रेकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेकी जापानि अक्षर


रेकी Reiki (霊気 or レイキ मिकाओ उसुइद्वारा सन् १९२२ मा विकसित गरीएको एक आध्यात्मिक क्रिया हो । जापान को माउंट कुरा मा तीन हप्ता सम्म उपवास तथा ध्यान गरेपछि उसूई ले उर्जाको खर्च गरेबिना नै उपचार सम्भव हुने पद्धति पत्ता लगाएका हुन् । यही क्रिया को एक भाग टोनोहिरा या हल्केलाद्वारा गरिने उपचारलाई एक पूरक र वैकल्पित अर्थात् कम्लीमेन्ट्री एण्ड अल्टरनेटिभ मेडिसिन को रूपमा उपयोगमा ल्याइन्छ । टोनोहिरा यस्तो एउटा उपाय हो जसमा चिकित्सक यस्तो मान्दछन् कि हल्केलाद्वारा उपचार गर्ने उर्जालाई विरामीसम्म पुर्याउन सकिन्छ ।

मिकाओ उसुई

रेकी को अस्तित्व या यसको क्रियान्वयन प्रक्रियाको कुनैपनि वैज्ञानिक प्रमाण छैन । सन् २००८ मा संचालित यादृच्छिक चिकित्सीय परीक्षण को एक प्रक्रियावद्ध समीक्षाले रेकी को प्रभाव या कुनैपनि परिस्थितिमा उपचारको समयमा यसको उपयोगको समर्थन गरेको थिएन ।

इतिहास[सम्पादन गर्नुहोस्]

नाम को व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

“रहस्यमय वातावरण, आध्यात्मिक शक्ति” । रेकी एक जापानी शब्द हो जो चिनीयाँ भाषाको लिंग्कीबाट लिइएको हो । केही चिनीयाँ अंग्रेजी शब्दकोशको हिसाबमा यसको अर्थ “सुन्दर पहाड र आध्यात्मिक शक्ति, बुद्धिमत्ता, सम्झने शक्ति, परिकथामा वर्णीत अलौकिक शक्ति या तागत, चमत्कारी शक्ति या तागत” भन्ने हुन्छ । जापानी भाषामा रे को अर्थ भूत, परमात्मा, आत्मा, अलौकिक, ईश्वरीय, वायव्य शरीर र की को अर्थ ग्याँस, वायु, श्वास, उर्जा, वातावरण, भावना या ध्यान हुन्छ । जसको अर्थ ईश्वरीय उर्जा, आध्यात्मिक उर्जा, जीवन उर्जा, आदि हुन्छ ।

अंग्रेजी शब्द रेकी जापानी भाषाकै रेकी मूल शब्द को लिप्यान्तरण हो । रेकी शब्दको उपयोगक व्याकरणका दृष्टिले संज्ञा, क्रिया या विशेषण का रूपमा गरिन्छ ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

सन् १९२२ मा मिकाओ उसुइले  माउन्ट कुरामा २१ दिनसम्म साधना तथा ध्यान गरे साथै उपवास र प्रार्थना गरे । जब २१ औँ दिनको सूर्य अस्तायो तब उनको अन्तरमा जाज्वल्यमान सूर्य उदायो र रेकीको सुरुवात गरे ।

जब उनी पहाडबाट झरिरहेका थिए तब उनी लडेर उनको खुट्टामा चोट लाग्यो । जब उनले चोट लागेको ठाउँमा हात राखे तब त्यो चोट सञ्चो भयो । उनी अचम्म परे र त्यही प्रयोग उनले तल शहरमा पुगेर एउटी बच्चीलाई गरे । बच्चीको घाउपनि तुरुन्तै सञ्चो भयो तब उनलाई विश्वास लाग्यो ।

मानिन्छ कि रेकी को सुरुवात भगवान् गौतम वुद्धले गर्नुभएको थियो जो बिचमा लुप्त हुन पुग्यो ।

सन् १९२२ को अप्रिल महिनामा उसूई टोकियो गए र उनले त्यहाँ उसुइ रेकी रियोहो गक्कई (उसुई रेकी उपचार समाज) स्थापना गरे ।

रेकी को सिद्धान्त[सम्पादन गर्नुहोस्]

सौभाग्यलाई बोलाउने एक गोप्य तरीका

सबै रोगको उत्तम औषधी

१.केवल आजको दिनभरका लागि

२.म रिसाउने छैन ।

३.चिन्ता गर्दिन ।

४.हरेक कार्यमा कृतज्ञ हुनेछु ।

५.निष्ठाको साथ कार्य गर्छु ।

६.अरुप्रति दयालु हुन्छु ।

उसुई ले २००० भन्दा धेरै शिष्यलाई रेकी को अभ्यास र पाठन गराएका थिए । तिमध्ये १६ जनाले शिनपिडेन स्तर सम्म प्रशिक्षण जारी राखेका थिए । यो स्तरलाई स्नातकोत्तर अथवा डिग्री स्तरको मानिन्छ ।

उसुइको मृत्यु सन् १९२६ मा भयो ।

नेपालमा रेकीको सुरुवात का लागि योगी शिवशक्तिनाथ लाई मानिन्छ । साथै नेपालमा पनि थुप्रै रेकी मास्टरहरू रहेका छन् । योगी विकासानन्द पनि रेकी गर्दछन् ।