) (जन्म: सन् १९९४ मार्च १६), कामिलोको रूपमा प्रख्यात, एक कोलोम्बियाली सङ्गीतकार, गीतकार, गायक तथा वाद्यवदक हुन्। सन् २००७ को स्थानीय संस्करणको प्रतिभा प्रस्तुति कार्यक्रम 'एल फाक्तोर एकिस'को विजेता भएसँगै उनी लोकप्रिय बन्न पुगेका थिए।[२] पोर्टो रिकोका गायक पेद्रो कापोसँग उनले सन् २०१९ मा, 'तुतु' नामक गीत सार्वजनिक गरेका थिए भने उनले माउ इ रिकीसँग चर्चित गीत 'देसकोनोसिदोस' र 'ला बोको' सार्वजनिक गरेका थिए। बेकी जी र नात्ती तनासाको स्पेनी भाषाको गीत 'सिन पिहामा' लेख्नमा सहयोग गरेका थिए। [३]

उनले हालसम्म ३ वटा गिती सङ्ग्रहहरू जारी गरेका छन् जसमा उनले सन् २००७ मा, 'रेगालामे तु कोरास्यो', सन् २०१० मा 'सन्फी' र 'त्राफिको दे सेन्तिमिएन्तोस' र सन् २०२० मा, 'पोर प्रिमेरा भेस' जारी गरेका थिए। ब्याड बनीको 'सी एस्तुभिएसेमोस हुन्तोस' नामक गीतको लेखन श्रेय समेत उनकै नाउँमा छ। उनले हालसम्म विभिन्न विधामा, ल्याटिन ग्रामी पुरस्कार र ग्रामी पुरस्कारमा नामाङ्कन प्राप्त गरेका छन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Biografía de Camilo"musica.com (स्पेनी भाषा)। सङ्ग्रह मिति १४ मे २०१५ 
  2. "Discografie Emilia [AR]", ultratop.be, अन्तिम पहुँच २० de enero de २०१९ 
  3. ३.० ३.१ "¡Irreconocible! Así luce hoy Camilo Echeverry, ganador de Factor XS en 2007", El Universal (Cartagena), ४ de mayo de २०१८, अन्तिम पहुँच १५ de enero de २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]