योगी शिवशक्तिनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:योगी शिवशक्तिनाथ , Yogi Shivshaktinath .jpg
योगी शिवशक्तिनाथ ज्यू को प्रबचन मुद्रा को तस्बिर

योगी श्री शिवशक्तिनाथ ( अंग्रेजी – Yogi Shivshaktinath ) ज्यू एक उच्च गृहस्थ योगी हुनुहुन्थ्यो । उहाँको पारिवारिक नाम लालबहादुर ढकाल थियो । उहाँले गृहस्थ धर्म निभाउनुहुँदै आँफुलाई पूर्णरूपमा अध्यात्ममा डुबाई अध्यात्मको सर्वोच्च शिखरमा पु¥याउनुभयो । आध्यात्मिक उच्चतामा पुगेर लाखौँ सिद्धि शक्तिका स्वामी भएपनि त्यसको प्रकटीकरण र घमण्ड लेखमात्र पनि उहाँको जीवनमा देखिएन ।

जीवनलीला[सम्पादन गर्नुहोस्]

पूर्वीय मान्यतामा हिमालय तथा सूक्ष्म सत्तामा विभिन्न अदृश्य तथा शक्तिशालि सङ्गठन तथा आश्रमहरूको सत्ता स्वीकार गरिन्छ । त्यस्तै शक्तिशालि सङ्गठन मानिन्छ “सावर संरचना” । त्यही सावर संरचनाबाट पृथ्वीका लागि सम्प्रेषित योगी का रूपमा मानिनुहुन्छ योगी श्री शिवशक्तिनाथ ।

गोरखा को उत्तरी खण्डको सुन्दर पहाडी गाउँमा वि.सं २०२३ साल कात्र्तिक १३ गते पिता टेक बहादुर ढकाल र माता एककुमारी ढकालज्यूको माहिला छोरा को रूपमा उहाँको जन्म भएको थियो । गोरखा दिव्य र पुण्य भूमि हो जहाँ श्री श्री महायोगी गुरु गोरखनाथ को प्रत्यक्ष सान्निध्यता पाइन्छ । योगीका हजुरबुबा दल बहादुर ढकालज्यू एक प्रख्यात् वैद्य एवं तान्त्रिक का रूपमा परिचित हुनुहुन्थ्यो । यही पारिवारिक माहौलमा उहाँको आध्यात्मिक प्रस्फुटन सहज रूपमा भयो ।

हजुरबुबा ले भविष्यवाणी गर्नुभयो कि “लालबहादुर ढकाल एक उच्च योगी बन्नेछ” । हजुरबुबाकै निर्देशनबमोजिम उहाँले गुरु खोज्न थाल्नुभयो । वि.सं २०५० साल अप्रिल २१ गते हिमालयका उच्च योगी निखिलेश्वरानन्द (डा. नारायणदत्त श्रीमाली) सँग दीक्षा लिनुभयो ।

आध्यात्मिक देन[सम्पादन गर्नुहोस्]

गुरु निर्देशन बमोजिम उहाँले नेपाल फर्केर गुरु गोरखनाथ को आज्ञा शिरोपर गर्दै समाजलाई अध्यात्म र गुरु मार्गमा डोर्याउने प्रयास गर्नुभयो । सावर संरचना शक्ति केन्द्रका प्रतिनिधि बनी नवनाथ चौराषी सिद्धहरूको चौँथो संरचना निर्माणका लागि अ.ना.प. संरचनालाई मूर्त रुप दिने कार्य गर्नुभयो ।

योगीको जीवन सामान्य तर रहस्यमय र निकै सङ्घर्षमय थियो । उहाँले गुरु योजनालाई मूर्त रुप दिने क्रममा विदेश यात्रामा पनि निस्कनुभएको थियो । राष्ट्रिय अन्तराष्ट्रियरूपमा ध्यान, साधना तथा आध्यात्मिक उच्चताका दिव्यतम् एवं अनगिन्ती दीक्षाहरु प्रदान गर्नुभएको छ ।

उहाँले समाजमा ध्यान, योग, रेकी, लामाफेरा, सावर विद्या, आत्म जागरण विद्या, कुण्डलिनी दीक्षा, क्रियायोग दीक्षा, मन्त्र, तन्त्र, समाधि, ज्योतिष, आयुर्वेद जस्ता दिव्यतम् र उच्चतम् विद्याहरु मानव कल्याण र आत्म कल्याणका लागि प्रदान गर्नुभयो ।

समाधि[सम्पादन गर्नुहोस्]

आफ्नो जीवनलाई आध्यात्मिक जागरणका लागि समर्पित गर्दै रसिया भ्रमणका क्रममा वि.सं २०६८ साल माघ १० गते आफ्नो कर्तव्य निर्वाह गर्दै आफ्नो भौतिक देह त्याग गर्नुभयो ।

पुस्तकहरु[सम्पादन गर्नुहोस्]

  1. सूक्ष्म शरीरको यात्रा भाग(१)
  2. महायोगीहरूको परिचय
  3. ध्यानामृत
  4. मुद्रामृत ध्यान
  5. गोरखभूमि परिचय
  6. मन्त्र साधना – ऊध्र्वसङ्गति
  7. सत्य नै सत्य
  8. श्री शिव गोरक्ष नाथंप्रदाय
  9. Introduction Of Mahayogis

योगी शिवशक्तिनाथ ज्यूले गृहस्थ धर्ममा रहेर नै सन्यास धर्मका उपलब्धिहरु प्राप्त गर्न सकिन्छ भन्ने मूल सन्देश दिनुभएको छ ।

योगी नरहरीनाथ ले योगी शिवशक्तिनाथ लाई मात्रै आफ्नो टाउकोमा हात राख्न दिनुभएको थियो ।