जीवाश्म विज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जीवाश्म विज्ञान वा प्यालेन्टोलोजी (/ˌpliɒnˈtɒləi, ˌpæli-, -ən-/)[१] , पृथ्वी विज्ञानको त्यो शाखा हो जसको सम्बन्ध पृथ्वीमा भएका विभिन्न युगहरूको ती प्राणी र वनस्पतिको अवशेषहरूसँग छ जुन हाल पृथ्वीको पाप्रोको चट्टानहरूमा मात्रै पाइने गरिन्छ।

वैज्ञानिक विलियम ह्वेवेलको अनुसार 'जीवाश्म विज्ञान त्यो विज्ञान हो, जसले प्राचीन वनस्पति तथा जनावरहरूको जीवाश्मयुक्त अवशेषहरूद्वारा प्रकट भूतकालीन भूगर्भिक युगको जीवनको व्याख्या गर्दछ।'[२][३] जीवाश्म विज्ञान आदिकालीन जीव जनावरहरूको जीवाश्मयुक्त अवशेषहरूको आधारमा अध्ययन गर्दछ। जीवाश्म शब्द दुई वटा शब्द 'जीव' र 'अश्म' (जीवाश्मयुक्त जीव) मिलेर बनेको छ र यसले जीवाश्मको बारेमा अध्ययन गर्ने कुरा प्रष्ट पार्दछ।

परिचय[सम्पादन गर्नुहोस्]

जीवाश्म विज्ञान जीव विज्ञानको नयाँ शाखा हो र यस विषयसँग सम्बन्धित अध्ययनको विकास लगभग २०० वर्ष पहिले मात्रै भएको हो। विज्ञानको यो शाखा मूल रूपले विकास हुनुभन्दा धेरै पहिले देखि नै अस्तित्वमा थियो। प्राचीन आदिमानवहरूलाई यस विषयको बारेमा अपुरो जानकारी थियो। ज्ञान र विज्ञानको अभावमा उनीहरूले पहिले पहिले यस किसिमका अवशेषहरूलाई जैविक उत्पत्ति नबुझी त्यसलाई प्रकृतिद्वारा सिर्जना गरिएको सामग्री बुझ्ने गर्थे। तर विस्तारै ज्ञानको अभिवृद्धिसँगै मनुष्यलाई यस दिशामा आफ्नो विचारहरूलाई परिवर्तन गर्नु परेको छ। विज्ञानको प्रयोग र खोजको कारण पृथ्वीको चट्टानमा पाइने अवशेषहरू कुनै विशिष्ट समयमा जीवित जीव थिए र त्यो स्थान जहाँ हाल ती जीवाश्महरू पाइने गर्दछ त्यो पृथ्वीको कुनै युगमा समुद्रको गर्भमा थियो।

सन्‌ १८२० सम्म मात्रै १२७ जीवाश्मयुक्त वनस्पतिहरू तथा २,१०० जन्तुहरूको बारेमा पत्ता लागेको थियो। त्यसपछि यो सन् १८४० मा आएर क्रमश: २,०५० तथा २४,३०० सम्म पुगेको थियो। त्यस समयदेखि हाल वर्तमान समयसम्ममा यिनीहरूको मूल संख्यामा निकै वृद्धि भएको छ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "paleontology", Online Etymology Dictionary, मूलबाट २०१३-०३-०७-मा सङ्ग्रहित। 
  2. Cowen, R. (२०००), History of Life (3rd संस्करण), Blackwell Science, पृ: xi, 47–50, 61, आइएसबिएन 0-632-04444-6 
  3. Laporte, L.F. (अक्टोबर १९८८), "What, after All, Is Paleontology?", Palaios 3 (5): ४५३, जेएसटिओआर 3514718, डिओआई:10.2307/3514718, बिबकोड:1988Palai...3..453L